काठमाडौं । मंगलबार जनतासमाचार डट्कम मा संसद विघटनबारे ओलीले २०७३ मा के भनेका थिए ?, पार्टीको नाम र सूर्य चिन्ह आफ्नै पक्षमा हुने दाहाल–नेपाल पक्षको विश्वास, यी हुन् आधार, अछाममा पूर्वमन्त्री कर्ण थापाको गाडी तोडफोड, कोरियाली वर्कर्स पार्टीको महासचिवमा किम जोङ उन निर्वाचित र कक्षा ११ र १२ मा नयाँ पाठ्यक्रम लागू गर्न अदालतको आदेश लगायत शीर्षका समाचार तथा विचारहरुले मुख्य स्थान पाए ।बुधबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेको छ । पत्रिकाले उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ, कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो, अदालतलाई धम्काउनु लोकतन्त्र विरोधी कार्य : देउवा, सवारी साधनदेखि बन्दोबस्तीका सामाग्री माग र सिपिङ कम्पनीलाई नियमनको दायरामा ल्याउने सरकारी योजना विफल लगायत शीर्षकका समाचारहरु प्राथमिकताका साथ छापेको छ ।नयाँ पत्रिका दैनिक ले 'गौरिका र मन्देकाजी वर्ष उत्कृष्ट खेलाडी' शीर्षकको समाचारलाई महत्वका साथ छापेको छ । समाचारमा पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष उत्कृष्ट खेलाडी बनेका उल्लेख छ ।समाचारअनुसार गौरिकाले महिला तथा मन्देकाजीले पुरुषतर्फ पल्सर वर्षका उत्कृष्ट अवार्ड जित्न सफल भएका हुन् । ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको स्पोर्टस् अवार्ड कार्यक्रममा गौरिकाले आफ्नो विधामा अवार्ड जित्दा तेक्वान्दोकी आयशा शाक्य, करातेकी अनु अधिकारी, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पारेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान: ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’ शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा दुर्भाग्य ! कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जी न्युजको टिमलाई देशका प्रधानमन्त्रीले सरकारी निवासमा न्यानो स्वागत गरे । ‘रअ’ प्रमुख सामन्त गोयल नेपाल आउँदा सहजकर्ताको भूमिका खेल्ने समूहले नै जी न्युजको टोलीलाई बालुवाटारदेखि सगरमाथा क्षेत्र पुर्याएको समाचारमा उल्लेख छ ।समाचारअनुसार भारतीय संस्थापनको संरक्षणमा नेपाली राष्ट्रियतालाई निरन्तर प्रहार गर्ने भारतीय न्युज च्यानल जी न्युजको टोलीले नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामाथि दाबी प्रस्तुत गर्ने मात्र होइन, सर्वोच्च शिखर सगरमाथामाथि पनि भारतीय दाबी प्रस्तुत गरेको समाचारमा छापिएको छ ।त्यस्तै पत्रिकाले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ: बृहत पूर्ण इजलासमा जाला मुद्दा ?, संसद् पुनर्स्थापना कि संविधानको पुनर्लेखन ?, सूर्य चिह्न हाम्रो हो, कर्के नजर नलगाए हुन्छ: नेपाल र प्रदेश १ र बागमतीमा नेकपाका दुई समूह सरकार जोगाउने र हटाउने खेलमा सक्रिय लगायत शीर्षका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको कान्तिपुर दैनिक ले लयमा फकिँदै उद्योगधन्दा शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा ५४ प्रतिशत पूर्ण सञ्चालन, ३७ प्रतिशत आंशिक चल्दै उल्लेख छ ।समाचारअनुसार कोरोनाका कारण अस्तव्यस्त बनेको उद्योग व्यवसाय लगमा फर्किन थालेको छ । कोरोनापूर्वको तुलनामा गत असारमा ४ प्रतिशत उद्योग व्यवसाय मात्र पूर्ण रुपमा सञ्चालनमा थिए । मंसीरमा बढेर करिब ५३.९५ प्रतिशत पुगेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'चिसोमा जीउ जोगाउन गाह्रो' शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा दिनहुँ बाक्लो कुहिरो र शीत, २०० भरिया कामविहीन भएका छन् भने गाडीको चाप र बजारमा भीड घटेको समाचारमा उल्लेख छ ।पत्रिकाले कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू हुने, चुनावको अर्को चुनौती - नेकपा विवाद, नेकपा दाहाल - नेपाल समूहको नजर गण्डकी प्रदेशमा र जनता समाजवादी पार्टीमा पनि दुई धार लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले 'नेपालको आफ्नै स्याटेलाइट: परामर्शका लागि नौ कम्पनीको आवेदन' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारअनुसार अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न आवश्यक प्रक्रियागत परामर्शका लागि विभिन्न देशका नौ कम्पनी इच्छुक देखिएका छन् । स्याटेलाइट सञ्चालनका लागि आवश्यक कानुनी, आर्थिक र सञ्चालन ‘मोडालिटी’ मा समेत परामर्श उपलब्ध गराउने गरी नेपाल दूरसञ्चार प्राधिकरणले गरेको आह्वानमा ती कम्पनीको आवेदन परेको समाचारमा उल्लेख छ।समाचारमा आवेदन दिनेमा चीन, फ्रान्स, बेलायत, भारत, दुबई, सिङ्गापुर, जर्मनीका विभिन्न कम्पनी रहेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'परराष्ट्रमन्त्री भोलि भारत जानुहुने' शीर्षकको समाचार पनि मुख्य पृष्ठमै छापेको छ । समाचारमा नेपाल भारत संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा बिहीबार सुरु हुने भएको छ । तीन दिन चल्ने यो बैठकमा नेपाली टोलीको नेत्तृत्व गर्दै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली माघ १ गते बिहीबार नै भारत प्रस्थान गर्नुहुने समाचारमा उल्लेख छ।आजको नागरिक दैनिक ले 'मुद्धा अदालतमा, सरकार निर्वाचन तयारीमा' शीर्षकाे समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्धा सर्वौच्च अदालतमा विचाराधीन रहेको अवस्थामा सरकार भने निर्वाचन तयारीमा जुटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवाला निकायलाई निर्वाचन तयारीमा जुट्न निर्देशन दिएलगत्तै गृह र अर्थ मन्त्रालयले पनि मातहतका कार्यालयलाई तयारीमा लाग्न अह्राएका समाचारमा उल्लेख छ।त्यसैगरी पत्रिकाले 'ओलीको सेटिङमा अदालत फस्दैन, ' ठडिँदै धरहरा, कांग्रेस चुनावमा जान्छ: देउवा, कोरोना उपचारमा नयाँ औषधी र 'कानुनमथी केपी ओली पो रहेछन्ल' लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ।
प्रकाशित मिति: बुधबार, पुस २९, २०७७ १३:३६