कवि तथा गीतकार नोर्देन रुम्बा (तामाङ) को जन्म १५ मे १९४९ मा दार्जिलिङमा भएको थियो । नोर्देन मुलतः कवि थिए । कविता मार्फत विद्रोह र क्रान्ति गर्ने क्रान्तिकारी कवि थिए ।कवि नोर्देनका प्रक्षेप (कविता संग्रह सन् १९७८),नोर्देन रुम्बाका कृतिहरू ( सन् २००४),मृगतृष्णा (गीतिनाटक), भित्तेचित्र (कवितासंग्रह, छुट्टै पुस्तकका रूपमा अप्रकाशित), दुनियाँ (नाटक, छुट्टै कृतिमा अप्रकाशित ) लगायतका कृतिहरु रहेका छन् । पूराना नेपाली चलचित्र बाँच्न चाहने मान्छेहरुका लेखक समेत रहेका नोर्देनका सबै गीतहरु सदाबहार छन् । उनको निधन २८ मे १९९० मा भएको थियो ।मेरो देशको ऐनाभित्रचर्किएका हातहरूलेफुटेका औँलाहरूलेरनङहरूलेमैले छाम्न खोजें, मैले स्पर्श गर्न खोजेंमेरो देश कतै छ कि भनेर, यो हो कि त्यो हो कि भनेरतर कहाँ छ मेरो देश ।गुराँसका फूलहरू हेर्छु कहिले, मधेसका घामहरू हेर्छु कहिलेकुखुरा बास्दै गरेको, पहाडका बस्तीहरूमा हेर्छुसुसाउँदै गरेको साँझको बाँसघारीमा हेर्छुकि परको उदाउन लागेको कि डुब्न लागेको रातो घाममा हेर्छुयो देश कतै मेरो हो कि भनेर, मेरो देश कतै मेरो इच्छा कि भनेरमेरो नरम कि गरम, मेरा सेता कि राता कि ताता आँखाहरूलेमैले हेर्न खोजेको होइनमैले चिन्न खोजेको होइनगरिबहरूको पाइतालामा, बेसहाराहरूको अँगालोमामैले देख्न नखोजेको होइनकतै नपुगेका बाटाहरूमा कुखुराका चल्लाहरूमामैले निर्दोष–निर्दोष मेरो देशलाईप्यारो गर्न नखोजेको होइनतर खै किन यो देश हाँस्दैनधरोधर्म कहिलेकाहीँ लाग्छ, मेरो देश नै छ कि ?कि म देशहीन भइसकेँ ?सुकुम्बासीहरूको छाती माटो भइसक्योत्यहाँ कतैतिर म मेरो देश हेर्छुमेरै बाबु–बराजुको छाती र करङ माटो भइसक्योत्यहाँ म मेरो देश हेर्छुकोहीबेला सुकिसकेका चियाका बोटहरूमाकोहीबेला भोकाएका नीला ओठहरूमाकोहीबेला पहाड र भन्ज्याङका खोपीहरूमाकोहीबेला चिनारीहरूले लाएका भादगाउँले टोपीहरूमाम खोज्छु मेरो देश तर ?रेलका लिगहरूमा धर्मको नाम गरेरतरबार उठाउने मान्छेहरूझन्डा बोकेर रातो, खुकुरी बोकेर धरमराउने मान्छेहरूहामीलाई गरम नै मन पर्छ भन्ने मान्छेहरूहामीलाई जाडो नै मन पर्छ भन्ने मान्छेहरूहामीलाईत अँध्यारोमा बस्नेबानी भइसक्यो भन्ने मान्छेहरूबिजुलीबत्ती हामीले अहिलेसम्म पाउन सकेनौँ भन्नेमान्छेहरूहामीलाई साँझ मीठो चाहिन्छ भन्ने मान्छेहरूहामीलाई बिहान चाहिन्छ चिसो, रमाइलो भन्ने मान्छेहरूमेरो देश होकि ?मेरा आँसुहरू बिरामी भइसकेकिन मलाई थाहा छैन, ती आँसुहरूलाई पनि थाहा छैनकहाँ भिज्नुपर्छ, कहाँ सुक्नुपर्छत्यो बाटो, त्यो डाँडो, त्यो भीर, त्यो पाखात्यो चाँप, त्यो गुराँस, त्यो काले मान्छे, त्यो अग्लो घरमेरा देश त्यही हो?आज कता–कता सोच्दैछुन यो बिहान हो, न साँझ होमलाई एउटा देश चाहिन्छमेरो छोरालाई एउटा देश चाहिन्छतर खै त ?०००सभ्यताको घोषणापत्रमान्छेहरूएकले अर्कोदेखि डराउनु परेको देख्दादेशहरू,एकले अर्कोलाई हराउनु परेको देख्दाजिन्दगीहरू,विश्वास, आत्मविश्वास हराएरआफैले सुन्नुयहाँ जोरसित कराउनु परेको देख्दामलाई हत्केलाभरि युयुत्साहरूआक्रमणहरू आँखाभरिर, ओँठभरि विश्वास उठाएरसगरमाथामा चढेर केवल एकपल्ट भन्न मनलाग्छ,अब मान्छेले मान्छेलाई विश्वास गर्नेसमय आएको छ,अब मान्छेले आफैलाई विश्वास गर्ने समय आएको छ,अब मान्छे मात्रको अधिकार हो ।यसर्थ, अब मान्छेले मान्छेलाई चिन्ने,मान्छेले मान्छेलाई बुझ्ने,मान्छेले मान्छेलाई जान्ने,र,मान्छे मान्छेको निम्ति मर्ने होइनसारा विश्वको गौरव राख्नमान्छे मान्छेको लागि बाँच्नेसमय आएको छ ।०००
प्रकाशित मिति: शनिबार, माघ ३, २०७७ ११:३०