काठमाडौं । आइतबार जनतासमाचारमा डट्कम मा सर्वोच्चलाई राष्ट्रपति, सरकार र सभामुखको छुट्टाछुट्टै लिखित जवाफ, कसले के जवाफ पठाए ?, ‘ओलीको कार्यभार क्यारिकेचर हो, ३ महिनामा संसद पुनस्स्थापना हुन्छ, ' ‘पार्टीका केही नेताको मस्तिष्कले ‘संवृद्ध नेपाल’ पचाउन सकेन’,महाकाली सन्धि २५ वर्षपछि पूर्ण कार्यान्वयनमा, नेकपाको आधिकारिकता विवादमा दुवै समूहलाई निर्वाचन आयोगको छुट्टाछुट्टै पत्र , कोभिडका १९ कारण बन्द विद्यालयहरु खोल्ने सरकारको निर्णय र गेष्ट हाउस बोलाएर सामूहिक बलात्कार, ३ पक्राउ लगायतका समाचार तथा विचारहरुले मुख्य स्थान पाए ।सोमबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा संसद विघटन बहुमत प्राप्त सरकाको अधिकार, वैधानिकता मिलाउन निर्वाचन आयोगद्वारा प्रक्रिया शुरु र महिला संगठकद्वारा कडा कारबाहीको माग लगायतका समाचारहरुले प्राथमिकता पाएका छन्।आजको नयाँ पत्रिका दैनिक ले संवैधानिक प्रश्नमा प्रधानमन्त्रीको राजनीतिक जवाफ: 'आफ्नै पार्टीबाट असहयोग भएपछि संसद् विघटन गरेको हुँ' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा सभामुखको जवाफ: जननिर्वाचित संस्थामा हस्तक्षेप भयो, प्रतिनिधिसभा पुनर्बहाली गरिपाऊँ उल्लेख छ ।समाचारअुसार प्रतिनिधिसभा विघटन किन गरिएको हो भन्ने संवैधानिक प्रश्नमा प्रधानमन्त्री केपी ओलीले आफ्नै पार्टीबाट असहयोग भएकोले यस्तो निर्णयमा पुगेको भन्ने जवाफ फर्काएनु भएकाे छ । संसदबाटै नयाँ सरकार बन्ने वैकल्पिक सरकार भएसम्म प्रधानमन्त्रीलाई संसद् नै विघटन गर्ने अधिकार छ कि छैन भन्ने संवैधानिक प्रश्नको जवाफमा प्रधानमन्त्रीले दलका बैठकमा बोल्ने भाषण नै पठाएको समाचारमा छापिएको छ ।पत्रिकाले चुनौतीमा मूलधारको मिडिया शीर्षकको समाचार पनि मुख्य पृष्ठमै छापेको छ । समाचारमा सरकारी कामकाजको आलोचनात्मक समाचार वा सम्पादकीय लेख्ने पत्रकारमाथि शृंखलाबद्ध हमला गर्नका लागि सयौं नक्कली सोसल मिडिया खाता प्रयोग गरिएको उल्लेख छ ।समाचारअनुसार सन् २०२० लाई फर्केर हेर्दा निकै चिन्ता, क्षोभ र दिग्दारी अनुभव हुन्छ । कोरोना भाइरस महामारीले सञ्चारमाध्यम र पत्रकारितालगायत अघिकांश पेसा र व्यवसाय ठप्प पारिदियो । पत्रकारिता एकांकी पेसा होइन । स्वस्थ पत्रकारिताका लागि एकातिर मानिसका आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक गतिविधि भइरहनुपर्छ भने अर्कातिर उद्योग व्यवसायले नियमित रूपमा आफ्ना सेवा वा उत्पादनको विज्ञापन उपलब्ध गराइरहनुपर्ने समाचरमा छापिएको छ ।त्यसैगरी पत्रिकाले नेकपा विभाजन: स्थानीय तहका प्रतिनिधिको पद के हुन्छ ?, संसद् विघटनविरुद्ध कांग्रेसले ६ हजार सात सय ४३ वडामा विरोध प्रदर्शन गर्ने, निर्वाचनलाई बजेट बनाउँदै आयोग, स्रोत खोज्दै अर्थ मन्त्रालय र अध्यक्ष नेपालको नेतृत्वमा शक्तिशाली कार्यदल, एकताको बाँकी र कार्यविभाजन गृहकार्यको जिम्मेवारी लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले निजगढ अन्तराष्ट्रिय विमानस्थल : गुरुयोजना बनाउन सम्झौता शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचामरमा १३ महिनाभित्र सीजी एन्फ्राटा- बीडीए (जेभी) कम्पनीले विमानस्थलको गुरुयोजना तयार गरिसक्नुपर्ने गरी सम्झौता भएको उल्लेख छ ।समाचारअनुसार राष्ट्रिय गौरवको अयोजना निजगढ अन्राष्ट्रिय विमानस्थलको गुरुयोजना निमार्णका लागि नेपाल नागरिक उड्ययन प्राधिकरण र भारतको अन्तराष्ट्रिय कम्पनी सीजी एन्फ्राटा- बीडीए (जेभी) बीच सम्झौता भएको समाचारमा छापिएको छ । नेपाल उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम अगाडि बढाउन विमानस्थलको अद्यावधिक गुरुयोजना तयार गर्न नेपाल नागरिक उड्ययन प्राधिकरणले भारतको अन्तराष्ट्रिय कम्पनी सीजी एन्फ्राटा- बीडीए (जेभी) सँग सम्झौता गरेको जानकारी दिनुभयो । यसअघि प्राधिकरणले आशय पत्र जारी गर्दे गुरुयोजना निर्माण गर्न कम्पनीको टुङ्गो लगाएको समाचारमा छापिएको छ।त्यसैगरी पत्रिकाले स्वार्थपरक सौदाबाजीको सट्टा जनतामा जाने निर्णय लिएँ, फागुनमा नहुँने भयो कांग्रेसको महाधिवेशन, पश्चिमी वायुले वर्ष र हिममपात र आशा जगाउने समाचार सम्प्रेषण गर्न आग्रह लगायत शीर्षकका समाचार तथा विचार महत्वका साथ छापेको छ ।आजको नागरिक दैनिक ले भने 'आयोगले दुबै पक्षलाई काट्यो पत्र' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा दाहाल-नेपाल पक्ष पुस १० गते आफू आधिकारिक भएको दाबी गदै निर्वाचन आयोग पुगेपछि विवाद निरुपणको औपचारिक प्रक्रिया शुरू भएको थियो उल्लेख छ । त्यसपघि ओली पक्षले केन्द्रीय समिति हेरफेर र विधान संशोधन निर्णय आयोगमा पठाएको समाचारमा छापिएको छ ।पत्रिकाले नेपाल अब कता, कांग्रेसले वडा तहसम्म प्रदर्शन गर्ने, जनताको पक्षमा प्रतिनिधिसभा विघटन , नमोबुद्धमा बढ्दै आन्तरिक पर्यटक र सरकारले किन सार्वजनिक गरेन नेपालको क्षेत्रफल लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: सोमबार, पुस २०, २०७७ १३:१०