भगीरथ भण्डारीइलाम । जिल्लामा सन् २०१७ देखि अहिलेसम्म बलात्कार, बहुविवाह, घरेलु हिंसा, आत्महत्या, कुटपिट, बालविवाह, जातीय विभेद, बलात्कारपछि हत्या, हत्या र मानव बेचबिखन जस्ता चार सय ८८ वटा घटना भएको पाईएको छ ।सन् २०१७ मा एक सय ७८, २०१८ मा एक सय ३७ र २०१९ मा ३३, २०२० मा एक सय ४०, घटना घटेको पाईएको हो । जसमध्ये आत्महत्याका दुई सय ६५, बलात्कारका ९०, घरेलु हिंसा ८५, बहुविवाह १७, हत्या १५, मानव बेचविखन आठ, बलात्कारपछि हत्या तीन, जातीय विभेद र कुटपिट दुई दुई र बालविवाह एक रहेका छन् ।जिल्लामा बलात्कार, बहुविवाह, घरेलु हिंसा, आत्महत्या, कुटपिट, बालविवाह, जातीय विभेद, बलात्कारपछि हत्या, हत्या र मानव बेचबिखन जस्ता घटना घटेको इन्सेक इलाम प्रतिनिधी कोकिला ढकालले बताउनुभयो । सन् २०२० मा एक सय ४० घटना छन् भने सन् २०१९ मा ३३ वटा मात्रै रहेकोे इन्सेकको तथ्याकंमा उल्लेख छ । तथ्याकंका आधारमा गएको वर्षको तुलनामा यो वर्ष एक सय सातले बढेको देखिन्छ ।जसमा यस वर्ष सबैभन्दा बढी आत्महत्याका घटना छन् भने सबैभन्दा कम जातीय विभेदको घटना छ । गएको वर्ष शून्य रहेको यो घटना यस वर्ष बढेर एक सय १४ पुगेको छ । यस्तै जातीय विभेदको घटना पनि गएको वर्ष शुन्य रहेका थिए ।जिल्ला प्रहरी कार्यलय इलामका प्रहरी उपरीक्षक नविन राईले ‘घटना न्यूनीकरणमा सहयोग पुगोस् भन्दै जिल्लामा बल प्रयोगसम्बन्धीका तालिम दिइएको बताउनुभयो । उहाँका अनुसार , ‘यस तालिमले घटना घटाएर जेल सजाय भोगिरहेका व्यक्तिलाई प्रहरीले मायालु व्यवहार गर्न सिकाउँने छ ।’ ‘कोभिडका कारण लागुऔषध प्रयोगकर्ता बढेको प्रहरीको भनाई छ । जसमा बालबालिका तथा किशोर–किशोरीलाई प्रयोगकर्ताले बढी प्रयोग गरेको पाइएकोसमेत उहाँले बताउनुभयो ।
प्रकाशित मिति: आइतबार, पुस १२, २०७७ १५:३७