काठमाडौं । शुक्रबार जनतासमाचारमा डट्कम मा यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू, ‘कृत्रिम मूल्यवृद्धि गर्ने व्यवसायीमाथि कारबाही हुन्छ’,‘पार्टी फुटेपछि मुटु चिरिएको अनुभव गरेको छु’, १ लाख १८ हजार ९ सय ६० अपराधी अझै जेल बाहिर, सगरमाथाको नयाँ उचाइ राजपत्रमा प्रकाशित गर्ने निर्णय र पुरातात्विक सम्पदाको पर्यटकीय विकासका लागि ‘सम्पदा पदयात्रा’ लगायतका सामाचारहरुले मुख्य स्थान पाए ।शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा पुर्याइने, निर्वाचन आयोगले माग्यो थप कागजात, प्रचण्ड( नेपाललाई बैठकमा आउन ओलीको आग्रह, प्रभानमत्रीले भने- बालबालिका देशका कर्णधार र धड्कन , 'प्रतिगमनकारीका कारण नेकपा विभाजन' र सगरमाथाको नयाँ उचाइ राजपत्रमा लगायतका समाचारहरुले प्राथमिकता पाएका छन्।आजको नयाँ पत्रिका दैनिक ले 'नेपालको भू–राजनीतिमा छिमेकी प्रतिस्पर्धा : हिमाल उक्लँदै भारत, तराई झर्दै चीन' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा पूर्वाधार विकास मात्र होइन, चीनसँग सीमा जोडिएका सोलुखुम्बु, रसुवा, मनाङ, धादिङ र सिन्धुपाल्चोकमा गुम्बा पुनर्निर्माणमा भारतीय सहयोग, सत्ताको राजनीतिमा सीधा चासो राख्दै आएको चीन राजधानीमा मात्र होइन, तराईका जिल्लामा पनि चिनियाँ भाषा प्रशिक्षणमा सक्रिय रहेको उल्लेख छ ।समाचारअनुसार महोत्तरीको गौशाला नगरपालिकाले गत वर्ष चीनको सान्सी प्रान्तको सिन्चउ नगरसँग भगिनी सम्बन्ध स्थापना गर्ने र ६० करोड अमेरिकी डलर लगानी भित्र्याउने योजना अघि बढायो । भगिनी सम्बन्ध स्थापनामा प्रदेश २ सरकारले अवरोध गर्याे भने लगानी भित्र्याउन संघीय सरकारले रोक्यो । चीनबाट लगानी ल्याएर ४० वटा उद्योगसहितको औद्योगिक क्षेत्र स्थापना गर्ने नगरपालिकाको योजना तुहियो । संघ र प्रदेशको अवरोध नभएको भए गौशाला नगरपालिका प्रदेश २ मा चिनियाँ सहरसँग भगिनी सम्बन्ध स्थापना गर्दै लगानी भित्र्याउने पहिलो पालिका बन्ने समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले सन् २०२० मा इतिहासकै कम पर्यटक, ८१ प्रतिशतले गिरावट शीर्षकको समाचारलाई महत्वकासाथ छापेको छ । समाचारमा सन् २०२० मा नेपालमा मात्रै नभएर विश्वमा नै ३० वर्षयताकै कम पर्यटक घुम्न निस्किएका छन्, कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रले ९० अर्ब गुमाएको उल्लेख छ ।समाचारअनुसार सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गर्दै उद्घाटनसमेत गरेको थियो । तर, चीनबाट फैलिएको कोरोना भाइरस विश्वभर महामारीका रूपमा फैलिएपछि नेपालले भ्रमण वर्ष कार्यक्रम नै रद्द मात्रै गरेन, सम्पूर्ण सीमानाकासमेत बन्द गर्यो । गत ११ चैतदेखि पूर्ण रूपमा विमानस्थल तथा एयरलाइन्स सेवा ठप्प पारेसँगै नेपालमा पर्यटक आगमनसमेत ठप्प भयो । सोही कारण सन् २०२० मा इतिहासकै कम पर्यटक नेपाल भित्रिएका समाचारमा छापिएको छ ।पत्रिकाले सिस्टम भत्काउने आन्दोलनकारी जन्मायौँ, सिस्टम बिल्डर जन्माउन सकेनौं स् प्रा. कृष्ण खनाल, माघ १५-२१ गतेसम्म मतदाता नामावली अद्यावधिक हुँदै , कंगोको बुनिया क्षेत्रमा १७ वर्षपछि नेपाली सेना परिचालन र राष्ट्रिय सभामा सुरुकै दिन उठ्यो प्रतिनिधिसभा विघटनको मुद्दा, प्रधानमन्त्रीको कदमविरुद्ध दलहरूको विरोध लगायत शीर्षकमा समाचार तथा विचारहरु छापेको छ ।कान्तिपुर दैनिक ले भने 'कसरी बाँचिरहेछन् सहरका गरिब ?' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा इनबहालका ८० वर्षीय हरिगोविन्द खड्गी जसोतसो कमाएर छाक टारुँला भन्ने आसले ज्याठाका गल्लीमा दैनिक चक्कर काट्छन् । भन्छन्, ‘बूढो मान्छे भनेर कसैले कामै दिँदैनन् । कमाइ छैन, कोठामा खानेकुरा छैन, बहाल पनि तिर्न नसकेका उल्लेख छ ।समाचारअनुसार हरिगोविन्द काठमाडौंको सहरका रैथाने हुन् । उनी ६ वर्षअघिसम्म टेम्पो चलाएर गुजारा गर्थे । अचेल घरको सिँढी चढ्दा पनि सास फुल्छ । बल पर्ने काम गर्न सक्दैनन् । ‘भोको पेटले यो पीडा बुझ्दो रहेनछ । कतै काम छ भने मलाई भन्नुहोला है, साह्रै दुःख भयो,’ उनी रोकिएनन्, ‘खानै छैन, छोराछोरीले हेर्न छाडे, अब टेम्पो चलाउन र भारी बोक्न सक्दिनँ । टेबल–कुर्सी पुछ्ने, कुचो लगाउने काम पाए गर्न सक्छु ।’काठमाडौं महानगरपालिकाको वार्षिक बजेट १३ अर्बभन्दा बढी छ । महानगरपालिकाकै २७ नम्बर वडाका बासिन्दा खड्गीको यो पीडा समृद्धिको मानक ठानिएको काठमाडौंलाई थाहा छैन । वडाका जनप्रतिनिधि हरिगोविन्दको बुढेसकालको हरिबिजोगबारे बेखबर रहेका समाचारमा छापिएको छ ।पत्रिकाले राष्ट्रिय सभा बैठक सुरु: प्रतिनिधिसभा विघटनको विरोधमा एक स्वर, सेरमको कोरोना खोपले पायो भारतमा आपत्कालीन प्रयोग अनुमति, नेकपाको दुवै पक्षलाई आयोगको पत्र र बुटवल–नारायणगढ सडक विस्तार दुई सातादेखि ठप्प लगायतका शीर्षकमा समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले प्रतिनिधि सभा विघटनप्रति चिन्ता शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेकाे छ । समाचरमा विदेश भू- उपग्रहको प्रयोग मुलुकको राष्ट्रिय सुरक्षाका लागि समेत संवेदनशील हुने भएकाले सरकारले आफ्नै भू-उपग्रह स्थापना गर्न लागेको उल्लेख छ ।समाचारअनुसार सरकारले आगामी दुई वर्षभित्र अन्तरिक्षमा आफ्नै भू- उपग्रह (स्याटेलाइट) स्थापना गर्ने नीतिको कार्यान्वयनका रुपमा नेपाल दूरसञचार प्राधिकरणले भू-उपग्रहराख्ने प्रक्रिया अगाडि बढाएको छ । प्राधिकरणले भू-उपग्रह स्थापनाको नियमन तथा सुरक्षा, कानुनी संरचना ढाचाँ, व्यावसायिक ढाँचा, प्राविधिक आवश्यकता (टेक्निकल रिक्वायरमेन्ट), बिड डकुमेन्ट तयार गर्ने प्रक्रिया अगाडि बढाइएको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले प्रभिनिधि सभा विघटनप्रति चिन्ता, 'ताजा जनादेशको विकल्प छैन, ' पूर्वीय ज्ञान अतुलनीय, प्रदेश सधा बैठक माघ ७ गतेदेखि, नर्सको व्यवस्थाले विद्यार्थीमा सकारात्मक प्रभाव र नेकपाको दुवै पक्षलाई पत्राचार शीर्षकका समाचार तथा विचारहरुलाई महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: शनिबार, पुस १८, २०७७ १३:५५