काठमाडौं । सोमबार जनतासमाचारमा डट्कम मा ‘ संसद विघटन सम्बन्धमा अदालतको निर्णय स्वीकार्य हुन्छ’, संसद विघटनको विषयमा अदालतको जुनसुकै निर्णय काँग्रेसलाई मान्य: देउवा, ३४ वर्षीय पतिको हत्या अभियोगमा ५० वर्षीया महिला पक्राउ, नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमा: प्रधानमन्त्री र सक्ला त चिनियाँ टोलीले नेकपा मिलाउन ? लगायतका समाचारहरुले मुख्य स्थान पाए ।सोमबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा नेकपा एकताको कसरतमा चीन, अध्यादेशमार्फत प्रशासा कानुन ल्याउन गृहकार्य, मन्त्रीपरिषद विस्तार बदर माग गदै सर्वोच्चमा रिट, डीआईजी बढुवामा सिफारिस र चिनी मिलले ३ साताभित्र भुक्तानी गर्ने लगायतका समाचारहरुले प्राथमिकता पाएका छन् ।आजको नयाँ पत्रिका दैनिक ले 'संक्रमितको सेवामा र मृतकको शव व्यवस्थापनमा खटिएका सुरक्षाकर्मीले एक रुपैयाँ पनि जोखिम भत्ता पाएनन्' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा सरकारी पदाधिकारी र कर्मचारीको भत्तामा मात्र गत वर्ष १५ अर्ब खर्च गरेको सरकारले यो वर्ष १३ अर्ब बजेट छुट्याएको उल्लेख छ । तर, कोभिड महामारीबाट सारा समाज डराएको वेला फ्रन्टलाइनमा खटिएर संक्रमितको सेवा गर्ने मात्र होइन, मृतकको शव व्यवस्थापन गर्ने सुरक्षाकर्मीले एक रुपैयाँ पनि भत्ता नपाएको समाचारमा उल्लेख छ ।समाचारअनुसार महामारी सुरु हुनासाथ गत १६ चैतमा राजपत्रमा सूचना प्रकाशित गरेर सरकारले फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई कोभिड भत्ता दिने भनेको थियो, तर सुरक्षाकर्मीलाई सरकारले १० महिनासम्म एक रुपैयाँ पनि भत्ता नदिएको छापिएको छ ।त्यस्तै पत्रिकाले 'संसद् विघटन: कलाकारको विरोध' शीर्षकको अर्को समाचारलाई पनि मुख्य पृष्ठमै छापेको छ । समाचारमा चलचित्रकर्मी भन्छन्– ‘कार्यकाल पूरा नभइ बीचमै प्रतिनिधिसभा विघटन हुनु संविधान र जनमतमाथि प्रहार’ उल्लेख छ ।समाचार अनुसार प्रधानमन्त्री केपी ओलीले हठात्मा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै देश फेरि आन्दोलित भएको छ । सत्तारुढ दल नेकपा विभाजन भएको छ । जसमध्ये एउटा पक्ष सडक आन्दोलनमा गएको छापिएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि संसद् विघटन असंवैधानिक भन्दै विरोध प्रदर्शन गरेको छ । अन्य दल तथा पेसागत संघसंगठनले पनि विरोध जनाएका छन् । बृहत् नागरिक समूहले सोमबार संसद् विघटनको विरोधमा माइतीघर मण्डलामा डम्फुसहित प्रदर्शन गर्यो । ११ पुसमा पनि एकोहोरो शंख फुकेर प्रदर्शन गरेको थियो । नागरिक समाजले चरणबद्ध आन्दोलनको तालिका सार्वजनिक गरेको समाचारमा उल्लेख छ ।आजको कान्तिपुर दैनिक ले भने सरकारको हैसियत काम चलाउ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा ‘प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लागेपछि सरकार स्वतः काम चलाउ हुन्छ, काम चलाउ सरकारले संविधानविपरीत र बजेटमा नभएका कुरा लागू गर्न सक्दैन,’ तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीले २०७४ माघ १५ गते पार्टी कार्यालय धुम्बाराहीमा चेम्बर अफ कमर्सको कार्यक्रममा भनेका थिए, ‘संविधानविपरीत निर्णय गरेर यो सरकारले बर्बाद पारेको समाचारमा उल्लेख छ ।समाचार अनुसार दोस्रो कार्यकालमा काम चलाउ रहेकै अवस्थामा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले जलाशययुक्त बूढीगण्डकी परियोजना चिनियाँ कम्पनीलाई दिने भनेर गरेको निर्णय देउवा प्रधानमन्त्री भएपछि उल्ट्याइदिए । उनको पनि तर्क थियो, राजीनामा दिइसकेको काम चलाउ सरकारले महत्त्वपूर्ण र बहुआयामिक निर्णय गर्नु नहुने समाचारमा छापेको छ ।त्यस्तै पत्रिकाले उखु किसानलाई २१ दिनभित्र भुक्तानी दिइने, दुवै समूहको हित हुने गरी मिल्न चिनियाँ टोलीको सुझाव, नाकामा नाम टिप्नै घन्टौं, जापान पठाउने श्रमिक छनोटमा मन्त्रालयको संलग्नता र बेलायतबाट आएका ५ मा संक्रमण लगायत शीर्षकका समाचारहरुलाई महत्वका साथ छापेकाे छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले नेपाल र चीनबीचको सम्बन्ध नयाँ उचाइमाः प्रधानमन्त्री शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा पछिल्ला वर्षहरुमा नेपाल -चीनबीच द्विपक्षीय सम्बन्धले धेरै क्षेत्रमा नयाँ उचाइ लिन सफल भएको उल्लेख छ ।समाचारअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री क्वो चौको नेतृत्वमा आएको चार सदस्यीय प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको समाचारमा छापिएको छ । प्रधानमन्त्री निवास बालुजवाटारमा आइतबार राति सम्पन्न भेटमा प्रधानमन्त्री ओलीले पछिल्ला वर्षहरुमा नेपाल -चीनबीच द्विपक्षीय सम्बन्धले धेरै क्षेत्रमा नयाँ उचाइ लिन सफल भएको बताउनुभएको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले सरकार र उखु किसानबीच सहमति, साढे चार करोड भ्रष्टाचार दाबी , 'निर्वाचनबाट नयाँ निकास, ' एक अर्बको लागतमा पूर्वाधार विकास, नयाँ नक्सा अनुरुपका सिक्का , अस्थाती अस्पताल सञ्चालन लगायत शीर्षकमा समाचार छापेको छ ।शनिबार नागरिक दैनिक ले पनि फरक – फरक विषयका समाचारहरुलाई पत्रिकामा छापेको छ । विभाजित नेकपा मिलाउन चिनियाँको दौडधुप शीर्षकको समाचारलाई पत्रिकाले मुख्य पृष्ठमा छापेको छ । समाचारमा नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ यझाओको टोलीले विभाजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई जोड्ने प्रयास गरेको उल्लेख छ ।समाचारअनुसार चारदिने नेपाल भ्रमणमा आएका चिनियाँ टोलीले नेकपा शीर्ष नेताहरुलाई भेटेर पार्टी विभाजन हुन नदिन मिलनबिन्दुबारे खोजीनीति गर्दै पुन: एकताको प्रयास थालेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले फेरि तात्न थाल्यो सडक, उखु किसान र सरकारबीच सहमति, 'जनताको सम्पत्ति हो संसद' , मन्त्रिपरिषद विस्तारविरुद्ध सर्वोच्चमा रिट शीर्षकका सामाचार तथा विचारहरूलाई महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस १४, २०७७ १३:००