-निरज तामाङकाठमाडौं । रातको साढे १० बज्दै थियो । प्रहरीका गाडीहरु साइरन बजाउँदै ओहोर दोहोर गरिराखेका थिए । त्यसको केहि समयपछि नै धमाध सटर बन्द थाले प्रहरीले । यो दृष्य नयाँ बसपार्कस्थित दोहोरी साँझ तथा डान्स क्लव रहेको क्षेत्रको हो । जहाँ प्रहरीले ११ नबज्दै यहाँ कार्यरत कामदारहरुलाई लखेट्यो, सञ्चालकहरुलाई थर्कायो र रात्रीकालिक व्यवसाय नै बन्द गरायो ।कोरोनाको महामारीका कारण करिब १० महिनासम्म बन्द भएका रात्रीकालिन व्यवसाय केहि हप्ताअघिबाट मात्रै खुल्न थालेका छन् । तर, यसमा सरकार यति संर्किण बनेको छ की रातको ११ बजेसम्म कोरोना सर्दैन र त्यसपछि झ्याप्पै लागि लाग्छ जसरी प्रहरी प्रशासन परिचालन गरेको छ । रातको ९ बजेपछि चहलपहल सुरु हुने रात्रीकालिन ब्यवसाय २ घण्टा चलाएर कसरी बाँच्छन् यसमा आबद्ध हजारौँ ब्यक्ति ? यसका विषयमा सरकारले थोरै पनि सोचेको छैन् । बरु प्रहरीको मुढे बल लगाएर हतोत्साहित हुनेगरि लखेट्ने र सटरै बन्द गरिदिने काममा सरकार सक्रिय भएको रात्रीकालिन व्यासायीहरुको गुनासो छ । आफूहरुलाई हेर्ने सरकारको नजर नै गलत भएको गुनासो गर्दै उनीहरु भन्छन्– रातको १२ बजेसम्म पनि चल्नसमेत नदिने र दुःख मात्रै दिने काम सरकारबाट भएको राजघराना गजल रेष्टुरेण्टका संचालक शिव केसीले गुनासो पोखे ।
कोरोनाको कहर कम भएसँगै क्रमश सबै ब्यसाय खुल्ला भएका छन् । सपिङ मलदेखि सिनेमा हलसम्म खुल्न थालेका छन् । यात्रु कोची कोचए चलाउने सार्वजनीक यातायात पूर्ण रुपमा सञ्चालनामा आएको छ । जोर बिजोर हटेको छ । बाक्लो चहलपहल हुने मठमन्दिरदेखि पसिना काट्ने गरि व्यायम गराउने जिमखानासमेत खुलिसकेका छन् । यति मात्रै होइन ठूलो भिड जम्मा गरेर प्रधानमन्त्री केपीशर्मा ओली आफै पार्टी प्लासेसदेखि हलहरुसम्ममा पुगेर भाषण छाटिराखेका छन् । सडकमा दिनहुँ हजारौं सत्ताधारीदेखि विपक्षी दलका नेता कार्याकर्ताहरु सम्म नाजाबारी गर्दै हिडिराखेका छन् । यी सबलाई कोरोनाले छेकेको छैन् । मानौ यिनलाई कोरोनाले चिन्दैन् । चिनिहाले पनि सर्दैन् । कोरोनाले चिन्ने केवल रात्रीकालि व्यवसायलाई मात्रै हो । र, सर्ने यहि मात्रै हो जसरी सरकार प्रस्तुत भएको छ । र, खोल्न नपाउँदै प्रहरी सटर बन्द गर्दै हिडेको छ ।आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र सिसीएमसीको बैठकले विद्यालय,कलेज,जिम हल,सिनेमा हल,स्वीमिङ पुलहरु र मनोरञ्जनका क्षेत्रहरु खुल्ला गर्ने निर्णय गरेको छ । तर प्रमुख जिल्ला अधिकारी सिडिओलाई बढी अधिकार दिने गरी गरेको उक्त निर्णयले रात्रीकालिन व्यवसाय भने अन्योलमा परेको छ ।कोरोना महामारीकाबिच पनि राज्यलाईतिर्नुपर्ने करमा कुनै छुट नपाएका रात्रीकालिन व्यवसायीलाई यो अवधिमा अझै पेनाल्टी समेत तिर्न बाध्य पारिएको छ । कर मात्रै तिर्न लगाउने तर ब्यवसाय भने बन्दै गराइराख्न खोज्ने सरकारी निती विभेद र अन्यायपूर्ण रहेको राष्ट्रिय लोक तथा दोहोरी व्यवसायी संघका अध्यक्ष रिम खत्रीले गुनासो पोखे ।
अहिले काठमाडौंका ठमेल,सुन्धारा,दरवारमार्ग,नयाँ बसपार्क क्षेत्रमा संचालित दोहारीसांझ,गजल,डान्सबार,डिस्को,लाउन्जबारहरु मानिसहरुको केही चहलपहल देख्न सकिन्छ । तर ९ बजेपछि सुरु हुने ति क्षेत्रमा साढे १० बजे नै प्रहरीको आगमन हुन्छ र साइन सहित आएका ति प्रहरीहरुले११ नबज्दै ग्राहक र व्यवसायीलाई समेत दुरव्यावहार गर्ने गरेको दोहोरी व्यवसायी दिपसागर थापाले बताए ।दोहोरी साँझमा आउने ग्रहक पनि प्रहरीको व्यवहारका कारण त्रसित छन् । ग्राहकहरु भन्छन्– रमाइलो गर्न आएको ब्यक्ति प्रहरीको खोरमा पुगिने हो की भन्ने त्रास बढेपछि कसरी रमाउन सकिन्छ ?राज्यले तोकेको सबै मापदण्ड पुरा गरेरै कहिलेकाही साथीभाइ,परिवार सहित रमाउन खोज्नेहरु सरकारी नीतिका कारण त्रसित हुनुपरेको दोहोरी रेष्टुराँमा भेटिएका ग्राहक बिष्णु कुनी र धनबहादुर तामाङले बताए ।
मुख्यतः रातको १० बजेपछि सुरु हुने रात्रीकालीन व्यवसायलाई सरकारले पूर्णरुपमा रोक लगाउँदा यसका सञ्चालक, घरधनी, कर्मचारी आदि सबै मारमा परेको भन्दै उनीहरुले केही महिना अघिदेखि नै विभिन्न चरणबद्ध संघर्षका कार्यक्रमहरु समेत गरेका थिए ।अहिले स्थानीय प्रशासनले राती ११ बजेसम्म खोल्नलाई सहजिकरण गरेको भएपनि रात्रीकालीन व्यवसाय ९ बजे पछि मात्रै सुरु हुने भएकाले अब पूर्णरुपमा खोल्न पाउनुपर्ने उनीहरुको माग छ । यदि व्यवसाय खोल्दा सरकारले धरपकड गरेमा थप ठुलो संघर्ष गर्नुपर्ने अवस्था पनि आउन सक्ने दोहोरी व्यवसायी भिम श्रेष्ठको चेतावनी छ ।यसअघि रात्रीकालिन व्यवसाय सञ्चालन गर्न पाउनुपर्ने माग गर्दै सभ्य आन्दोलन गरे । हातमा ब्यानर लिएर ‘रोगभन्दा भोक ठूलो’, ‘सरकार व्यवसाय खोलौं कि आत्महत्या गरौं’ भन्ने ब्यानरसहित सडकमा उत्रिएका थिए ।त्यतिबेला नै उनीहरुले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापनपत्र पनि बुझाए । तर पनि राज्यले अझै विभेदपुर्ण व्यावहार गरेको प्रहरी प्रशासनले आफुहरुलाई लखेट्ने खोजेको उनीहरुको दुखेसो छ ।https://www.youtube.com/watch?v=dIPcU2ViFo8