–ठाकुर बेलवासे
तिमीलाई गहिरो गरी पढनमैले एउटा सिंगो रात मागेको छुम कल्पना गर्न सक्छु –तिम्रा खुट्टादेखि शिरसम्मपत्रपत्र पल्टाउँदैएउटा अनन्त आनन्दको रहस्य पढ्दै गर्दाजून सर्वाङ्ग हुनेछ र,पोखिने छ, आकाशमा
हो त्यही एक रात –म सिंगो जीवनको तिर्खा मेट्न चाहन्छुत्यसपछि मैलेकुनै चरम सुखको तिर्खा पाल्नु नपरोस्
तिमीमा भरिएरउथलपुथल बन्दै गएकोयौवनको तालमा
म डुबुल्की मार्न चाहन्छुयसपछिजीवनमा कहिल्यै गर्मी नचढोस्
तिमी तारेभीरजस्तोकति कठिन छ्यौत्यही रात मतिमीमा आरोहण गर्न चाहन्छुयसपछिचढ्नुपर्ने सबै चाहनाहरुसदाका लागि समाप्त पार्न चाहन्छुअनि एउटा सफल आरोही बनेरजीवनभर सन्तुष्ट रहन चाहन्छु
हो त्यही एक राततिमीमा फुलेको गुलाफको सुगन्धलेम जीवनभर सुगन्धित हुन चाहन्छुसुगन्धको अर्को कुनै राग खोज्नु नपरोस्
तिमीलाई गहिरो अध्ययनका लागिमैले एउटा सिंगो रात मागेको छुहो त्यही रात –ममा उम्लिएको काउकुती पोख्नेछुअनि जीवनभर हलुका हुनेछु
जिन्दगीमाडुबुल्की मार्नुपर्ने तालहरुचढ्नु पर्ने आकाङ्क्षाहरुपोख्नुपर्ने रहरहरुअनि नाङ्गिएर सप्तरंगी बन्ने कल्पनाहरुसबैसबै समाप्त पारेरएउटा गम्भीर तृष्णा मेटाउन चाहन्छु
तिमीअध्ययनको कहिल्यै अन्त्य नहुनेविश्वविद्यालय जस्तोजीवनभरको तिमीमाथिको अध्ययनएकै रातमा समाप्त पार्नेदुस्साहस गर्दैछु
तिमीलाई गहिरो अध्ययन गर्नएउटा अँध्यारोको अनुष्ठान गरेर बसेको छुहो त्यही अध्यारोमाम पनि पत्रपत्र खोलिने छुतिम्रासामु
हो त्यही राततिमीले सदाका लागिमलाई उन्मुक्त पार्नुपर्नेछजिन्दगीका वासनाहरुबाट ।