काठमाडौं । नेपालीको दोस्रो महान चाड तिहार हाम्रो घर दैलोमा भित्रिसकेको छ । यमपञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा गरि मनाइदैछ । तिहार भन्ने बित्तिकै विशेषगरि हामी झिलिमिली रमाइलो रंगीन पर्व भन्ने बुझ्छौं । घरका भित्ता, झ्याल, ढोकालाई दियो बत्ती र फूलको मालाले सजिसजाउ गरेर चिटिक्क पार्ने गछौं ।आँगनमा विशेष गरि लक्ष्मी पूजाको दिन रंगोली बनाउने गरिन्छ । नेपालमा रंगोली बनाउने पूरानो पररम्परा नभएता पनि पछिल्लो समय गाउँका आँगनहरु पनि सुन्दर रंगोलीमा सजिएको देख्न सकिन्छ ।विभिन्न रंगको प्रयोग गरि बनाइने रंगोलीले घर आँगनलाई सुन्दर बनाउनुका साथै सबैमा उत्साह जगाईदिन्छ । रंगोली हेर्दा बनाउन जति गाह्रो लाग्छ तर केही उपाय अपनाइयो भने त्यति नै सजिलो पनि हुन्छ । रंगोली बनाउँदा छान्नी, छुरा या गोलो आकारको वस्तु आदिको सहयोगले छोटो समयमानै आकर्षक रंगोली बनाउन सकिन्छ ।
आवश्यक सामाग्री१. चामलको पीठो, सेतो अबिर, रातो अबिर, हरियो जस्तो रंग तपाईलाई राम्रो लाग्छ ३०० ग्राम जति तयार पार्ने
२. कलमको कभर या कागजको मसिनो पारेर सोली तयार गर्नुहोस्
प्रथम चरण१. सबैभन्दा पहिले तपाँईले रंगोली बनाउने ठाउँ (घरको आगन या सिकुवा ) बडारकुडार गरेर लिपपोत गरेर सुकिलो बनाउनुहोस् ।
२. तयार पारेको पीठो या कुनै एउटा अबिरलाई कलमको कभर या कागजको सोलीको सहायताले समान दुरीमा नौ वटा समान थोप्ला बनाउनुहोस् ।
दोस्रो चरण१. समान नौ वटा थोप्ला मध्ये सुरुको थोप्ला र अन्तिमको थोप्लालाई गोलो घेरा लगाउनुहोस् ।
तेस्रो चरण१. दायाँ पट्टिको सुरुको दोस्रो थोप्ला र बायाँ पट्टिको दोस्रो थोप्लालाई अंग्रेजी अंक आठको आकारमा गोलो बनाउँनुहोस् ।
चौथो चरण१. अन्तिमको गोलो पारिएको दाँया पट्टिको थोप्ला र बायाँ पट्टीको थोप्लालाई पनि अंग्रेजी अंक आठको आकारमानै गोलो बनाउँनुहोस् ।
पाँचाैं चरण१. बीचमा खाली रहेका तीनवटा थोप्लालाई एकैसाथ आठ कै आकारमा गोलो बनाउनुहोस् ।
अब तपाईको सुन्दर रंगोली तयार भयो । बनेको रंगोलीको बीचबीचमा तपाईले दियो बालेर राख्न सक्नुहुन्छ । भने विभिन्न रंगका अबिर थप गरेर यसलाई अझै सुन्दर पनि बनाउन सक्नुहुनेछ ।