काठमाडौं । साेमबार जनतासमाचार डट्कम मा संसद विघटनविरुद्ध मोर्चाबन्दी बढ्दै, एक्लिँदै ओली ‘गुट’, भारतको विवादास्पद जी टेलिभिजनमा प्रधानमन्त्री ओलीको ‘खास अन्तर्वार्ता’, बस्नेतले ओली समूहको केन्द्रीय सदस्य किन अस्वीकार गरे ?, प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरुको हस्ताक्षर अभियान, र ‘कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ’ लगायत शीर्षकका समाचार तथा विचारहरुले मुख्य स्थान पाए ।मंगलबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेको छ । पत्रिकाले विद्युत् आपूर्तिमा बदमासी भेटिए कडा कारबाहीको चेतावनी, खोप फागुनसम्म आउने संकेत, परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण: सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा र प्रहरीलाई छक्याउदै सैन्य शैलीमा पृथ्वीनारायण साहको सालिकमा सलामी लगायत शीर्षकका समाचारहरु प्राथमिकताका साथ छापेको छ ।नयाँ पत्रिका दैनिक ले ‘दुई दलित विद्यार्थी एमबिबिएसको परीक्षाहलबाट निकालिए’ शीर्षकको समाचार महत्वका साथ छापेको छ । समाचारमा कलेजले नियमविपरीत उठाइरहेको शुल्क नतिरेको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले दुई दलित विद्यार्थीलाई एमबिबिएस चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गरेको उल्लेख छ ।समाचारअनुसार सोमबारदेखि सुरु भएको परीक्षा दिन गएका रामजी राम र पंकज रामलाई कलेजले परीक्षाहलबाट निकालेको हो । चिकित्सा शिक्षा आयोगले परीक्षामा सामेल गराउन लिखित र मौखिक पहल गर्दासमेत कलेजले उनीहरूलाई परीक्षाबाट वञ्चित गरेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले ‘नेपाल ट्रस्टको सम्पत्ति लथालिंग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज’ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा दरबारमार्गमा सम्झौताभन्दा बढी तला थपेर भाडामा लगाउँदै यती समूह, काठमाडौं प्लाजा विनाभाडा व्यापारीको कब्जामा सात महिनामा चार करोड गुमेको उल्लेख छ ।समाचारअनुसार राजा वीरेन्द्र र उनको परिवारको नाममा रहेको सम्पत्ति संरक्षण र सदुपयोग गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित ०६४ मा नेपाल ट्रस्टको स्थापना गरिएको थियो । तर, १४ वर्ष पुग्दा पनि शिक्षा र स्वास्थ्यमा ट्रस्टको कुनै सम्पत्ति सदुपयोग हुन सकेको छैन । यससम्बन्धी कुनै कार्ययोजना नै बनाइएको छैन । बरु, सरकारले व्यापारीको स्वार्थपूर्ति गर्ने गरी सम्पत्तिको दुरुपयोग गरिरहेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले उपनिवेशको जमाना गयो, समानताका आधारमा सम्बन्धः प्रधानमन्त्री ओली, ‘संविधान नाघेर अदालतले फैसला गर्न सक्दैन’, ट्रम्पवादको पतन र नुवाकोटमा माघे संक्रान्तिको दिन ३१ हल गोरु जुधाइने लगायत शीर्षकका समाचार तथा विचारहरु छापेको छ ।कान्तिपुर दैनिक ले मैदानमा मन्त्रीहरू, सिंहदरबार सुनसान शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा प्रधानमन्त्री ओलीले चैतदेखि सिंहदरबार टेकेका छैनन् । आइतबार मन्त्रिपरिषद् बैठकमा १२ जना मन्त्री मात्र सहभागी थिए । सोमबार १४ जनाको कार्यकक्ष खाली थियो । तीनमध्ये दुई राज्यमन्त्री पनि आफ्नो च्याम्बरमा नभेटिएको समाचारमा उल्लेख छ ।समाचारअनुसार हिजोआज झ्यापझ्याप बत्ती निभिरहन्छ । छिनको छिनमै बिजुली गएर नागरिकलाई हैरान पारे पनि सरकारले यसलाई ‘लोडसेडिङ’ नाम दिइसकेको छैन । बेला न कुबेला बिजुली जानुको खास कारण के हो त भनेर प्रधानमन्त्री कार्यालयले सोमबार सरोकारवालासँग छलफल चलायो, समस्याको समाधान खोज्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले स्वास्थ्यमन्त्री भन्छन् ‘कोरोना खोप सबैलाई निःशुल्क’, अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग प्रस्ताव पेस, पुनर्कर्जाका लागि फेरि आवेदन आह्वान र कोरोना खोप कार्यक्रमका लागि १६ हजार केन्द्रः स्वास्थ्य मन्त्री लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले ‘दक्षिणी वायुले न्यानो महसुस’ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा पश्चिमी वायु आइरहेको छ तर त्यसमा जलवाष्प कम रहेकाले पानी वर्न सकेको छैन, त्यसले न्यानो बढाउन सघाएको उल्लेख छ ।समाचारअनुसार नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा. मदनलाल श्रेष्ठका अनुसार ‘मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको’ समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले ‘कालोपत्रेसँगै व्यापक उत्साह’ शीर्षकको अर्को समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा राष्ट्रिय गौरवको सडक आयोजना मध्यपहाडी लोकमार्ग (पुष्पलाल) बागलुङ खण्डको ९२ किलोमिटर सडक कालोपत्रे भइसकेको उल्लेख छ ।समाचारअनुसार मध्यपहाडी लोकमार्गको सबैभन्दा लामो भाग १३७ किलोमिटर बागलुङ जिल्लामा पर्छ । यसले बागलुङका १० स्थानीय तहमध्ये सातवटालाई छुने र ठूलो जनसङ्ख्यालाई सुविधा पुग्ने भएकाले स्थानीयमा खुसी छाएको छ । साथै यो राजमार्गलाई जिल्लाकै महìवपूर्ण पूर्वाधार विकास आयोजना र समृद्धिको आधार मानिएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले ‘जनतामा निराशा हटाउन ताजा जनादेश’, विद्युत कटौतीबारे प्रधानमन्त्री कार्यालयको चासो, व्यवस्थित बनाउन निर्देशन र पाँच हजार ३०९ परीक्षणमा ४८८ मा सङ्क्रमणको पुष्टि लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको नागरिक दैनिक ले ‘निर्वाचन तयारी रोक्न आयोगद्वारा अश्विकार’ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल( माधवकुमार नेपाल समूहले निर्वाचन तयारी रोक्न गरेको प्रस्तावलाई निर्वाचन आयोगले अस्विकार गरेको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले कोरोना ‘सेकेन्ड वेभ’ प्रति सतर्क रहन निर्देशन, ओलीको बोली र व्यवहार फरकफरक, अलमलमा देउवा, दाहाल( नेपाल समूह एकता मापदण्ड तयार र पृथ्वी जयन्तीमा लाठी लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७ १३:१५