काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा सरकारको वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश, नयाँ नक्शा प्रकाशन मूख्य उपलब्धी, सिरहामा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन, सम्झौता अनुसार उखु किसानले भुक्तानी पाएनन्, उद्योगीले झिके नयाँ बाहना, प्रदेश १ का मुख्यमन्त्री राईसहित ८ मन्त्रीसँग स्पष्टिकरण माग, राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिका अध्यक्ष शर्माद्वारा सपथ र ‘प्रधानमन्त्रीले डराएर संसद विघटन गर्नुभयो, बैशाखमा निर्वाचन हुँदैन’ लगायत शीर्षकका समाचार तथा विचाहरुले मुख्य स्थान पाए ।शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा राष्ट्रपति उल्टाउने ट्रम्पको असफल प्रयास संसद भवनमा हिंसात्मक आक्रमण चार जनाको मृत्यु, सरकारको एकवर्षे कार्यप्रगति राष्ट्रपतिसमक्ष सडक कालोपत्रेदेखि विद्युत पहुँचमा सुधारसम्म, गल्छी-मैलुङ सडकमा ६५ प्रतिशत बढी प्रगति, बल्ल गौतमकाे मुख खुल्यो' दुबै अध्यक्षको कदम र काम सही छैन मिलाउन लागौ' लगायत शीर्षकका समाचारहरुले प्राथमिकता पाएका छन् ।नयाँ पत्रिका दैनिक ‘ चार अर्ब २७ करोडमा पिच गरिएको अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग ६ महिनामै चर्कियो ’ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा करिब ५० वर्ष पुरानो धावनमार्ग पटक-पटक भत्कने गरेकोले आकाशमा जहाज होल्ड गरेर हतारहतार पिच गर्नुपर्ने अवस्था थियो । पटक-पटक समस्या आएपछि गरिएको नयाँ पिच पनि एक वर्ष नपुग्दै भत्कन थालेको समाचारमा उल्लेख छ ।समाचाअनुसार ५० वर्ष पुरानो तीन किलोमिटर लामो धावनमार्गको कालोपत्रे परिवर्तनको ठेक्का चिनियाँ सरकारी कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले पाएको थियो । यसका लागि सरकारको बजेट होइन, यात्रुबाट उठाइएको विमानस्थल विकास पूर्वाधार करको चार अर्ब २७ करोड रुपैयाँ खर्च भएको थियो । सो शीर्षकमा नेपाल आउने र जाने प्रत्येक यात्रुसँग एक हजार रुपैयाँ हवाई टिकटमै जोड्ने गरिन्छ । १८ चैत ०७५ बाट धावनमार्गको कालोपत्रे परिवर्तन सुरु गरेको कम्पनीले पुस ०७६ मा काम सकेर सरकारलाई हस्तान्तरण गरेको थियो । तर, धावनमार्गको दक्षिणतिरको साइटमा दर्जनभन्दा बढी ठाउँ फुटेको छ, कति ठाउँमा पानी पनि रसाउन थालेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले सहकारी बोर्ड मन्त्रीका नातेदार र कार्यकर्ता भर्तीकेन्द्र : ५८ कर्मचारीको दरबन्दी रहेको बोर्डमा नियमविपरीत ३२ जना करारमा नियुक्त शीर्षकको अर्को समाचारलाई पनि मुख्य पृष्ठमै छापेको छ । समाचारमा नियमित पदपूर्ति प्रक्रिया रोकेर बोर्डमा गैरकानुनी रूपमा कर्मचारी भर्ना गरिएको सम्बन्धमा राष्ट्रिय सतर्कता केन्द्रले छानबिन थालेकाे उल्लेख छ ।समाचारअनुसार अर्थ मन्त्रालयले बनाएको कार्यसञ्चालन निर्देशिका ०७५ अनुसार प्राविधिक, चालक र कार्यालय सहयोगीबाहेकका पदमा करारमा नियुक्त गर्न पाइँदैन । तर, बोर्डमा १९ जना अधिकृत र सहायक अधिकृतस्तरका कर्मचारी करारमा नियुक्त गरिएका छन् । ५८ जनाको दरबन्दी रहेको बोर्डमा ३२ जना करारका छन् । तीमध्ये १३ जना चालक, कार्यालय सहयोगी, स्विपर, माली, सुरक्षागार्ड र इलेक्ट्रिसियन रहेको समाचारमा उल्लेख छ ।आजको कान्तिपुर दैनिक ले 'ओली ट्रस्टको जग्गा अवैधानिक' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा आफ्नो नामको ट्रस्टका लागि ओलीले बाबुबाजेको बेचेको घरजग्गासहित गाँउ नै खरिद गरेर ट्रस्टको नाममा राखेकाे तर त्यसरी ट्रस्टमातहत ल्याइएको सीमाभन्दा बढी रहेको उल्लेख छ ।समाचारअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको ट्रस्टले अवैधानिक तरिकाले जमिन आफ्नो नाममा राखेको पाइएको छ । ‘केपी शर्मा ओली ट्रस्ट’ को नाममा तेह्रथुमको आठराईमा भएको १ सय १० रोपनीमध्ये ४० रोपनी जग्गा कानुनले तोकेको सीमाभन्दा धेरै भएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'राजमार्गमा बाघको रमिता' शीर्षकको समाचारलाई महत्वका साथ छापेको छ । समाचारमा निकुञ्जभित्रैबाट सडक भएकाले मान्छेलाई वन्यजन्तुको डर छ, वन्यजन्तुलाई सवारी ठक्करको जोखिम समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले ‘अप्ठ्यारो’ मा प्रधानन्यायाधीश, आन्तरिक अेरफेर अभिलेखीकरण गर्न सकिन्न, काठमाडौंमा कोरोनाको जोखिम उस्तै र आधिकारिकता पर्खदै नेकपा कार्यकर्ता लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले 'सामुदायिक रेल सञ्चालनको तयारी' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा ट्राम पर्यटकीय रेल भएकाले मानव बस्तीलाई कुनै अवरोध नहुने र सडकमा समस्स्या हुँदा ब्रेक लगाएर पनि यो रेल रोक्न सकिने समाचारमा उल्लेख छ ।समाचारअनुसार स्थानीयवासीको लगानीमा रुपन्देहीको तिलोत्तमामा रेल सञ्चालन गर्ने तयारी थालिएको छ । उक्त रेल्वे परियोजनाको प्रारम्भिक सर्वेक्षण सम्पन्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने काम शुरु भएको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले भौतिक पूर्वाधार निर्माण तीव्र, नेकपाका दुवै पक्षसँग प्रतिवेदन माग र प्रदुषणको जोखिम कायमै लगायत शीर्षकका समाचार तथा विचारहरू महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस २४, २०७७ १३:३०