काठमाडौं । आइतबार जनतासमाचार डट्कम मा चार पूर्वप्रधानन्यायधीसहरुको सहास र इमान सम्मानयोग्य: भट्टराई, अनेरास्ववियूद्वारा ओलीको प्रतिगमनविरुद्ध बयलगाढा प्रदर्शन, राष्ट्रियसभाका २३ सांसदद्वारा प्रधानमन्त्री ओलीको सम्बोधन बहिस्कार, प्रधानमन्त्रीले रोष्टममै थुकेपछि सामाजिक सञ्जालमा चर्को आलेचना, नेपाली सेनाका नौ सैनिक कारबाहीमा, माघ १ र २ गते सार्वजनिक बिदा र पर्यटन प्रवर्द्धनका लागि विकास समिति गठन गरिने लगायतका समाचार तथा विचारहरु मुख्य स्थान पाए ।सोमबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ प्रकाशन गरेका छन् । पत्रिका हरिसिद्धिमा अबौं मूल्यको सरकारी जग्गा कब्जा गर्नेविरुद्ध मुद्धा, किन हुँदैछ कोरोना विरुद्धको खोप आउन ढिलाई ? र मिचिएको भुभाग फिर्ता ल्याउँछौं: प्रधानमन्त्री लगायत शीर्षकका समाचारहरुले प्राथमिकता पाएका छन् ।नयाँ पत्रिका दैनिक ले 'प्रधानमन्त्रीको व्यंग्य– अहिले विज्ञप्ति जारी गर्ने कस्ता न्यायाधीश हुन् ! , तथ्य : राजाको प्रत्यक्ष शासनकालमै शाही आयोग खारेज गरिदिने न्यायाधीश यिनै हुन्' शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा सडकमा परिवर्तनकारी जनता र न्यायालयमा निर्भीक न्यायाधीशहरू भएकोले शाही शासन ढलेको हो, फलस्वरूप जनताका छोराछोरी राष्ट्रप्रमुख र सरकारप्रमुख बन्न पाएका उल्लेख छ ।समाचारअनुसार जननिर्वाचित प्रतिनिधिसभा विघटन असंवैधानिक हो भन्ने पूर्वप्रधानन्यायाधीशहरूलाई व्यंग्य गर्दै प्रधानमन्त्री केपी ओलीले आइतबार राष्ट्रिय सभामा भन्नुभयो , ‘यिनीहरू अदालतमा हुँदा कस्तो न्याय दिए होलान् ?’ धेरै पुरानो होइन, प्रधानमन्त्रीले निकट इतिहास मात्रै सम्झिएको भए यी न्यायाधीशप्रति व्यंग्य होइन, सादर अभिनन्दन गर्थे । किनकि यी यस्ता न्यायाधीश हुन् जसले सर्वोच्च अदालतमा हुँदा राजाकै प्रत्यक्ष शासनकालमा गठन भएको शाही आयोगसमेत खारेज गरिदिएकाे समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'चुनाव घोषणाले प्रहरी समायोजन अन्योलमा' शीर्षकको समाचारलाई पनि महत्वका साथ छापेको छ । समाचारमा सरकारले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि प्रहरीको समायोजन प्रक्रिया अन्योलमा परेको छ । गृह मन्त्रालयले समायोजन प्रक्रिया तत्काल अघि नबढाउने समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले विपन्न विद्यार्थी छात्रवृत्ति: केन्द्रबाट बजेट जान्छ, विद्यालयमा पुग्दैन, प्रदेश २ मा ४८ करोडको छात्रवृत्ति कार्यक्रम अन्योलमा, चार बैठक, सात घन्टा पाँच मिनेट छलफल गरेर राष्ट्रिय सभा अधिवेशन अन्त्य र गन्जागोल राजनीति र बासी न्याय लगायत शीर्षकका समाचार तथा विचारहरुलाई महत्वका साथ छापेको छ।कान्तिपुर दैनिक ले भने '१८ सय जनाको खोप ट्रायल गरिँदै' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा क्लोभर बायोफार्मस्युछिकल्को ट्रायल कोभाक्सअन्तर्गत, भ्याक्जाइनको ट्रायल कम्पनीकै तत्परता उल्लेख छ ।समाचारअनुसार अस्ट्रेलियन कम्पनीहरु क्लोभर बायोफर्मास्युटिकम र भ्याक्जाइन पीवीवाई लिमिटेडले उत्पादन गरेको कोभिड खोपको नेपालमा तेस्रो चरणको ट्रायल गर्ने तयारी थालिएको छ । चिनियाँ सिचुवान क्लोभार बायोफर्मास्युटिकल्स भगिनी कम्पनी क्लोभर बायोफर्मास्युटिकल्स अस्ट्रलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले 'एथिकल अप्रुभल' (नैतिक स्वीकृति) दिइसकेका समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'मूल्यवृद्धि चुलियो, नियमन छैन' शीर्षकको अर्को समाचार पनि मुख्य पृष्ठमा छापेको छ । समाचारमा राजनीतिक अस्थिरतासँगै बजारभाउमा चलखेल बढ्दो छ । मूल्य बढ्नुको खास कारण नभए पनि व्यवसायीले आफूखुसी मूल्य तोक्ने गरेका समाचारमा उल्लेख छ ।समाचारअनुसार दसैंअघि भटमासको तेलको मूल्य प्रतिलिटर १ सय ५० देखि १ सय ५५ रुपैयाँ थियो । लगत्तै मूल्य बढेर १ सय ६३ रुपैयाँ पुग्यो । त्यसपछि क्रमशः बढ्दै अहिले प्रतिलिटर १ सय ९५ देखि २ सय रुपैयाँसम्म पुगेको छ । तेल मिलहरूले माघमा प्रतिलिटर एमआरपी मूल्य २ सय ४० देखि ६० रुपैयाँसम्म बनाउने तयारी गरिरहेका छन् । सनफ्लावर तेलको मूल्य पनि सोही दरमा अकासिएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले केपी बा ! , राष्ट्रियसभा अधिवेशन १० दिनमै अन्त्य, भारतसँग वार्तामा नेपालका १२ एजेण्डा र संसद् पुनस्स्थापना कि निर्वाचन भन्नेमा देउवा र पौडेलको जुहारी लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले 'प्रविधिको प्रयोगले सेवा प्रभावकारी' शीर्षकको समााचारलाई मुख्य पृष्ठमा छापको छ । समाचारमा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि बहाल भएको तीन वर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले सूचना प्रविधिको प्रयोग विस्तारमा प्रभावकारी फड्को मारेको उल्लेख छ ।समाचारअनुसार स्थानीय तह सूचना प्रविधिमैत्री बन्दै गएका छन् । इन्टरनेटको पहुँच विस्तार हुँदै गएपछि सूचना प्रविधिमैत्री बन्दै गएको स्थानीय तहमा सेवा प्रवाहलगायत शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, स्थानीय विकास लगायतका क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनमा सहयोग पुगेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले कोभ्याक्स मात्र कुरेका छैनौं, भारत र चीनसँग पटकपटक कुरा भएको छ, चुनावमा जानु अस्थिरता होइन, निर्वाचनमा जान कांग्रेसको तयारी र सत्र जना विरुद्ध भ्रष्टाचार मुद्धा लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको कारोबार दैनिकले 'कृषिमा विदेशी लगानीले निजी क्षेत्र विभाजित' शीर्षकको समाचारलाई मुख्ष् पृष्ठमा छापेको छ । समाचारमा कृषिमा विदेशी लगानी खुल्ला गर्ने सरकारी निर्णय सार्वजनिक भएसम्गै निजी क्षेत्रभित्र मतभेद देखिएको उल्लेख छ ।समाचाअनुसार निजी क्षेत्र विभाजनको असर छाता संगठन नेपाल उद्योग वाणिज्यमहासंघसम्म परेको समाचारमा छापिएकाे छ ।त्यसैगरी पत्रिकाले महानगरको बजेट खर्च निराशाजनक, सेयर बजारमा निरन्तर नयाँ रेकर्ड, सेयरधनीलाई २० प्रतिशत लाभासं र प्रदुषण नीति बन्छ, कार्यान्वयन हुँदैन लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ।
प्रकाशित मिति: सोमबार, पुस २७, २०७७ १२:५५