काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमित भेटिए लगत्तै पूर्व तयारी र योजना विना नै गत चैत्र ११ देखि सरकारले लगाएको लकडाउन लम्बिएर महिनौं जारी रह्यो । लकडाउनसँगै बजार,कार्यालय र शैक्षिक संस्थाहरु बन्द भए । शुरुमा केही राहत महसुस गरे पनि विस्तारै लकडाउन धेरैका लागि बोझिलो बन्दै गयो,धेरैले घरमा थन्किएर बस्नुपर्दा उकुसमुकुस महसुस गर्न थाले ।यस्तै अवस्थामा थिइन् भक्तपुरकी श्रीना नेपाल । लकडाउनका शुरुका दिन घरपरिवारसँग रमाउन पाउँदा खुशी भए पनि विस्तारै घरभित्रै बन्धनमा परेको अनुभव गर्न थालिन् उनले । काठमाडौं स्कूल अफ लमा भर्खरै स्नातक तहमा भर्ना भए पनि कलेज लकडाउनका कारण बन्द थियो । रेडियो जनता ८९.१ मा सातामा दुई वटा कार्यक्रम चलाउथिन् उनी । लकडाउनका कारण घरबाटै कार्यक्रम बनाएर पठाउँथिन् भने लाइभ कार्यक्रम पनि फोनबाटै सञ्चालन गर्थिन् ।यसरी घरमै थन्किएर बस्दा आजित हुनै लाग्दा एकदिन अचानक उनको मनमा एउटा आइडिया फुर्यो । उनको आइडिया क्रियटिभ त थियो नै उनको रुचीको समेत थियो । अर्थात अभिनयमा रुची भएकी श्रीनाले समयको सदुपयोग युट्युव भिडियो क्रियसनमा लगाउने मन बनाइन् । एउटा कथा र स्क्रिप्ट आफैंले तयार पारेर आफ्नै मोबाइल अगाडि राखेर अभिनय गरेको भिडियो खिचाइन् । सोसल मिडिया र इन्टरनेट दुनियाँमा रमाउने उनले युट्युव भिडियो एडिटिङ स्किल पनि अनलाइनबाटै सिकिन् । यसरी तयार पारिएका भिडियो सार्वजनिक गर्न उनले आफ्नै नामको युट्युव च्यानल
Shreena Nepal - Gudduसमेत खोलिन् ।अहिले उनको युट्युव च्यानलमा झण्डै एक दर्जन भिडियो छन् । तीमध्ये अधिकांश नेपालका किशोर किशोरीहरुका साझा कथा छन् । कति भिडियो चाहिं घरघरका कथामा आधारित छन् । अर्थात आफ्नो भिडियोबाट नेपाली समाजलाई प्रतिविम्बित गर्छिन् उनी । उनका नक्कली छोरी,पबजी अनि लभ लाइफ,हरेक घरको कहानी दिदीभाइको झगडा,लकडाउनले गर्नु गर्या छ,पाहुना आउदा हर घरको माहोल,लकडाउनमा हरेक विद्यार्थीको अवस्था,अन्टिज इन तीज,वान डेज इन रिलेशनसीप,क्राइङ युट्युवर्स,लकडाउन थट्स ल्याङ लाइफ,नेपालमा गरिने अन्धविश्वासहरु र आमासँगको शपिङ : ल्याङ लाइफ शीर्षकका भिडियोहरुले नेपाली घर परवार र नयाँ पुस्ताका अवस्था र मनोदशालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेकी छिन् । कथा र पटकथाको आवश्यकता अनुुसार उनले आफ्ना साथीहरुलाई समेत केमियो पात्रका रुपमा प्रस्तुत गर्ने गरेकी छिन् ।
आफ्नो भिडियोबाट नेपाली समाजलाई प्रतिविम्बित गर्छिन् उनी । उनका नक्कली छोरी,पबजी अनि लभ लाइफ,हरेक घरको कहानी दिदीभाइको झगडा,लकडाउनले गर्नु गर्या छ,पाहुना आउदा हर घरको माहोल,लकडाउनमा हरेक विद्यार्थीको अवस्था,अन्टिज इन तीज,वान डेज इन रिलेशनसीप,क्राइङ युट्युवर्स,लकडाउन थट्स ल्याङ लाइफ,नेपालमा गरिने अन्धविश्वासहरु र आमासँगको शपिङ : ल्याङ लाइफ शीर्षकका भिडियोहरुले नेपाली घर परवार र नयाँ पुस्ताका अवस्था र मनोदशालाई व्यंग्यात्मक शैलीमा प्रस्तुत गरेकी छिन् ।
समीक्षात्मक टिप्पणी :भर्खर किशोर अवस्थामा हिड्दै गरेकी श्रीनाको यो सिर्जनात्मक प्रयास आफैंमा सह्रानीय छ । किनभने यो उमेरका अधिकांश किशोर किशोरीहरु साथीभाइ र घरपरिवारमै सीमित रहन्छन् । क्रियटिभ काममा त अझ विरलैको मात्र रुची जाग्छ । आफूले देखेका वा भोगेका विषयलाई मुद्दा बनाएर सिर्जनात्मक रुपमा प्रस्तुत गर्ने उनको जाँगरले कालान्तरमा पर्फेक्सन पाउदै जानेछ । जस्तो अभिनय,कथा र पटकथा लेखन,छायाँकन,सम्पादन र निर्देशन यी सबै विधाको जिम्मेवारी उनी आफैंले उठाउदै आएकी छिन् । यसले यी मध्ये कुनै एक विधामा उनको दक्षता बढ्दै जानेछ ।अर्को कुरा उनको क्रियटिभ माइन्ड र जाँगर उनी जस्तै धेरैका लागि प्रेरणा बन्न सक्छन् । मनमा सोचेका तर एक्सनमा जान अल्छि मानिरहेका अथवा कस्तो होला,के होला ? भन्ने अनेक सोचेर हिच्किचाइरहेकाहरुलाई अघि बढ्न उनका सिर्जनाले अवश्य घच्घच्याउने छ ।सबैभन्दा गहन र महत्वपूर्ण पक्षचाहिं अहिलेका नयाँ पुस्ताले समाज र परिवेशलाई कसरी भोगेका छन्,के बुझेका छन् र उनीहरु के चाहन्छन् भन्ने छर्लङ्ग पारेको छ । यो दृष्टिकोणबाट उनका भिडियोहरु साँच्चिकै तारिफयोग्य छन् ।
उनको क्रियटिभ माइन्ड र जाँगर उनी जस्तै धेरैका लागि प्रेरणा बन्न सक्छन् । मनमा सोचेका तर एक्सनमा जान अल्छि मानिरहेका अथवा कस्तो होला,के होला ? भन्ने अनेक सोचेर हिच्किचाइरहेकाहरुलाई अघि बढ्न उनका सिर्जनाले अवश्य घच्घच्याउने छ ।
जस्तै समाजमा गरिने अन्धविश्वासमा आधारित भिडियोको अन्त्यमा श्रीना आफैंले भनेकी छिन्–हाम्रा समाजमा यस्ता धेरै अन्धविश्वासहरु छन्,जसलाई अति प्रगतिशील भनिएकाहरुले पनि नजानिदो ढंगबाट अवलम्बन गरिरहेका छौं । जस्तो घाँटीमा हातले छुँदा हातमा फु गर्ने,घरबाट निस्किन लाग्दा उल्टो चप्पल देखे पहिले सुल्टो पारिदिने,विरालोले बाटो काटे बाटै मोड्ने अथवा पहिला अरुलाई अगाडि बढ्न दिने । यस्ता अन्धविश्वासभित्र लुकेका सामाजिक वा वैज्ञानिक सन्देशहरु खोज्न पनि उनले अपील गरेकी छन् ।
र, श्रीना नेपालको अर्को रिल परिचय पनि छ । उनी नेपाल टेलिभिजनबाट प्रसारण हुने गोलमाल हाँस्य टेलिश्रृंखलमा पनि अभिनय गर्छिन् । जहाँ उनको रोल रहेको छ म्याकुरीकी गर्लफ्रेण्ड । यस्तै नेपाल टेलिभिजनकै अर्को हाँस्य टेलिश्रृंखला अति भो मा पनि उनको अभिनय हेर्न पाइन्छ ।श्रीनाको यो क्रियटिभ सोंच र एक्सनलाई स्यालुट । उनको जाँगरलाई ९९.९ प्रतिशत रेटिङ ।