काठमाडौं । दशैंको पहिलो दिन हिन्दू धर्मवालम्बीहरुले घरघरमा घटस्थापना गरि जमरा राख्दैछ ।दशैंमा समृद्धिको प्रतीक मानिने जमराको विशेष महत्व रहेको छ । प्रकाश नपर्ने गरि उमारिएको हुनाले जमरा पहेंलो हुन्छ । जौका जमरा सर्वोत्तम हुन्छ । जमरामा सूर्यको प्रकाश नपर्ने हुँदा क्लोरोफिल तत्व हुदैन ।त्यसो त जमरा स्वास्थ्यका दृष्टिले समेत लाभदायक वनस्पति हो । नेपालमा पनि जमराको जुस पिउने चलन बढेको छ ।हरियो जमराको जुसले शरीरमा रगत बढाउँछ, जसले गर्दा रक्तअल्पता भएका बिरामीहरूलाई निकै फलदायी हुन्छ । त्यसैले हरियो जमराको जुसलाई हरियो रगत पनि भनिन्छ ।हरियो जमराको जुसमा प्रशस्त क्लोरोफिल हुने हुँदा यसमा एन्टिअक्सिडेनट गुण हुन्छ । जसले कोशहरूलाई छिटो बुढो हुन रोकेर शरीरलाई जवान राख्न सघाउँछ ।हरियो जमराको जुसमा मानव शरीरलाई चहिने प्रायःजसो खनिज र भिटामिन ए, बि, सी, ई पाइन्छ। यसका अलवा जुस प्रोटिन र एमिनो एसिडले भरिपूर्ण हुन्छ ।शरीरबाट विषाक्त पदार्थहरू हटाउन, रगतमा चिनीको सन्तुलन सुधार, दाँतको क्षति रोकथाम, स्वस्थ कपाल कायम राख्न, पाचन सहायता गर्ने, र उच्च रक्तचापको स्तर घटाउन पनि हरिया जमराका जुस लाभदायक हुन्छ ।जुसको नियमित सेवन क्यान्सर हुनबाट रोक्ने, भइसकेको क्यान्सरलाई फैलिनलाई रोक्ने र क्यान्सरका बिरामीलाई केमोथेरापी गर्दा हुने समस्यालाई पनि रोक्छ ।जमराको जुसले कलेजोको सुरक्षा गर्छ । कलेजोमा अरु विषालु रसायनले गरेको क्षतिलाई ठीक गर्छ । जुस, मुटुको सुरक्षा गर्न र क्लोस्टोरललाई घटाउन उपयुक्त हुनुका साथै रक्तनलीमा जमेको बोसो हटाउँछ।थालसिमिया भएका बिरामीहरूलाई जुस निकै नै फाइदाजनक हुन्छ। यसले मधुमेह हुन पनि रोक्छ । जमराको लेप लगाउनले बाथको दुखाइमा राहत मिल्छ ।हरियो जुसले शरीर सुनिएको, ज्वरो आएको, घाउ खटिरालाई ठीक गर्छ, जमराको लेपले छालालाई हानिकारक किरणबाट जोगाउँछ । छाला मुलायम र चम्किलो हुन्छ । मिर्गौलाको पत्थरी, पिसाबसम्बन्धी समस्यामा हटाउन यो उपयोगी हुन्छ। तौल घटाउँछ र पाचन प्रणालीबाट विकार सफा गर्छ। शरीरको रोगसँग लड्ने क्षमता बढाउँछ ।जमराको अचार, सलाद, तरकारीजमराको अचार, सलाद, तरकारी, सर्वतजस्ता विभिन्न परिकार बनाएर खान सकिन्छ । जौका जमरा सेवनले छालाको सौन्दर्य बृद्धि हुन्छ ।जापानस्थित हाजिवारा इन्टिच्युट अफ हेल्थले गरेको जौका जमरा सम्बन्धी अध्ययनले शरीर बढ्ने, स्वास्थ रहने र तन्द्रुस्त राख्न जमारा सहयोगी खाद्य बस्तु हो, भन्ने पुष्टि भएको छ ।क्यालिफोर्नियास्थित ला जोला विश्वविद्यालयका एक जीवविज्ञले जमरामा पिफोर डी वान भन्ने तत्व हुने पत्ता लगाए । यसले शरीरलाई फुल्न र सुजन हुनबाट जोगानुका साथै डिएनएको संरक्षण गर्छ । जसले गर्दा कोषिकाको आयु लम्बिन्छ र बुढौली ढिला हुन्छ । दाँतको समस्या हँुदा मुख सुन्निने समस्या, विभिन्न छालासम्बन्धी रोग हुनबाट जौका जमराले जोगाउँछ । जौका जमरा स्टेरोइड नामक शक्तिबद्र्धक औषधि भन्दा राम्रो हुन्छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७ १५:११