काठमाडौं । शनिबार जनतासमाचारमा डट्कम मा राजनीतिक ‘कू’ रोक्न प्रतिनिधि सभा विघटन: गृहमन्त्री, नेकपाको दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा, यसकारण बदले ओलीलाई स्वार्थी भन्ने ‘एमएस’ ले गुट, युट्युवबाट मिलियन डलर कमाउने बालक, कोरियाली भाषा परीक्षा अन्योलमा, तयारीमा जुटेका युवा अलमलमा र म लेखनमा स्वतन्त्र छु र चाहन्छु: मुना चौधरी, लेखक लगायतका समाचार तथा विचारहरुले मुख्य स्थान पाए ।आइतबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा कर्जाको अधिकतम पहुँच लक्षित वर्गमा पुर्याइने, निर्वाचन आयोगले माग्यो थप कागजात, प्रचण्ड- नेपाललाई बैठकमा आउन ओलीको आग्रह, प्रभानमत्रीले भने- बालबालिका देशका कर्णधार र धड्कन , ‘प्रतिगमनकारीका कारण नेकपा विभाजन’ र सगरमाथाको नयाँ उचाइ राजपत्रमा लगायतका समाचारहरुले प्राथमिकता पाएका छन्।आजको नयाँ पत्रिका दैनिक ले प्रधानन्यायाधीशमाथि नैतिक र कानुनी प्रश्न, आफैँविरुद्धको रिट: इजलासमा बस्ने कि नबस्ने ? शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारअनुसार प्रधानन्यायाधीशसमेत रहेको संवैधानिक परिषद्ले गरेका नियुक्तिका निर्णयमाथि परेको रिट सर्वोच्चको संवैधानिक इजलासमा छ, आफैंलाई समेत विपक्षी बनाइएको रिटको सुनुवाइमा प्रधानन्यायाधीश बस्न मिल्छ ? एक पूर्वप्रधानन्यायाधीश भन्छन्– 'म भए बस्ने थिइनँ, बरु बृहत् इजलासमा पठाउथें' समाचारमा छापिएको छ ।समाचारअनुसारमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायिक र नैतिक सिद्धान्तको कति ख्याल गर्लान् ? यो प्रश्न गम्भीर रूपमा किन उठेको छ भने उनीसमेत सहभागी भएर संवैधानिक परिषद्ले गरेको निर्णय अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा परेको उल्लेख छ । प्रधानन्यायाधीश पनि यो इजलासमा छन् । संवैधानिक इजलास प्रधानन्यायाधीशको सहभागितामा हुने संवैधानिक व्यवस्था छ । तर, संवैधानिक निकायमा पदाधिकारी सिफारिससम्बन्धी निर्णयविरुद्ध परेका दुई रिटमा प्रधानन्यायाधीश स्वयंलाई समेत विपक्षी बनाइएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'रेलमार्गदेखि हुलाकी राजमार्गसम्म: प्नधानमन्त्रीको भाषण जसलाई तथ्यले सहयोग गरेन' शीर्षकको समाचारलाई पनि महत्वका साथ छापेको छ । समाचारमा प्रधानमन्त्रीको दाबी– वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसिपी) चलाएका छौं । 'चाँदनी दोधारामा पनि चलाउँदै छौं' समाचारमा उल्लेख छ ।समाचारअनुसार नेपाल र भारतबीचका प्रमुख व्यापारिक नाकाहरूमा भारतले आफ्नै खर्चमा एकीकृत जाँच चौकी (आइसिपी) निर्माण गर्न १० वर्षअघि नै परियोजना सुरु गरेको हो । तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पाला २०१० मा निर्माण सुरु भएका वीरगन्ज र विराटनगरका आइसिपी सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । वीरगन्जको आइसिपी ०७५ देखि सञ्चालनमा छ भने विराटनगरको आइसिपी गत साल प्रधानमन्त्री ओलीको भारत भ्रमणका वेला दुई मुलुकका प्रधानमन्त्रीले उद्घाटन गरेका हुन् । निर्माण भने पहिले नै सम्पन्न भइसकेको थियो । नेपालगन्जमा निर्माण हुने तेस्रो आइसिपीको शिलान्यास गत १२ नोभेम्बरमा भारतका वाणिज्यमन्त्री पियुष गोयल र तत्कालीन सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले गरेका थिए । यसबाहेक भैरहवा, काँकडभिट्टा, महेन्द्रनगर, भिट्टामोडमा समेत आइसिपी निर्माणको योजना छ । तर, चाँदनी–दोधारामा एकीकृत जाँच चौकी (आइसिपी) बनाउने योजना नै छैन । नेपाल इन्टरमोडल विकास समितिका अनुसार चाँदनी–दोधारामा सुक्खा बन्दरगाह (आइसिडी) निर्माणको अध्ययन भइरहेको समाचारमा छापिएको छ ।पत्रिकाले संविधान र व्यवस्था ‘डिरेल’ नहोस् भनेर अदालतले हेर्नुपर्छ, संसद् विघटनविरुद्ध नेकपाको एकमहिने आन्दोलन घोषणा, संविधानवाद जिन्दावाद र सशस्त्र प्रहरी जवानको लिखित परीक्षामा १० जना नक्कली परीक्षार्थी पक्राउ लगायत शीर्षकमा समाचार र विचारहरु छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले 'कठ्याङ्ग्रिँदो जाडोमा कमसल कपडाको भर' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा 'चिसो बढिसक्यो न ज्याकेट, न बुट, जेनतेन गुजारा चलाईरहेका छौं' उल्लेख छ ।समाचारअनुसार नेपालको उच्च हिमाली जिल्लाको तापक्रम यतिखेर माइनस सात डिग्री सेल्सियस छ । कठ्याङ्ग्रिँदो चिसोसँगै माथिल्लो भेगका बस्तीबाट सर्वसाधारण औलतिर झरिसकेका छन् तर सुरक्षाकर्मी भने औल झर्न नपाउने समाचारमा छापिएको छ । कतिपय घरमा कुरुवा र वृद्धवृद्धा बसेका छन् भने केही सरकारी र गैरसकारी संघ, संस्थाका कार्यालय पनि रहेकाले प्रहरीलाई अन्य सर्वसाधारणसँगै औलतिर सर्न समस्या भएको समाचारमा उल्लेख छ।त्यसैगरी पत्रिकाले नक्साका जमिन विधिवत् फिर्ता ल्याइन्छ, चिसोबाट जोगाउँदा निमोनियाको जोखिम कम, संक्रमण घट्यो, नब्बे प्रतिशत आवास पुननिर्माण, सबै समस्याको समाधान निर्वाचन र न्याय खोज्दै आमाहरु राजधानीमा लगायत शीर्षकमा समाचार तथा विचारहरु महत्वका साथ छापेकाे छ ।
प्रकाशित मिति: आइतबार, पुस १९, २०७७ १३:३४