काठमाडौं । शुक्रबार जनतासमाचार डट्कम मा टेक्ससमा दर्जनौ गाडी दुर्घटना ६ को मृत्यु, ३६ घाइते, टिकटक स्टारले गरिन् आत्महत्या, मृत्यु भइसकेका अफन्तको तस्बिर घरमा राख्नुभएको छ ? अवस्य पढ्नुस् र भारतीय बालुवा तस्कर र सशस्त्र प्रहरीबीच झडप: ३ घाइते लगायत शीर्षकका समाचार तथा विचार प्रकाशित गरिए।शनिबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा प्रहरीमाथि भाला आक्रमण, दुई गम्भीर घाइते, अबौं मूल्यको ३ सय ८४ बिघा सरकारी जग्गामा भूमाफियाको रजाँइ, तत्काल वनमन्त्री र सचिवको फरक-फरक निर्णय र दर्जन बढी सचिवको सरुवा लगायत शीर्षकका समाचार तथा विचारले मुख्य स्थान पाए ।आजको कान्तिपुर दैनिकले 'अभिव्यक्ति स्वतन्त्रताविरोधी विधेयककै नयाँ अवतार' शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा तीन महिनाभित्र सामाजिक सञ्जाल कम्पनी दर्ता हुन नआए सरकारले जुनसुकै बेला बन्द गर्न सक्ने समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले 'नेकपाको फुट स्थानीय तहसम्मै' शीर्षकको अर्को समाचार पनि मुख्य पृष्ठमै छापेको छ । समाचारमा तत्कालीन एमालेबाट निर्वाचित प्रमुख- उपपमुख दुईतिरै बाँडिएका छन्, माओवादी केन्द्रका भने सबैजसो दाहाल- नेपालपट्टि रहेका समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले हिमानीद्वारा अनानिक ब्युटी सलोन उद्घाटन, 'निर्मला हामी नै, भागरथी हामी नै' र पूर्वदाधिकारीका गाडी र सुरक्षाकर्मी फिर्ता लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापिएका छन् ।नयाँ पत्रिका दैनिकले 'भागरथीको बलात्कार र हत्या भएको नवौँ दिन: न दोषी भेटियो न अस्पतालबाट शव उठ्यो' शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा घरभरी मान्छे छन्, तर भागरथीका आमा एक्लै भएको उल्लेख छ ।समाचारअनुसार भागरथीको बलात्कारपछि हत्या भएपछि घटनास्थलमा सिआइबी, अनुसन्धान विभाग र नेपाल प्रहरीको ठूलो टोली खटिएको छ । खोचलेक प्रहरी चौकीलाई केन्द्र बनाएर प्रहरीले अनुसन्धान अगाडि बढाइरहेको छ । यता जिल्ला सदरमुकाममा विद्यार्थीले शुक्रबार प्रशासनअगाडि थाली बजाएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले प्रशासनअगाडिको गढी बजारमा धर्ना बस्दै शुक्रबार थाली बजाएका समाचारमा छापिएको छ ।पत्रिकाले विभेद र प्रतिगमनविरुद्ध महिलाको सिंहदरबार मार्च, तर प्रधानमन्त्रीले सिंहदरबार नटेकेको १० महिना पूरा, सुनसरी जिल्ला अदालतको पूर्ण फैसला: ‘सिद्धबाबाले बलात्कार गरेका होइनन्, महिलाले शरीर समर्पण गरेकी हुन्’, र दुई सातामा दुई लाख खोप लगाइयो, अब एक सातामा तीन लाख खोप लगाउने लक्ष्य लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको गोरखापत्र दैनिक ले 'पर्यटनले फड्को मार्ने विश्वास' शीर्षकको समाचार छापेको छ । समाचारमा पर्यटकीय सम्भावना बोकेको हुम्लाको सिमकोट विमानस्थलको तीनवटा नयाँ योजनासँगै विकास तथा स्तरोन्नति हुँदैछ । विमानस्थलतको स्तरोन्नतिले पर्यटन व्यवसाय फस्टाउने सम्भावना देखिएको छ । विमानस्थलको विकास र थप निर्माणले हवाई सेवा थप सहज र सुचारु हुने भएपछि पर्यटन व्यवसायले फड्को मार्ने विश्वास गरिएको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले ‘फ्रोजन फुड’ले पार्न सक्छ असर, आधुनिक औजार भित्रिए, घरेलु प्रविधि हराउँदै र बंगुरपालनबाट वार्षिक १० लाख कमाउँदै आले लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको नागरिक दैनिकले भने 'अनुसन्धानमा प्रहरीका तीन टोली, नतिजा शुन्य' शीर्षकको समाचार छापेको छ । समाचारमा बलात्कारपछि हत्या गरिएकी बैतडी दोगडाकेदार गाउँपालिका -७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यारा अझै पत्ता नलागेको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले पालिका अध्यक्षले कर्मचारी धम्क्याए, महिला हिंसाविरुद्ध मार्च, प्रतिगमनविरुद्ध त्यो सडक संसद, सुर्खेतमा आधुनिक डम्पिङ साइड र संघमा नआउँदै प्रदेशमा लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: शनिबार, फागुन १, २०७७ १३:१३