डा. प्रकाश पौडेलहाम्रो सोंच अलग,सिद्धान्त एउटैहाम्रो पाठशाला फरक,पुस्तक एउटैतर यो वितृस्णा किन ?हाम्रो लक्ष्य एउटै,हाम्रो उद्देश्य एउटै ।हाम्रो एउटै मूल, हाम्रो एउटै कोखहाम्रा जराहरु पनि छन् एउटै जमिनमा फैलिएकाभाइवन्धुहरु पनि छन् एउटै साङ्लोमा जेलिएकातर यो विग्रह किन ?हाम्रो संघर्ष एउटै,हाम्रो गन्तव्य एउटै ।व्यर्थको कलह किन ?हाम्रो मुलधार एउटै,हाम्रो परिवार एउटै ।।तिमीले टेक्ने माटो र मैले टेक्ने माटो एउटै,तिमी दायाँ त म वायाँ, तर हाम्रो बाटो एउटैजताबाट जाउ, जहाँसम्म जाउ,उही दिशा हो जाने, उहींसम्म हो पुग्नेतर यो असहिस्णुता किन ?हामी हिड्ने मुलबाटो एउटै ।हामी भेट्ने दोबाटो एउटै ।।उत्साहमा जोश र संकल्पको जुझारु भाषा उस्तै,आवेगमा शब्दको झटारो, तीखो भाका उस्तैखै के फरक छ र हामीहरु बीचमा ?आक्रोशमा रिस–रागका ज्वारभाटा दुरुस्तैअनि यो वाक–युद्ध किन ?यो शब्द –संग्राम किन ?उक्सिँदा आकाश छुने, संसार हाँक्ने रहर एउटै,खस्किँदा आरोप–प्रत्यारोपको स्तर एउटै ।‘बा’ ले ‘केटा’ –केटीहरुलाईकहिले हकार्ने, कहिले फुर्क्याउने,’केटा’ –केटीहरुले ‘बा’लाईकहिले सताउने, कहिले घुर्क्याउने,यो सब त ठीकै थियो घरभित्र, मझेरीमा ।तर छिमेकीको आँगन रंगाउने किन ?जग–जगत् हसाउने किन ?यद्दपि,आज हामीहरु ‘हामी’ बाट छुट्टिएर,‘म’ भएका छौं ।‘तपाईं’ बाट झरेर,‘तँ’ भएका छौं ।।एक–अर्कालाई खुइल्याउंदा खुइल्याउंदै,पूरानो घाउ कोट्याउनमा मग्न भएका छौंएक अर्काको पिडामा प्रसन्न भएका छौं ।आज वास्तवमा,शायद अन्जानमा,हामी आँफै नग्न भएका छौं ।।अब त मन पखाल्ने कि ?भत्केको घर संहाल्ने कि ?धोएर मनको मैलो,एक अर्कालाई अंगाल्ने कि ?किनकि,हामी जुट्दा, तिमी र म बलियो, दुश्मन कमजोरहामी फुट्दा, दुश्मन बलियो, म र तिमी कमजोर ।आखिर यो निराधार फुट किन ?आखिर यो प्रहार अटुट किन ?जबकि,हाम्रो सबलता एउटै,हाम्रो दुर्बलता एउटै ।
प्रकाशित मिति: शनिबार, माघ १०, २०७७ ११:४५