काठमाडौं । शनिबार जनतासमाचार डट्कम मा संसदको निर्वाचन हुँदा देश संकटमा पर्ने हल्ला मात्र: प्रधानमन्त्री, प्रधानमन्त्री ओलीको कदम जनताको विश्वासमाथि कुठाराघात: ठाकुर, प्रधानमन्त्रीको स्वेच्छारी कदम अन्त्यको माग गर्दै डा. केसी सडकमा, नेकपा एकता राष्ट्रिय अभियानमा संगठित हुन उपाध्यक्ष गौतमको अपिल, गीतकार संघ नेपालको पाँचौं अधिवेशन, अध्यक्षमा मुकारुङ निर्वाचित (फोटोफिचर) र इन्डोनेशियाको यात्रुवाहक विमान उडेको १ मिनेटमै बेपत्ता लगायत शीर्षकका समाचार तथा विचारहरुले मुख्य स्थान पाए ।आइतबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिकामा सर्वोच्चलाई प्रभावमा पार्ने प्रयासले न्यायसम्पादनमा अवरोध, प्रधानमन्त्रीको चेतावनी: अदालतलाई धम्काउने कार्य अस्वीकार्य र संसद् पुनर्स्थापना नभए कांग्रेस चुनावमा जान्छ: देउवा लगायत शीर्षकका समाचारहरुले प्राथमिकता पाएका छन् ।आजको नयाँ पत्रिका दैनिक '६० लाख नागरिकका लागि भारतसँग खोप किन्न पहल' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा अग्रपंक्तिमा खटिएका नौ लाखका लागि भारतबाट अनुदानमा खोप आउने सरकारको विश्वास रहेको उल्लेख छ ।समाचारअनुसार कोभ्याक्सबाट प्राप्त हुने खोप आउनुभन्दा पहिला नै सरकारले २० प्रतिशत अर्थात् ६० लाख नागरिकलाई पुग्ने गरी कोरोनाविरुद्धको खोप किन्ने तयारी गरेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'विकासशील मुलुकमा स्तरोन्नति हुँदै नेपाल' शीर्षकको समाचारलाई पनि महत्वका साथ छापेको छ । समाचारमा संयुक्त राष्ट्रसंघीय विकास नीति समितिको बैठकमा नेपालद्वारा आफू तयार रहेको प्रस्ताव पेस, सन् २०२४ बाट स्तरोन्नति हुने निर्णयको सम्भावना रहेको उल्लेख छ ।समाचारअनुसार अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुन आय, आर्थिक जोखिम र मानव सम्पत्तिसँग सम्बन्धित तीनवटा सूचक तय गरिएका छन् । तीनमध्ये दुईवटा सूचकमा उत्तीर्ण हुँदा स्तरोन्नति हुने बाटो खुल्छ । आर्थिक जोखिम र मानव सम्पत्ति सूचकमा तोकिएको थ्रेसहोल्ड (न्यूनतम बिन्दु) का आधारमा नेपाल ५ वर्षअघि अर्थात् सन् २०१५ मा नै अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नतिका लागि योग्य भएको थियो । तर, प्रतिव्यक्ति आम्दानीसम्बन्धी सूचकमा भने नेपाल अहिले पनि योग्य भएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले सरकार कोभ्याक्सबाट आउने भ्याक्सिन कुरेर बस्ने अवस्थामा छैन, पूर्वप्रधानन्यायाधीशहरूलाई प्रधानमन्त्रीको चेतावनी ‘सर्वोच्च अदालतलाई अलमल्याउने, धम्क्याउने काम नगर्नुस्’ र चुनाव नगरे ओलीलाई नेपालमै बस्न नदिने अवस्था पनि आउन सक्छ स् देउवा, लगायत शीर्षकका समाचार तथा विचाहरुलाई महत्वका साथ छापेको छ।कान्तिपुर दैनिक ले भने 'फेरि एक होला नेकपा ?' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा गौतमले घोषणा गरे एकता राष्ट्रिय अभियान उल्लेख छ ।समाचारअनुसार पुस ७ गते दाहाल–नेपाल समूहको नेकपाले पार्टीको १ नम्बर वरीयताका अध्यक्ष केपी शर्मा ओलीलाई हटाएर केन्द्रीय सदस्यमा सीमित बनायो । माधवकुमार नेपाललाई अध्यक्ष बनायो । पुस ९ गते ओली समूहको नेकपाले पुष्पकमल दाहाललाई अध्यक्षको कार्यकारी जिम्मेवारीबाट मात्र हटायो, अध्यक्ष पदमा यथावत् राख्यो । पुस १४ गते आफ्नो समूहको शक्ति प्रदर्शनमा नेपालले भृकुटीमण्डपबाट भने, ‘हामीले केपी ओलीलाई अध्यक्षबाट मात्र हटाएको हो, सच्चिएर आउँछन् भने पार्टीले अझै स्वागत गर्न तयार छ ।’ समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले आफू 'धम्क्याउने'अरुलाई बोल्नै नदिने ?, अपार्टमेन्टमा दम्पती मृत फेला 'पारिवारिक बेमेल' पछि हत्याको आशंका, ६२ जना सवार इन्डोनेसियाली विमान बेपत्ता, समुद्रमा खसेको आशंका र बिनास्वीकृति सरकारी जग्गामा निर्माणाधीन महिला फुटबल एकेडेमीको ठेक्का पनि बिनाप्रतिस्पर्धा लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले 'हाइड्रोजन इन्धनको अध्ययन गरिँदै' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको उल्लेख छ ।समाचारअनुसार पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महत्वपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन, खपत र निर्यात गर्ने सोचसहित यो क्षेत्रमा अग्रसर भएको हो । निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौड्यालले ऊर्जा क्षेत्रको भविष्य अनुमान गरेरै तत्काल काम थाल्न निगम अग्रसर भएको जानकारी दिनुभयो । पौडेलका अनुसार निगम अब हाइड्रोजन उत्पादनका लागि नीतिगत कानुनी समस्या के छन्, त्यो सल्टाउने र यो क्षेत्रमा लगानीको वातावरण बनाउन लागि पर्नेछ । निगमको आकलनमा आगामी पाँच वर्षभित्र नेपालमा हाइड्रोजन इन्जिनजडित सवारी साधन भित्रिइसकेका हुनेछन् र त्यसमा हाइड्रोजन इन्धन आपूर्ति गर्न निगम तयार हुने समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'ल्याब टेक्निसियनले भोगेका चुनौती' शीर्षकको समाचार पनि मुख्य पृष्ठमै छापेको छ । समाचारमा टेकुस्थित राष्ट्रिय प्रयोगशालामा कार्यरत कविता अधिकारीलाई आफैँले काम गरेको संस्था र कामका बारेमा समाज र आफन्तलाई भन्नसमेत डर थियो । त्यो अवस्था कवितालाई मात्र होइन, कोरोना परीक्षण ल्याबमा काम गर्ने सबैजसो जनशक्तिलाई रहेको समाचारमा उल्लेख छ ।त्यस्तै पत्रिकाले निर्वाचन नै संकटको समाधान : प्रधानमन्त्री,पूर्वन्यायाधिशको वक्तव्य आपत्तिजनक, ठूलो अदालत जनता र इन्डोनेसियामा विमान बेपत्ता लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको नागरिक दैनिक ले 'विकासदेखि विपद्का नाममा अनियमितता' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा सात दिनको त्रिपालको भाडा ६ लाख ७० हजार ! दुईजनाको चियानास्ता खर्च १ लाख २९ हजार ! सुन्दा अपत्यारिलो लाग्न सक्छ । तर याे सप्तरीको छिन्नमस्ता गाउँपालिकाले कोरोना संक्रमण नियन्त्रणमा देखाएको खर्च विवरण रहेको उल्लेख छ ।त्यसैगरी पत्रिकाले 'संविधान विघटनको अधिकार दिएकै छैन, ' विघटनविरुद्ध आक्रामक चुनावप्रति सकारात्मक र अदालतलाई नधम्क्याउन ओलीको चेतावनी लगायत शीर्षकका समाचार र विचारहरु महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: आइतबार, पुस २६, २०७७ १३:२३