काठमाडौं । सोमबार जनतासमाचारमा डट्कम मा नेकपा एकिकरणका बाँकी काम पूरा गर्न टोली गठन, कोरोना नसकिदै दुनियाँमा खतरनाक नयाँ भाइरस ‘एक्स’ को आतंक, मन्त्रिपरिषद् विस्तारको कारण लिखित रूपमा पेश गर्न सर्वोच्चको आदेश, ‘पार्टी आचरणअनुसार काम नगरे मेयरउपमेयरको पद जान सक्छ’, गीत संगीतमा कोरोनाको प्रभाव: आफ्नै मन बुझाएर बस्न बाध्य, र आइएसले लियो पाकिस्तानमा भएको ११ कामदार हत्याको जिम्मेवारी लगायतका समाचार तथा विचारहरुले मुख्य स्थान पाए ।मंगलबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा सीमा क्षेत्रमा एसएसबीले जबरजस्ती पिलर गाडे, नेपालीले लखेटे, घना बस्ती र शहरी क्षेत्र जोखिममै, देशभर ३० हजार सहकारी १० खर्ब हाराहारीमा बार्षिक कारोबार र चार दिनमा ३८ जना विरुद्ध राजस्व छली मुद्धा लगायतका समाचारहरुले प्राथमिकता पाएका छन् ।आजको नयाँ पत्रिका दैनिक ले मौखिक परीक्षाबाट गर्न खोजिएको भर्ना रद्द, आवेदनको एक करोड ३६ लाख फिर्ता गर्न अस्वीकार शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा जनकपुर रेल्वेमा १२९ कर्मचारी माग्दा ३२,६८६ काे आवेदन उल्लेख छ।समाचारअनुसार सरकारको शतप्रतिशत लगानी भएको रेल्वे कम्पनीमा लोकसेवा आयोगले मात्र विज्ञापन गर्न सक्छ, तर मौखिक परीक्षाबाट कर्मचारी राख्ने भन्दै रेल्वे कम्पनी आफैले कानुनविपरीत विज्ञापन गरेर प्रतिआवेदन हजार रुपैयाँसम्म संकलन गरेको समाचारमा छापिएको छ। नेपाल रेल्वे कम्पनीले रोजगारीको खोजीमा रहेका ३२ हजार ६ सय ८६ युवाबाट गैरकानुनी रूपमा एक करोड ३६ लाख रुपैयाँ संकलन गरेको छ । सरकारी संस्थानमा कर्मचारी नियुक्त गर्दा लोकसेवा आयोगमार्फत छनोट गर्नुपर्ने संवैधानिक व्यवस्थाविपरीत कम्पनीले मौखिक परीक्षाबाट नियुक्तिको प्रयास गरेको थियो । तर, विज्ञापन खारेज भए पनि रेल्वे कम्पनीले आवेदकसँग उठाएको रकम फिर्ता नगरेको समाचारमा उल्लेख छ ।पत्रिकाले तीन पुस्तादेखि अनागरिक शीर्षकको अर्को समाचारलाई पनि मुख्य पृष्ठमा छापेको छ । समाचारमा सरकारी सेवाबाट बस्ती नै वञ्चित, बालबालिकालाई विद्यालय भर्ना गर्नसमेत नपाएको उल्लेख छ ।समाचारअनुसार पुस लागेसँगै ७३ वर्ष कटे पनि सिराहाको धनगढीमाई नगरपालिका– १२ मुसहरबस्तीकी कुसमादेवी सदायले अहिलेसम्म सामाजिक सुरक्षा भत्ता पाएकी छैनन् । पटकपटक कोसिस गर्दा पनि नागरिकता नहुँदा सामाजिक सुरक्षा भत्ता मात्रै होइन, अन्य सरकारी सेवाबाट पनि वञ्चित भएकी छिन् । ‘नागरिकता छैन भनेर केही पनि दिँदैनन्,’ वृद्धा कुसमादेवीले गुनासो गरेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले राष्ट्रपति कार्यालय नै अलमलमा: ओली सरकार संविधानको ७६९१० कि ७६९२० अनुसार ?, कञ्चनपुरको सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीद्वारा नेपाली युवकमाथि गोली प्रहार र सामाजिक सुरक्षा करका नाममा श्रमिकबाट उठाइएको साढे ६१ अर्ब मनलाग्दी खर्चंदै सरकार लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले 'सिङ्गटी-लामोसाँघु प्रसारण लाइन: फागुनसम्ममा तयार हुने' शीर्षकको समाचालाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा प्रसारण लाइन तयार भएपछि तत्कालै २५ मेगावाटको सिङ्गटीखोला जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडिने उल्लेख छ ।समाचारअनुसार एक दशकदेखि हुन नसकेको सिङ्गटी-लामोसाँघु १३२ केभी डबल सर्किट प्रसारण लाइन निमार्णको अवरोध हटेपछि आयोजना सम्पन्न अुने देखिएको छ । अवरोध गरिरहेका स्थानीय बासिन्दा विकास आयोजनमा समस्या खडा नगर्ने गरी अगाडि बढेपछि प्रसारण लाइन निर्माणतर्फ अगाडि बढेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले निर्वाचनको विकल्प छैन, राजनीतिक दलसम्बन्धी नियममा परिवर्तन, वर्ष र हिमपात भोलिसम्म, भारतद्वारा जनशक्ति आपूर्ति प्रस्ताव र प्रदेश इन्चार्ज हेरफेर लगायत शीर्षकका समाचार तथा विचार महत्वका साथ छापेको छ ।आजको नागरिक दैनिक ले 'हिँउले सेताम्मे कर्णाली' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारअनुसार हिपातले कर्णालीका हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण घरबाहिर निस्न र एक गाँउदेखि अर्को गाउँ जान कठिन भएको छ । विमानले उडान भर्न नसकेको उल्लेख छ ।समाचारअनुसार कर्णाली जुम्ला, डोल्पा, हुम्लामा बाक्लो हिउँ परेको छ । कालिकोटको लेकाली क्षेत्र पनि हिउँले ढाकेको छ । जुम्लामा आइतबार दिउँसोदेखि बादल लागेको र रातिदेखि हिमपात भएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले मास्क लगाउने र हात धुने बानीले घटे सरुवा रोग, पुँजीपति लाभकर छली आशंकामा छानबिन, मन्त्रिपरिषद विस्तारबारे कारण माग र सीमामा खम्बा गाडेपछि प्रतिकार लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वमा साथ छापेको छ ।आजको कान्तिपुर दैनिक ले 'महाकाली तटबन्ध रोक्न भारतद्वारा अटेर' शीर्षककाे समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा सीमाम क्षेत्रमा नदीको बहावलाई असर पर्ने गरी कुनै पनि मुलुकले एक अर्काको सहमति बेगर भोतिक संरचना निमार्ण गर्न नपाइने उल्लेख छ । तर भारतले सन्धि/ सम्झौता पालना त परै जाओस्, नेपालले पठाएको पत्रको जवाफसमेत दिएको छैन । उल्टै नदीको बहाव नेपालतर्फ फर्काएर तटबन्धको काम धमाधम अघि बढाएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले स्थानीय विराधपछि एसएसबीले रोक्यो बार, चौथो जमर्कोमा प्रतिनिधिसभा विघटन गरेका थिए ओलीले, पाठ्यक्रम विवादले कक्षा ११ को शैक्षिकसत्र नै गुम्ने जोखिम, सशस्त्र द्वन्द्वका घाइते भन्छन् 'आफ्नै सपनाले तर्साउछ' लगायन शीर्षकमा समाचार तथा विचारहरु महत्वमा साथ छापेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २१, २०७७ १२:५५