सनीउल्ला धाेबीकपिलवस्तु । नेपाली कांग्रेस पार्टीको केन्द्रीय परिपत्र अनुसार सरकारले गरेको असंवैधानिक कदमविरुद्ध नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाका १० वटै पालिकामा सरकार विरुद्ध विरोध प्रदर्शन गरेको छ ।संसद विघटन र सरकार अधिनायकवादतर्फ लागेको भन्दै नेपाली कांग्रेस कपिलवस्तुले कपिलवस्तु नगरपालिकाको तौलिहवा, महाराजगञ्ज नगरपालिकाको गैडाहवा, शिवरानगरपालिकाको रुद्रपुर, कृष्णनगर नगरपालिकाको गोलघर, बुद्धभूमी नगरपालिकाको इमिलिया, बाणगंगा नगरपालिको चार नम्बर जितपुर विजयनगर गाउँपालिकाको पिपरी, यशोधरा गाउँपालिकाको रंगपुर मायादेवीको चाकरचौडा र सुद्धोदन गाउँपालिकाको लवनीमा विरोध कार्यक्रम सम्पन्न गरिएको हो ।कार्यक्रममा बाेल्दै नेताहरुले केपी ओली सरकार र राष्ट्पतिको मिलोमतोमा लोकतन्त्रमाथि खेलवाड गरी लोकतन्त्र मास्न र एकाधिकारको लागि संसद विघटन गरेको प्रति आपक्ती जनाएका थिए । बाणगंगा नगरपालिकाको जितपुरमा मंगलप्रसाद थारुको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य अतहर कमाल, बाल कुमारी अधिकारी शक्ति सिंह ठकुरी, रवि काफ्ले, हरिराज घिमिरे वीरेन्द्र थापा लगायतले मन्तव्य दिएका थिए ।यस्तै, महराजगञ्ज नगरपालिकामा रामअचल तिवारीको अध्यक्षता गंगेश तिवारीको सञ्चालन र मेयर तथा पाटीृका जिल्लाा उपसभापति अब्दुल कलाम खाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । बुद्धभूमिकाे इमिलियामा माधव दमासेको अध्यक्षता कृष्ण बन्जाडेको सञ्चालनमा भएको कार्यक्रममा पार्टी सभापति सुरेन्द्रराज आचार्य केशव कुमार श्रेष्ठ वीरेन्द्र मिश्रा, मनि केसी लगायतले बोलको थिए ।शिवराज नगरपालिकामा मधुसुदन पोख्रेलको अध्यक्षतमा भएको कार्यक्रममा पार्टीका आमन्त्रित केन्द्रीय सदस्य अभिषेक प्रताप शाह, पार्टी सचिव प्रेमबहादुर रायमाझी लगातले मन्तब्य दिएका थिए । यस्तै, कृष्णनगरमा चुन्ना उपाध्ययाको अध्यक्षतामा भएको कार्यक्रममा आमन्त्रित केन्द्रीय सदस्य शाहले मन्तव्य दिएका थिए ।कपिलवस्तु नगरपालिकाको तौलिहवामा प्रशान्त कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष सोहरत तेली, प्रकाश घिमिरे लगायतले मन्तब्य दिएका थिए । यशोधरा गाउँपालिकामा दिनेश पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व पार्टी जिल्ला सभापति सुधाकर पाण्डेय, गाउँपालिका प्रमुख गिरजेश पाण्डेय लगायतले मन्तव्य दिएका थिए ।मायादेवीको चाकरचौडामा तवारक मुसलमानको अध्यक्षता भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अतहर कमाल, नेता दिप कुमार उपाध्याय, कमलेश कुमार शर्मा, राजेश आचार्य, बोलीउद्दीन मुसलमानले मन्तव्य दिएका थिए । शुद्धोदन गाउँपालिकाको विशंभर चौधरीको अध्यक्षता भएको कार्यक्रममा केन्द्रीय सदस्य कमाल, दिप कुमार उपाध्याय, कमलेश कुमार शर्मा, राजेश आचार्य लगायतले सरकारकाे असंवैधानिक कदमविरूद्ध मन्तव्य दिएका थिए ।
प्रकाशित मिति: आइतबार, माघ ४, २०७७ ०१:०१