काठमाडौं । 'नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१' आयोजना हुने भएको छ । कोरोनाका कारण सुस्ताएको मनोरञ्जन क्षेत्रलाई चलायनमा बनाउनका लागि मौलिक, कला, फेशन, संस्कृति संगीत, चलचित्र, खेल, कमेडी लगायत क्षेत्रका कलाकारलाई सम्मान गर्ने उदेश्यले मनोरञ्जन तथा संगीतका विभिन्न विद्या तर्फकाे 'नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१' आयोजना गरिने भएको हो ।आगामी माघ महिनामा काठमाडौंमा आयोजना हुने नेशनल इन्टरटेनमेन्ट अवार्डको आवेदन खुला भइसकेको छ भने फारम माघ १९ गतेसम्म भर्न सकिने आयोजक कमिटिले जनाएको छ ।आवेदनमा २०१९ जनवरी देखि ०१९ डिसेम्बर सम्मका गीत संगीतलाई मात्र समाबेश गरिने जनाइएको छ, नव प्रतिभाको हकमा २०१९ भित्र गीत निकालेको हुनु पर्नेछ ।क्रियटिभ ईन्साइट मिडियाको प्रस्तुति तथा व्यवस्थापनमा हुन लागेको यस अवार्डको अध्यक्ष संचारकर्मी रोशन पोखरेल रहेका छन् । अवार्ड कार्यक्रमको संयोजक तथा कार्यक्रम निर्देशक सुर्य चन्द रहेका छन् ।उत्कृष्ट गायक, गायिका, संगीतकार, रचनाकार, नवप्रतिभा, लोक तथा दोहोरी गायक गायिका, पर्व विशेष गीत (तिज, दशैँ तिहार,होली ), भेग विशेष (पूर्वेली, काठे, पश्चिमेली) भजन, पप र आधुनिक गायक गायिका, भाषा भाषिका गीत , म्युजिक भिडियो मोडल, चलचित्र, खेल, कमेडी, फेशन, सौन्दर्य, कस्टमेटिक, टुरिजम एण्ड कल्चर लगायत विभिन्न विधामा अवार्ड प्रदान गरिनेछ ।अवार्डमा समाजका विभिन्न प्रतिष्ठित व्यक्तिलाई सम्मानसमेत गरिने छ भने नेपाल कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्थाले जनाएको छ ।'नेशनल इन्टरटेनमेन्ट अवार्ड २०२१' लागि आबेदन फर्म भर्न क्रियटिभ ईन्साइट मिडियाको कार्यालयमा सम्पर्क गर्न सकिने छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर २६, २०७७ १८:२६