भगीरथ भण्डारी इलाम । दुई वर्ष अघिसम्म इलामको तरकारी बजार अस्तव्यस्त थियो । तिर्पालको छहारीभित्र तरकारी बजार लाग्ने गर्दथ्यो । हिउँदमा धुलो र वर्खाको समयमा हिलोको कारण हैरान हुने गर्दथ्यो । नगरपालिकाले व्यवस्थापन गरेसँगै तरकारी बजार अब हिलो र धूलोबाट मूक्त भएको छ ।इलाम नगरपालिकाले नयाँ बजार बनाउन इलाम अस्पताल छेउको खोल्सीलाई बाँध बाँधेर तरकारी बजार र पशुबजार निर्माण गरेको छ । निर्माण भएको ठाउँमा पशु र तरकारी बजार सञ्चालन भएका छन् भने बजार व्यवस्थापनका लागि अस्पतालमा आउने र बजार आउने सवारीका लागि पार्क र कृर्षि थोक बजार पनि व्यवस्थित बनाउने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताउनुभयाे । उहाले भन्नुभयाे, ‘बजारलाई व्यवस्थित बनाउनकै लागि शुरु गरिएको सिटिमार्टको काम पनि अन्तिम चरणमा पुगेको छ ।’नगरपालिकाले पटक–पटक गरेर १ करोड ९० लाख २६ हजार आठसय ५३ रुपैयाँ लागतमा तरकारी बजार निर्माणको काम गरेको हो । उक्त रकमबाट एक हजार नौ सय ७३ घन मिटर ग्याविन पर्खाल, एकसय ७४ मिटर नाली निर्माण, चार वटा टहरा, एउटा ढङ्गाको सिढी र रेलिङ्ग, पुरानो शौचालय अगाडि भुई ढलान, सिढीमा टायल, तरकारी बजार र हस्पिटलबीच कम्पाउड वाल आठ वटा टहरा निर्माण, साँढे ३२ मिटर लामो रिटेनिङ्ग वाल, १८ दशमलव चार सय मिटर सेल्फी पुन माथि एउटा कल्भर्ट निर्माण, १८ दशमलव ४ चार सय मिटरको सेल्फी पुल छेउ ढुंगाको नाली, निर्माण भएको इलाम नगरपालिकाका इन्जिनियर दिपक गुँरागाँईले जानकारी दिनुभयाे ।त्यस्तै, सात दशमलव १० मिटरको पोष्टमार्टममा कम्पाउण्ड वाल, एउटा पोट मार्टम छेउमा र पूर्वपट्टी गरी दुईवटा सिडी निर्माण, चार सय १५ दशमलव ५० घन मिटरको ग्याविन वाल, २९ दशमलव ७० मिटरको फलामे रेलिङ्ग, एकसय १५ दशमलव ४२ वर्ग मिटर इन्टरलगिङ्ग टाइल, २९ दशमलव चारसय मिटर आरसीसी नाली निर्माण, २ वटा चेम्बर, एउटा गेट, टहरा, सात दशमलव १० मिटर वाल, ५२ दशमलव ७२ घनमिटर ग्रावेल, २८ घन मिटर ग्याविन, ग्याविनको जगमा आरसीसी ढलान, एक सय ५७ दशमलव ४६ घन मिटर माटो कटिङ्ग, ११ दशमलव २५ घनमिटर सोलिङ्ग, २३ दशमलव ८ सय मिटर नाली निर्माणको काम भएको गुरागाँईको भनाइ छ ।निर्माणको अन्तिम चरणमा सिटी मार्टइलाम बजारमा सुविधा सम्पन्न ‘सिटी मार्ट’ सपिङ कम्प्लेक्स निर्माणको काम अन्तिम चरणमा पुगेको छ । इलाम नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ बाट निर्माण शुरु गरेको कम्प्लेक्सको काम अन्तिम चरणमा पुगेको नगर प्रमुख महेश बस्नेतले बताउनुभयाे । ९ करोड ३८ लाख रुपैयाँ लागत अनुमान गरिएपनि निर्माणको अन्तिम चरणमा १३ करोड लागत पुगेको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले बताउनुभयाे ।उहाँले भन्नुभयाे, ‘कोरोनाको कारण केही ढिला भए पनि भवनको भित्रि काम सबै सकियो, अब फिनिसिङ र बाहिर इन्टर लकिङको काम मात्रै बाँकी छ।’ भवनमा ९२ सटर र २ वटा लिफ्टसहितको रहेको ‘व्यापारिक प्रयोजनका लागि भवन निर्माण गरिएको हो । सिटी मार्टका लागि पार्किङस्थलको पनि निर्माण गरेको छ । २०७६ चैत ३० सम्ममा भवन निर्माण सम्पन्न गर्ने योजनासहित विकोई भगवती जेभीले निर्माणको जिम्मा लिएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १०, २०७७ २२:०६