काठमाडौं । मंगलबार जनतासमाचारमा डट्कम मा ‘बाग्मती प्रदेश संसदीय दलको उपनेता जमकट्टेल र सचेतक माझी पदमुक्त, थप कडा आन्दोलनको घोषणा गर्ने नेकपाको तयारी, ‘वैशाखमा निर्वाचन हुँदैन’, ‘चिनियाँ प्रनिधिमण्डलको नेपाल भ्रमण सिपिसी र नेकपाबीच अन्तरपार्टी आदानप्रदान अन्तर्गत, 'राजधानीमा नेकपाको शक्ति प्रदर्शन, ८ ठाउँबाट जुलुस निस्किँदै र सम्झौताबाट असन्तुष्ट उखु किसानको हृदयघातका कारण मृत्यु लगायतका समाचारहरुले मुख्य स्थान पाए ।बुधवार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा दाहाल - नेपाल समूहद्वारा सरकारविरुद्ध प्रदर्शन, उखु किसानको दर्दनाक पिडा : पैसा नपाई गयो ज्यान, पुरानो लयमा फर्किदै अर्थतन्त्र र भोगाधिकार जग्गामा सशस्त्रद्वारा अवैधरुपमा रकम असुली लगायतका समाचारहरुले प्राथमिकता पाएका छन् ।नयाँ पत्रिका दैनिक ले संसद् विघटनविरुद्ध नेकपाको प्रदर्शन, नेताहरूले भने– संविधानको पक्षमा जस्तोसुकै संघर्षका लागि तयार शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापिएको छ । समाचारमा संसद् विघटनविरुद्ध सडक–संघर्षमा उत्रिएका नेकपाका नेताहरूले संविधानको पक्षमा जस्तोसुकै संघर्षका लागि तयार रहेको सन्देश दिएका छन् । समयमै नसच्चिए वैशाखपछि नेपालको राजनीतिक इतिहासमा ओलीको पत्तासाफ हुने सो समूहका नेताहरूको दाबी रहेको समाचारमा उल्लेख छ ।समाचारअनुसार मंगलबार राजधानीमा भएको विरोध कार्यक्रममा नेताहरूले संसद् पुन:स्थापना नभई चुनावै भए पनि अर्को प्रधानमन्त्रीले फेरि पनि प्रतिनिधिसभा भंग गर्ने नजिर बस्ने र त्यसले मुलुक लामो समयसम्म अस्थिरताकै दुष्चक्रमा फस्ने जिकिर गरेका छन् । विरोध सभामा नेताहरूले प्रधानमन्त्री ओलीको कार्यशैली, स्वभाव र चरित्रलाई लिएर पनि अनेकौं आरोप लगाएका समाचारमा छापिएको छ ।पत्रिकाले आन्दोलनको बलमा संसद् पुन: थापना गरेरै छाड्ने दाबी, ११ महिनापछि कोरोना संक्रमण दर ओरालो र आन्दोलनमा आएका सर्लाहीका किसानको मृत्यु, ‘पैसा नलिई फर्कन्न भन्थे, न पैसा पाए, न फर्कन पाए’ शीर्षकका सामाचार छापेको छ ।कान्तिपुर दैनिक ले भने 'उखु किसानको छटपटी: भुक्तानीका लागि लड्दालड्दै गयो' ज्यान शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा १६ दिनको आन्दोलनपछि सोमबार सरकार र उखु किसान संघर्ष समितिबीच चारबुँदे सहमति भएको उल्लेख छ ।समाचारअनुसार सहमतिको चौथो बुँदामा छ – ‘उखु किसानले काठमाडौंमा हाल गरिरहेको धर्ना तत्काल स्थगन गर्ने ।’ पैसा नै नपाई आन्दोलन स्थगन गर्ने निर्णयले सर्लाहीका ६४ वर्षीय किसान नारायण राय यादवलाई छटपटी बढ्यो । बैंक र सहकारीको ऋण र त्यसको बढेको ब्याजका अंक सम्झँदा व्यवहार कसरी चलाउने भन्नेमा दुविधा भयो । जोरपाटीको कृष्णप्रणामी मन्दिर परिसर पुगे । दिनभर माइतीघरमा आन्दोलनपश्चात् मन्दिर परिसरबाटै सोमबार यादवले जनता समाजवादी पार्टीका नेता केदारनन्दन चौधरीलाई टेलिफोन गरे । उनले भनेका थिए, ‘आन्दोलनमा बसेको दुई हप्ता भयो तर पैसा पाएका छैनौं । यता २१ दिनभित्र भुक्तानी गराउने सम्झौता भयो, अब बैंकलाई के जवाफ दिने ?’ गंगालाल हृदयरोग अस्पताल परिसरमा भेटिएका नेता चौधरीले उक्त संवाद सुनाउँदै भने, ‘उहाँले काठमाडौंबाट खाली हात कसरी घर फर्किऊँ ? के गर्ने, के नगर्ने भएका समाचारमा छापिएको छ ।त्यस्तै पत्रिकाले सरकारविरुद्व शक्ति प्रदर्शन, आरोपपत्र फिर्ता लिए पार्टी एक हुनसक्छ: पोखरेल, प्रतिबन्धित चन्द समूहसहित ४ वाम घटकबीच सरकारविरुद्व मोर्चाबन्दी र प्रदेशहरुमा पनि कांग्रेसको अलमल लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले 'दाना - खुर्कोट प्रशारण लाइन तयार' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा दाना- खुर्कोट प्रशारण लाइन पुसभित्रै चार्ज गरिने सोलु, सिङ्टी, कोसी करिडोरका प्रसारडा लाइन सम्पन्न गर्दै प्राधिकरण । परीक्षणको चरणमा रहेको मिस्त्रीखोला जलविद्युतकाे ४२ मेगावाट जलविद्युत पनि राष्ट्रिय प्रणालीमा जोडिने उल्लेख छ ।समाचारअनुसार कालीगण्डकीको नदी बहाव क्षेत्रमा बनेका विभिन्न जलविद्युत आयोजनाबाट उत्पादित जलविद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्ने संरचना कालीगण्डकी करिडोर दाना खुर्कोट प्रसारण लाइन तयार भएको छ । म्याग्दीको दानमा निमार्ण भएको सबस्टेसन, पर्वतको खुर्कोटमा बनेको अर्को सबस्टेसन र बीचमा ११० टावर र ३९.६ किलोमिटर तार टाँग्ने लगायतका सबै काम सकिएको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले ३९ विधेयक स्वत: निष्क्रिय , संस्कृत मुलुकको मौलिक पुँजी, देउवालाई चीनको निमन्त्रणा, सडक आन्दोलन रोकिदैन: प्रचण्ड लगायत शीर्षकका सामाचार तथा विचाहरु महत्वमा साथ छापेको छ ।
प्रकाशित मिति: बुधबार, पुस १५, २०७७ १३:३९