काठमाडौं । आइतबार जनतासमाचारमा डट्कम मा राष्ट्रपतिबाट पुस १७ गते राष्ट्रियसभा बैठक आह्वान, ‘कोरोना भ्याक्सिन निशुल्क उपलब्ध हुन्छ, ' नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीमा कोइराला विजयी, संखुवासभामा चन्द माओवादी र प्रहरीबीच भिडन्त, ५ राउण्ड फायरिङ, चिनियाँ उप मन्त्रीसहितको उच्च टोली नेपालमा र अब अनलाइनबाटै पुन: श्रम स्वीकृति लिन सकिने लगायतका समाचारहरुले मुख्य स्थान पाए ।सोमबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा राष्ट्रपति सीको सन्देश बोकेर चिनियाँ नेता नेपालमा, संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, ११.१२ प्रतिशत मात्र पुँजीगत खर्च, मुख्यमन्त्री राईविरुद्ध अविश्वासकाे प्रस्ताव र नयाँ मन्त्रीका आ-आफ्ना योजना विकास निर्माण, समृद्धि र निर्वाचनमा होमिने प्रतिबद्धता लगायतका समाचारहरुले प्राथमिकता पाएका छन् ।आजको नयाँ पत्रिका दैनिक ले नेकपाको उद्धारमा आयो चिनियाँ टोली शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा चिनियाँ टोली नेकपाको विभाजनमा चिन्ता मात्र होइन, राजनीतिक र संवैधानिक अन्योलबीच भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो पनि बोकेर आएको उल्लेख छ ।समाचारअनुसार चिनियाँ राजदूत होउ यान्छीको अथक प्रयासपछि पनि नेकपा विभाजन भएको एक सातामा चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ । नेकपालाई फेरि जुटाउन सकिने सम्भावनाको खोजी गर्दै आएको टोलीले राजनीतिक र संवैधानिक अन्योलबीच नेपालमा भारत र अमेरिकाको प्रभाव बढ्ला कि भनेर चासो राखेको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको सद्भाव सन्देश बोकेर चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वमा चार सदस्यीय प्रतिनिधिमण्डल आइपुगेको छ । टोली नेकपाको एकताको सम्भावनाबारे पनि खोजी गर्ने ‘म्यान्डेट’ लिएर आएको समाचारमा उल्लेख छ ।त्यस्तै पत्रिकाले कोरोना खोप तीन चरणमा ल्याउने तयारी, भण्डारण क्षमता कमी, बजेट अभाव, अपूरो गणतन्त्रको संकट, चीनसँगको पारवहन सम्झौता चार वर्ष बित्यो, तर अझै कार्यान्वयन भएन र देशभरका स्वास्थ्यकर्मी आन्दोलनमा सरकारद्वारा वार्ता टोली गठन लगायत शीर्षकका समाचारहरु महत्वका साथ छापेको छ ।आजको कान्तिपुर दैनिक ले भने 'निजी अस्पताल कोभिड सूचीबाट हटाइए' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा सरकारले काेराेना बिरामीका लागि शय्या, आईसीयू, भेन्टिलेटर अभाव नभएको भन्दै निजी अस्पताललाई काेभिड अस्पतालको सूचीबाट हटाएको छ । अब सरकारी अस्पताल र प्रयोगशालामा मात्रै कोभिडको निःशुल्क उपचार र परीक्षण गरिनेछ । निजीअन्तर्गतका मेडिकल कलेजमा भने काराेनाको उपचार हुने समाचारमा छापेको छ ।समाचारअनुसार ‘हाललाई सरकारी अस्पतालमै काेराेना बिरामीका लागि जनरल बेड, आईसीयू र भेन्टिलेटर पर्याप्त उपलब्ध रहेकाले थप आवश्यक नभएसम्म निजी अस्पतालबाट दिइने निःशुल्क कोभिड उपचार परीक्षण सेवा स्थगन गरिएको छ, ’ स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने । उनका अनुसार आगामी दिनमा आवश्यक देखिए पुनः निजी अस्पतालहरूलाई निःशुल्क काेराेना उपचार केन्द्रका रूपमा परिणत गर्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले आइतबार १२ बजेसम्म कोभिडमा सूचीकृत निजी अस्पतालहरूमा भर्ना भएर १० दिनसम्म उपचार गराउने संक्रमितहरूको मात्र उपचारबापतको रकम शोधभर्ना गरिने समाचारमा उल्लेख छ ।त्यस्तै पत्रिकाले चिनियाँ विशेष टोली राजनीतिक भेटघाटमा, छाउगोठ भत्काउने अभियान फेरि, आयल निगमको नाफा १२ अर्ब ८७ करोड, मन्त्री फेरिएको फेरियै दुई मन्त्री ७३ दिनमै सरुवा र वन क्षेत्रमा डोजर लगाएर उत्खनन् लगायत शीर्षकका समाचारहरुलाई महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले सुरुङ खण्डका लागि दुई कम्पनी छनोट शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा सूचीकृत भएका कम्पनीले बोलपत्र दिएको ४५ दिनभित्र आर्थिक तथा प्राविधिक प्रस्ताव पेस गरिसक्नुपर्ने छ । कम्पनी छनोटको सम्पूर्ण प्रक्रिया पुरा गरी आगामी वर्षको वैशाखदेखि सुरुङमार्ग निर्माणको काम सुरु हुने समाचारमा उल्लेख छ ।काठमाडौं-तराई /मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै 'हाई ब्रिज' निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निमार्णका लागि चाइना टेस्ट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा भएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले मौलिक हक कार्यान्वयनमा सफलता, कोरोनाविरुद्धको खोप निशुल्क, युवा मतदाता समेट्दै आयोग, बन्यो हात्ती धपाउने यन्त्र, उदेश्य प्राप्तीका लागि समन्वयमा काम र अधिकाशं भूकम्पपीडितको आवास निर्माण लगायत शीर्षकमा समाचार छापेको छ ।शनिबार नागरिक दैनिक ले पनि फरक – फरक विषयका समाचारहरुलाई पत्रिकामा छापेको छ । कांग्रेसमा सकस शीर्षकको समाचारलाई पत्रिकाले मुख्य पृष्ठमा छापेको छ । समाचारमा सभापति शेरबहादुर देउवासहित बहुसंख्यक कांग्रेस नेताहरु प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम अब अदालतको विषय भइसकेको जनाउँदै त्यसको पक्ष वा विपक्षमा पार्टी उभिन नहुने उल्लेख छ ।समाचारअनुसार एउटा पक्ष निर्वाचान र अर्को पक्ष प्रतिनिधिसभा पुन:स्थापना पक्षमा उभिएका छन् । प्रधानमन्त्रीको संसद् विघटन गर्ने कदमलाई असंवैधानिक र अलोकतान्त्रिक भनिरहेको अर्को दल नेपाली कांग्रेस भने पुन: स्थापना वा निर्वाचन कुनै पक्षमा भन्ने अहिलेसम्म खुलेको छैन, उक्त कदमको विरोध भने जनाइरहेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले ओलीको प्रतिगमनविरुद्ध राजधानीमा प्रदर्शन, बढ्यो धान उत्पादन, प्रधानमन्त्रीलाई राष्ट्रियसभा पनि घाँडो !, पिपिईमा चिनियाँ पाहुना र 'निर्वाचन गर्ने नियते संसद विघटन गरिएको होइन' शीर्षकका सामाचार तथा विचारहरूलाई महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: सोमबार, पुस १३, २०७७ १४:११