-ज्योत्सना
आज राति सपनीमाआई एउटी निर्दोष मानव बिज परीभन्दै घुमी भुनाभुनाउँदै मेरो वरिपरी
देऊ बास तिम्रो गर्भमा आमानिदाउँछु म तिम्रो मिठो लोरी सुनी
देऊ धड्कन, धड्कनसँगै तिम्रो मुटुकोगाउँछु म तिम्रो धड्कनको गीत सुनी
देऊ श्वास मलाई, तिम्रै स्वासबाटलिन्छु म, तिम्रै श्वासको सुवासना
देऊ भोजन मलाई, तिम्रै व्यञ्जनबाट आमाखान्छु भोजनको अमृतको स्वाद गाँस गाँसबाट
देऊ बढ्न मलाई, तिम्रो गर्भमा आमाबस्छु म गर्भमा, सुन्दर जगत सम्झेर
देऊ स्पर्श तिम्रो दुई हत्केलाबाट आमाडुब्छु म तिम्रो मायाको सागरमा
देऊ टेक्न मलाई यस धरतीमा आमाचिनाउँनु छ, मेरो अस्तित्व यस लोकमा
मैले त्यो मानव बिज छोरीलाई मेरो गर्भमा राखेँमेरा हत्केलाहरुले सुम्सुमाउदै भनेँ
किन यति निराश मानव बिज छोरी परीपोखिदेउ मलाई तिम्रो मनका पीडाहरू
उदास र मौन भई एकछिन्,वर्षाउँदै आँसु अँध्यारो मुख पारिकन
बस्छु सबै आमाको गर्भमा, सुरक्षाको कवच सम्झेरसक्दैन मलाई कसैले, छिनेर लैजान भनेरसम्झिन्छु म कति सुरक्षित छु,मेरी आमाको कोखमा
तर बस्न नपाउँदै कोखमा केही दिनखिच्दछन मेरो फोटो उल्टाई पोल्टाई गरिकनमलाई नै लाज लाग्ने गरी
जब भनिदिन्छ डाक्टर छोरी छ भनितड्पन्छु भित्र भित्र म अब के गर्छन् भनि
कोही गर्छन् सौता हाल्ने कुराकोही गर्छन् गर्भ फाल्ने कुरा ।
मेरी आमा बिराली भएको भए बरुजन्मन पाउँथे होला
चरी भएको भए बरु मेरी आमाकोरल्न पाउँथिन् होला
भ्यागुता भएकै भए बरुपानीमा फुल पारेर छाड्थिन् होला
यो मानव छोरी बिजलाई किन जन्मन दिइन्न होला ?कस्ले सुन्छ मेरो आवाजलाईकस्ले बुझ्छ मेरो चित्कारलाई ?
मैले भनेतिम्रो ति आवाजहरुलाईअब हरेक आमाहरुबदल्छन् आफ्ना सोचहरुलाई
ती कूरीतीका पिंजडाहरु तोडेरति पर्खाल भित्र भएका हैकम आदेशलाई तोडेर
अब गर्व गर्दै जन्माउने छन् तिमीलाईनयाँ युगका आमाहरुलेअनि मनाउने छन् जन्मदिनका उत्सवहरू
यती भन्दै आई कोखबाट काखमाघुमी मेरो वरिपरी, बिलाइ गइ आकाशमा
म पनि निन्द्रामा बर्बराउदै ,श्रृष्टिकै सबैभन्दा सुन्दर फूल तिमीजन्मदिनको शुभ कामना मेरी छोरी श्रृष्टि
तिमी छौ र त यो जग सुन्दर छतिमी हाँस्छ्यौ र त दिन उज्यालो छ ।
जन्मदिनको शुभ कामन मेरी छोरी श्रृष्टिकाजन्मदिनको शुभ कामन मेरी छोरी श्रृष्टिकाभन्दै निदाएछु ...