–शेखर पाण्डेप्रेममाधुर्य बोकेर हिँड्दै वनप्रेमले नै पगाल्छ्यौ तिमी त्यो मन ।सार सम्पूर्ण हौ ढुक्ढुकी हौ तिमीराधिका कृष्णको जीवनी हौ तिमी ।।१
बाँसुरी उत्ति प्यारो तिमी झन् बढीगोपिनी डाहले जल्दछन् हरघडी ।प्राणप्यारी बन्यौ के गरी राधिका ?शब्द हुन् कृष्ण, राधा तिमी हौ डिका ।।२
पग्लिँदा झन् बढ्यो प्रेम घट्थ्यो अरुकृष्ण यज्ञाग्नि हुन्, राधिका हौ चरु ।प्रेम नौनी बन्यो पग्लिँला झन् मीठोराधिका कृष्णको प्रेम साँच्चै मीठो ।।३
रागमा हुन्न सम्बन्ध राधा प्रियाभावमा हुन्छ सम्बन्ध राधा प्रिया ।हुन्छ राधा भए पूर्ण त्यो जीवनीहुन्न राधा नभै पूर्ण त्यो जीवनी ।।४
बाँसुरी, गाई, बाच्छा तिमी साथमाहुन्छ आनन्द राधा मीठो वातमा ।गाई बाच्छाहरु आज जाओ परलौ न राधा प्रिया बन्द आँखा गर ।।५
प्रेममा आज भिज्नैछ आनन्दलेप्रेममा आज डुब्नैछ आनन्दले ।हर्ष,विस्मात,आश्चर्य हो जिन्दगीराधिके ! रूप, सौन्दर्य हो जिन्दगी ।।६
चम्कियौ चाँदनीझैँ तिमी राधिकाआज ब्रह्माण्ड यो सूर्य नै भो फिका ।कृष्ण कुर्दै बसेको छ वृन्दावनराधिका टेकिद्यौ धन्य होस् आँगन ।।७छन्द : श्रग्विणी –धुनिवेशी–९, धादिङ्ग