काठमाडौं । शनिबार जनतासमाचारमा डट्कम मा संसद विघटनविरूद्ध नागरिक समाजको विरोध प्रदर्शन, के प्रधानमन्त्री ओलीले खारेज गर्लान् संघीयता, धर्म निरपेक्षता र गणतन्त्र ?, चिनियाँ कम्युनिस्ट पार्टीका उपमन्त्री गुओ आइतवार नेपाल आउदै, अनिश्चय, मृत्यु र भय झेलेको सन् २०२० बिदा हुँदैछ, के सन् २०२१ मा खुशी फर्किएला ? र ग्रीलजन्य फलामको मूल्य ६० प्रतिशतले बढ्यो लगायतका समाचारहरुले मुख्य स्थान पाए ।आइतबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा प्रधानमन्त्रीद्वारा पुन: मन्त्रीमण्डल पुनगठन, ८ मन्त्री र १ राज्यमन्त्री थपिए, बहालवाला ६ मन्त्रीको जिम्मेवारी हेरफेर, दाहाल-नेपाल आफै सडकमा प्रधानमन्त्री ओली गणतन्त्र र संघीयताविरोधी भएको आरोप लगायतका समाचारहरुले प्राथमिकता पाएका छन् ।आजको नयाँ पत्रिका दैनिक प्रधानमन्त्रीको गृहनगर दमकमा डेढ अर्बको १८ तले भ्यु टावर बनेपछि छेउछाउमा यस्तो दृश्य देखिनेछ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा प्रधानमन्त्रीकै गृहनगरमा बन्न थालेको भ्यु टावरमुनि सुकुम्बासी बस्ती छ, जहाँका जनता ट्युबेलको पहेँलो पानी पिउन बाध्य छन्, पूर्व झापादेखि पश्चिम कैलालीसम्म बनिरहेका 'भ्यु टावर'को काम तीव्र छ, आधारभूत सुविधाका परियोजना भने अलपत्रमा परेको उल्लेख छ ।समाचारअनुसार प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सरकारले डेढ अर्ब लगानीमा सय मिटर अग्लो 'भ्यु टावर' बनाउँदै छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश १८ तले यो टावरको निर्माणले वरिपरिका सर्वसाधारणलाई भने हर्षभन्दा चिन्ता थपेको छ । भ्यु टावरको पश्चिमतिरको पर्खालसँगै जोडिएको टुकुरेबस्तीमा सय परिवार सुकुमबासीको बसोवास छ । ०२२ देखि त्यहाँ बसोवास गरिरहेका उनीहरूले अहिलेसम्म जग्गाधनी प्रमाण पुर्जा पाएका छैनन् । टावर बन्न थालेदेखि उनीहरूलाई त्यहाँबाट लखेटिने चिन्ताले मात्रै सताउँछ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै चासो नदेखाएको पनि समाचारमा उल्लेख छ ।त्यस्तै पत्रिकाले प्रतिनिधिसभा विघटन हुँदा राष्ट्रिय सभा अधिवेशनमा बिजनेस के हुन्छ ?, नेकपा विभाजनपछिको परिस्थिति बुझ्न आज चिनियाँ नेता आउँदै, बाइक खरिदपछि रिकन्डिसनलाई बिक्री गरेर फरार लगायत शीर्षकका समाचारहरु महत्वका साथ छापेको छ ।आजको कान्तिपुर दैनिक ले भने प्रदेशैपिच्छे अविश्वास शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा नेकपा विभाजनको प्रभाव प्रदेशसभामा पर्न थालेको छ । वागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडलविरुद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेसँगै अन्य प्रदेशमा पनि गृहकार्य भइरहेको उल्लेख छ ।समाचारअनुसार नेकपाले बहुमतसहित ६ वटै प्रदेशमा बनाएका सरकार पार्टी विभाजनपछि संकटमा परेका हुन् । जनता समाजवादी पार्टीको सरकार रहेको प्रदेश २ मा भने आफ्नै दलबाट सरकार फेर्ने कसरत पहिलेदेखि चलिरहेको छ । प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनीमा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट मुख्यमन्त्री छन् जहाँ नेकपाकै पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि कसरत गरिरहेको पनि समाचारमा छापिएको छ ।त्यस्तै पत्रिकाले 'सुविधाको खोप तीन महिनाभित्र' शीर्षकको अर्को समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ । समाचारमा आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले तयारी अवस्थामा रहन सन्देश पठाएको छ । खोपको भण्डारण,ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले सरकारलाई जानकारी गराएको उल्लेख छ ।पत्रिकाले नेकपा विवादमा केन्द्रीय कमिटीको गणित निर्णायक, देउवा किन उभिए पुन: स्थापनाको विरोधमा ? र राष्ट्रिय सभाले के गर्न सक्छ ? लगायतका समाचार तथा विचारहरुलाई महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले ६ महिनाभित्र विद्यालय निमार्णले पूर्णता पाउँदै शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारअनुसार गत २०७२ सालको भूकम्पले ३१ जिल्लाका सात हजार ९ सय २३ विद्यालय भवनमा क्षति पुगेको थियो । तीमध्ये ७ हजार ५ सय ५३ भवनको पुननिर्माण भइसकेको उल्लेख छ ।आगामी ६ महिनाभित्र भूकम्प प्रभावित जिल्लामा नयाँ विद्यालय भवन निर्माण कार्यले पूर्णता पाइसक्ने भएको छ । नेपाल सरकारको लगानीमा विद्यालय भवनको निर्माण कार्य आगामी असार मसान्तभित्र सम्पन्न भए पनि विदेशी दाताले निर्माण गरिदिने भवन सम्पन्न हुन अझै केही समय लाग्ने समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले धमाधम बन्न थाले स्थानीय तहका भवन, 'नयाँ जनादेशमा जानुको विकल्प छैन' , दमरोगी जोगाउन स्याहार, निर्वानच लोकतन्त्र अझ बलियो : गुरुङ र छोरा र छोरीबीचको असमानता कायमै लगायत शीर्षकमा समाचार छापेको छ ।शनिबार नागरिक दैनिककले पनि फरक - फरक विषयका समाचारहरुलाई पत्रिकामा छापेको छ । सुरुक्षामा खटिने प्रहरी नै असुरक्षित, ५ सय ६३ कार्यालयको वार्षिक भाडादर १० करोड २९ लाख रुपैयाँ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा जनतालाई शान्ति सुरक्षा प्रदान गर्ने नेपाल प्रहरीका ५ सय ६३ वटा प्रहरी कार्यालय भाडाका भवनबाट सञ्चालन भइरहेका छन् । शान्ति सुरक्षाजस्तो संवेदनशील क्षेत्रमा काम गर्नुपर्ने प्रहरीले भवन व्यवस्था गर्न नसक्दा महँगो भाडा तिरेर कामकाज सञ्चालन गर्दै आइरहेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले गरिब मुलुक खोपको मूल्य युद्धबाट जोगिएलान् ?, नागरिक अगुवा सडकमा, प्रदर्शनमा सहभागी हुन देउवाको अपिल र दुवै पक्षबाट औचित्य पुष्टिको प्रयास शीर्षकका सामाचारहरुलाई महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७ १३:१७