प्रत्येक साँझ सात बजे फोन गरेर‘हेल्लो’ भन्नुभन्दा पहिला कोठा पुगिस् भन्दा‘छैन बाटोमै छु’ भन्ने मेरो भारी वाक्य सुनेपछिलामो सास र सानो आवाजमापुगेपछि फोन गरेस् है भन्ने मेरी आमालाईमैले कहिल्यै भन्न सकिनँ–‘आमा, जा...गिरबाट कोठासम्म पुग्दाको साँझको यो एक घण्टातपाईकी छोरीका लागि एउटा जुनि कटाए बराबर हुन्छ’ ।
भूत भनेपछि औधि डराउने,बत्ति निभाइदिए निदाउनै नसक्ने त्यो छारीयो ठूलो शहरको, यो ठूलो घरको, यो सानो अँध्यारो कोठामाबत्ति निभाएर एक्लै कसरी सुत्दिहो भन्ने सम्झिएरमध्यरातसम्म निदाउनै नसक्ने मेरो बुबालाईमैले कहिल्यै भन्न सकिनँ,‘बुबा भूतसँग डराएर मान्छेहरुको साहारा खोज्ने तपाईकी छोरीआजभोलि मान्छेहरुसँगै डराउन थालेकी छ ।
भेडाबाख्रा झैँ मान्छे कोचिने यी गाडिहरुमाको–कोबाट, म कताकता मात्र छोइँदी हूँ,हतारिँदै हिँडिरहँदा बाटो छेउ जिब्रो पड्काउँदैबस्नेहरुको गिद्दे नजरबाट म कति पटक बलात्कृत हुँदी हूँ,मुटुमा गाँठो बनाइ, सबै सहेर कोठासम्म पुगेकी मभित्रबाट ढोकाको चुक्कुल हालेपछिलामो सास फेर्दै, त्यहि ढोकामा अढेस लाग्दैदिनभरि मेरा सामानका भारी बोकेर थाकेको मेरो झोलार दिनभरि मेरै भारी बोकेर थाकेका मेरा गोडादुबैलाई भुइँमा बिसाएरकसैले सुन्लाकि भनि आवाज दबाएरम कति रुँदी हूँ,कहिल्यै हिसाब भएन, अहँ कहिल्यै ।
घरमा साना साना कुरामा विद्रोह मच्चाउने ममर्छु, अन्याय सहन्न भनि चिच्याउने मअन्याय कति सहन्छु, मर्न कति डराउँछुतब थाहा भयो जब मलाई नैजिस्काइहेका एक हुल दानवहरुलाई झपार्न भनिशब्द रचिसकेको मेरो मस्तिष्क, तयार भइसकेको मेरो मनर, अघि बढिसकेका मेरा पाइलाहरु एकैपटक रोकिएभोलि पनि यहि समय मैले यहि बोटो हिड्नुपर्छ भन्ने सम्झिएर ।
बिहानको क्याम्पस पढाइ, दिनभरिको कामको थकाइहाकिमको त्यो बेनियत छुवाइ,गाडिभित्र हुने अप्रत्यक्ष अत्याचार,हिँडिरहँदा ठोक्किन आइपुग्नेहरुको कुनियत व्यवहार,मेरै बाटो ढुकेर बस्नेहरुको मलाई देखेपछि फुर्ने ती अपच्य वाक्यहरुसबै आँसु बनि आँखाको डिल हुँदैगालाका पहाडहरु पार गरेरचिउँडोबाट झरना बनि झरिदिन्छन्,निराशा र हतोत्साहले गाँज्दै गएको मेरो मनविस्तारै विस्तारै मरिदिन्छ, अनित्यहि आँसुको झरनासँगै सारा सपनाहरु बिगिदिन्छन् ।
कति पटक काम गरेको ठाउँ परिवर्तन गरेँ,कति पटक चढेको गाडि परिवर्तन गरेँ,कति पटक हिँडेको बाटो परिवर्तन गरेँ,अनि कति पटक आफ्नै मन,तर अरुको मन दुखाएर, आफ्नो मन सन्तुष्ट भएको भान हुनेहरुलेकहिल्यै बुझेनन् सँधै यहि बाटो हिँड्ने केटीआजभोलि देखिन छाड्नुमा कारण हामी हाँै भनेर ।
मेरी आमा मलाई सँधै भन्नुहुन्थ्यो‘छोरी, अबेरसम्म बाहिर नबस्नु,अन्जान मान्छेसँग त्यसरी गफ नकस्नु,धेरै नमस्कनु, नजिस्कनुतर मैलै कहिल्यै सुनिन किमेरी आमाले मेरा भाइहरुलाई भन्नु भएको‘छोरा, अरुकी छोरी नजिस्काउनु, नसताउनु,कसैप्रति गिद्दे नजर नलगाउनु,कुनियतले नहेर्नु,’किन आमा ? किन ? छोराहरुलाई जे गर्न छुट छ ?छोरीहरुलाई जे सहन कर छ हो ?