काठमाडौं । बिहीबार जनतासमाचार डट्कम मा नेकपाका दुबै समूहको तानातानमा देउवा, कुन बाटो हिंड्लान ?, देउवा चढेको हेलिकोप्टर पालुङटारमा आकस्मिक अवतरण, आर्थिक विकासका लागि प्राथमिक क्षेत्र तोक्नुपर्छ: नेपाल, माघ १० गते नेपाल बन्द, परराष्ट्रमन्त्री नयाँदिल्ली प्रस्थानः सीमा विषयमा छलफल हुने र निर्वाचन आयोगमा ओली समुहको दाबी ‘मूल पार्टी हामी’ लगायतका समाचार तथा विचारहरुले मुख्य स्थान पाए ।शुक्रबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि विभिन्न फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेको छ । पत्रिकाले परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेण्डा, शैक्षिक सत्र जेठसम्म लैजाने प्रस्ताव, ओली समूह निर्वाचनमा होमिने दाहाल-नेपाल निर्वाचन रोक्ने र परिसंघका पदाधिकारी र अर्थमन्त्रीबीच भेट लगायत लगायत शीर्षकका समाचारहरु प्राथमिकताका साथ छापेको छ ।नयाँ पत्रिका दैनिक ले 'गर्भवतीको उद्धार गर्न १० करोड बजेट, साढे सात करोड फ्रिज' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा सूचीमा राखिएका ३४ जिल्लामध्ये डोटी, जुम्ला, दैलेख, रोल्पा, मुस्ताङ, म्याग्दी, ओखलढुंगा, ताप्लेजुङ र तेह्रथुमजस्ता १० जिल्लामा कार्यक्रम नै नपुगेको उल्लेख छ ।समाचारअनुसार सुविधासम्पन्न स्वास्थ्य सेवाको पहुँचबाहिर रहेका महिलाले प्रसव पीडाकै कारण अकालमा ज्यान गुमाउने घटना कम नहुँदा सरकारले दुई वर्षअघि ‘एयरलिफ्ट’ सेवा सुरु गरेको हो । ०७५/७६ र ०७६ /७७ मा गरी १० करोड रुपैयाँ विनियोजन पनि गर्यो । तर, लक्षित जिल्ला र वर्गसम्म यो कार्यक्रम नपुग्दा विनियोजित बजेटको ७५ प्रतिशत अर्थात् सात करोड ५८ लाख रुपैयाँ फ्रिज भएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'भैरहवा सेजको भाडादर ५० प्रतिशतसम्मले घटाउने तयारी' शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा भाडादर र निर्यातको सीमा पुनरावलोकन हुँदै, पूर्वाधार निर्माण गरेर सेज पूर्ण रूपमा सञ्चालनमा ल्याउने प्रयास भएको समाचारमा उल्लेख छ ।समाचारअनुसार सरकारले भैरहवा विशेष आर्थिक क्षेत्र (सेज) को भाडादर साबिकभन्दा ५० प्रतिशतसम्मले घटाउने तयारी गरेको छ । उद्योगी–व्यवसायीले भाडादर महँगो भएको गुनासो गर्दै भैरहवा सेजमा उद्योग खोल्न इच्छा नदेखाएपछि विशेष आर्थिक क्षेत्र प्राधिकरणले भाडादर झन्डै आधा कायम गर्ने तयारी गरेको समाचारमा छापिएको छ ।त्यस्तै पत्रिकाले सहकार्यका लागि कांग्रेसले खोज्यो नेकपा विभाजनको आधिकारिकता, महामारीबीच मर्कामा गर्भवती: निजीमा बेवास्ता, प्रसूतिगृहमा उपचार, यतिवेला कांग्रेसको दायित्व र माघे सङ्क्रान्तिको अवसरमा देवघाटमा तीन लाख भक्तजनले स्नान गरे लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको कान्तिपुर दैनिक ले मन्त्रीस्तरीय बैठकअघि भारतले भन्यो- ‘संयुक्त आयोग र सीमा विषय फरक’ शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली बिहीबार दिल्ली पुगेका उल्लेख छ ।समाचारअनुसार भारतले कालापानीलगायत क्षेत्र समेटेर एकतर्फी रूपमा नयाँ राजनीतिक नक्सा गत वर्ष प्रकाशन गरेयता दुई देशबीच सम्बन्ध तनावपूर्ण रहँदै आएको पृष्ठभूमिमा भएको मन्त्री ज्ञवालीको भ्रमणलाई नेपालमा मात्र नभएर भारतमा समेत विशेष महत्त्वका साथ हेरिएको छ । त्यसमाथि नेपालमा एक्कासि भएको प्रतिनिधिसभा विघटन र निर्वाचन घोषणालगायत राजनीतिक घटनाक्रममा दिल्लीलाई समेत जोडेर हेरिएकाले पनि यो भ्रमण थप चासोको विषय बनेको समाचारमा उल्लेख छ ।पत्रिकाले तानातानमा कांग्रेस, देउवाको रणनीति: अझै ‘पर्ख र हेर’ शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा निर्वाचन वा प्रतिनिधिसभा पुनःस्थापना जुन मोर्चामा कांग्रेस उभिन्छ, त्यसैको पक्षमा पल्लाभारी हुन सक्ने बुझाइ नेकपाका दुवै समूहका नेताहरूमा भएको समाचारमा उल्लेख छ ।सरकारको मुखपत्र मानिने गोरखापत्र दैनिक ले 'काठमाडौं र धादिङ दुवैतर्फ काम सुचारु' शीर्षकको समाचारलाई मुख्य पृष्ठमा छापेको छ । समाचारमा स्थानीयवासीको अवरोध हटेपछि काम तीव्र रुपमा अगाडि बढेको समाचारमा उल्लेख छ ।समाचारअनुसार थानकोट- नागढुङ्गा- सिस्नेखोला सुरुङमार्गको काठमाडौंतर्फबाट सुरुङ अन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले गोरु जुधाइको रौनक, चुनावबाट काँग्रेस भाग्दैन: देउवा, जनअभिमत लिनु असंवैधानिक होइन, भूकम्प सुरक्षा दिवस आज जोखिम कम गर्न योजनाबद्ध प्रयत्न, राष्ट्रिय योग दिवस सम्पन्न र नेपाल- भारत संयुक्त आयोगको बैठक छलफलका विषयसूची तय लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको कारोबार दैनिक ले 'उपमहानगरपालिकामा पुँजीगतभन्दा चालू खर्च धेरै' शीर्षकको समाचारलाई महत्वका साथ छापेको छ । समाचारमा जनप्रतिनिधि र कर्मचारी भरिभराउ भएर स्थानीय तह सञ्चालन भइरहे पनि चालू आर्थिक वर्ष २०७७/०७८ को अर्धवार्षिक समयसम्म तिनको बजेट खर्च सन्तोषजनक देखिँदैन । स्थानीय तहमा पुँजीगतको तुलनामा चालू बजेट खर्च धेरै देखिएको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले बजेट अर्च निराशाजनक राजस्वले पनि लक्ष्य भेटेन, आयात हुने प्रमुख १० वस्तुमध्ये ६ वटामा गिरावट, बागमतीको मुआब्जा विवाद सल्ट्याउने प्रतिबद्धता र बर्डफ्लु जोखिम हुन नदिन पूर्वतयारी लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: शुक्रबार, माघ २, २०७७ १३:०५