काठमाडौं । सोमबार जनतासमाचार डट्कम मा सेटिङ भत्किसक्यो, सर्वोच्चले संसद पुनर्स्थापना गर्छ: अध्यक्ष दाहाल, मेलम्चीको सुरुङमा पानी छाडियो, १६ दिनमा पानी काठमाडौं आइपुग्ने, गृहमन्त्रीको हत्या प्रयास, अंगरक्षकले गोली चलाउँदा एक बन्दुकधारीको मृत्यु र ‘राष्ट्रपतिज्यू, ज्ञानी र असल भन्दै हत्यारालाई उन्मुक्ति दिन मिल्छ ?’ लगायत शीर्षकका समाचार तथा विचार प्रकाशित गरिए ।मंगलबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा साकार हुँदै मेलम्ची सपना, फैसलाको घडी नजिकिँदै, सर्वोच्चको आदेशविपरीत फेरी पक्राउ परे बास्तोला र सचिवज्यू ! निर्णय मात्रै गर्ने कि कार्यान्वयन पनि ? लगायत शीर्षकमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन् ।आजको नयाँ पत्रिका दैनिकले 'आश्चर्यजनक भेट, अनुत्तरित प्रश्न' शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाबीच भएको भेटले राजनीतिक वृत्तलाई तरंगित बनाएको छ । भेटलाई कतिले स्वाभाविक मानेका छन्, कतिले संशयको दृष्टिले अथ्र्याएका समाचारमा उल्लेख छ ।समाचारअनुसार क्याबलरीको जग्गा सर्वोच्चलाई हस्तान्तरण गर्ने विषयमा छलफल भएको भन्ने विषयमा प्रशस्तै प्रश्न छन् । किनकि सर्वोच्च अदालतको पछाडिपट्टि सेनाको क्याबलरी राखिएको साढे ३७ रोपनीमध्ये नौ रोपनी जग्गा सर्वोच्चलाई दिने भन्ने विषयमा अहिले छलफलको सान्दर्भिकता नै नभएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले 'जग्गा र भवनको कथा: कानुनको रक्षक सर्वोच्च अदालत सार्वजनिक खरिद ऐनविपरीत पाँच अर्बको भवन निर्माणमा आफैँ अघि सर्यो' शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा सर्वोच्च अदालत कानुन रक्षाको सर्वोच्च निकाय हो, तर आफ्नो भवन बनाउन लागेको सर्वोच्चले सार्वजनिक खरिद ऐनविपरीत प्रक्रिया अघि बढाएको छ । सरकारी भवन सहरी विकास तथा भवन निर्माण विभागले बनाउने प्रावधान रहेकोमा पाँच अर्ब २२ करोडको यो परियोजना सर्वोच्च आफैँले बनाउन लागेको समाचारमा उल्लेख छ ।पत्रिकाले न्यायालयबाट कहिलेकाहीँ अनुपयुक्त निर्णय आउँछ, तर जे भए पनि हाम्रो राजनीति सिद्धिदैन: प्रधानमन्त्री, मेलम्चीको पानी दोस्रोपटक सुरुङमा छाडियो: परीक्षण अवधि दुई महिना, वैशाखमै पानी आउने निश्चित छैन, प्रधानमन्त्रीको असन्तुष्टि र ‘धम्की’पछि निर्वाचन आयोगको सक्रियता: करिब २५ करोडको निर्वाचन सामग्री खरिद गर्दै र केन्द्र सरकारमा बस्नेहरूले संघीयताको हुर्मत लिने काम गरे: मुख्यमन्त्री गुरुङ लगायत शीर्षकका समाचार तथा विचार विशेष प्राथमिकताका साथ छापेको छ ।कान्तिपुर दैनिकले 'भने परराष्ट्र नीतिको समीक्षा गर्दै सरकार' शीर्षकको समाचार छापेको छ । समाचारमा सरकारले तीन महिनाअघि ल्याइएको नयाँ परराष्ट्र नीतिको समीक्षा गर्न थालेको छ । सम्बन्धित निकायसँग पर्याप्त छलफल नगरी सरकारले हतारमा परराष्ट्र नीति जारी गरेको भन्दै आलोचना भएकाले समीक्षासहित सुझाव संकलन थालिएको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले 'असन्तुष्टि हुँदाहुँदै पनि यो संविधानको प्रतिरक्षा गर्नु परेको छ: उपेन्द्र यादव' शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि हुँदाहुँदै पनि संविधानको प्रतिरक्षा गर्नु परेको बताएका छन् । संविधानप्रति व्यापक असन्तुष्टि भए पनि यही संविधानले संघीयता, गणतन्त्र, समावेशीता, समानुपातिकता तथा धर्मनिरपेक्षता लगायतका उपलब्धि दिएकाले यसको प्रतिरक्षामा उत्रिनु परेको समाचारमा छापिएको छ ।पत्रिकाले संसद् पुनःस्थापना भए आन्दोलन गर्छु भनेको छैन: प्रधानमन्त्री ओली, रिहा भएलगत्तै पक्राउ परेका बास्तोलालाई जिल्ला प्रहरी कार्यालय काभ्रे लगियो र संवैधानिक आयोगहरुको सम्पर्क मन्त्रालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बनाउन माग लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।आजको गोरखापत्र दैनिकले 'दैनिक दुई झोलुङ्गे पुल निर्माण' शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन् । सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको समाचारमा उल्लेख छ ।त्यसैगरी 'आठ स्थानमा कोरोना खोप भडारण गृह बनाइँदै' शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा सरकारले देशका विभिन्न आठ स्थानमा कोभिड–१९ विरुद्धको खोप भण्डारण गृह निर्माण कार्यलाई तीव्रता दिएको समाचारमा उल्लेख छ ।समाचारअनुसार विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको विरुद्धमा लगाइने खोप सुरक्षित एवं उचित व्यवस्थापन गर्नका लागि शहरी विकास मन्त्रालयले सातवटै प्रदेशमा एक-एक वटा तथा एउटा केन्द्रीयस्तरमा भण्डारण गृह निर्माणको कार्यलाई अगाडि बढाएको समाचारमा छापिएको छ ।पत्रिकाले गुमेको भूभाग फिर्ता ल्याएरै छाडिन्छः प्रधानमन्त्री ओली,मेलम्ची खानेपानीको सुरुङमा पानी पठाएर परीक्षण शुरू र किरण जोशी सुदूरपश्चिमकै पहिलो महिला सहायक सीडिओ लगायत शीर्षकका समाचार महत्वका साथ छापेको छ।नागरिक दैनिकले भने 'प्रधानमन्त्री कार्यालय सजावटमा ४८ करोड खर्च' शीर्षकको समाचार छापेको छ । समाचारमा सरकारले सिंहदरबारस्थित मुख्य प्रशासनिक भवन (प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय) सजावटमा ४८ करोड रूपैयाँ खर्च गरेको छ। २०७२ सालको भूकम्पले क्षतिग्रस्त सिंहदरबार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाइरहेको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले प्रदेश २: नवनियुक्त प्रदेश प्रमुख झा र प्रदेश सरकारबीच सम्बन्धको सकस ! , खानेतेलमा ४५ र गेडागुडिमा ४० रुपैयाँसम्म मुल्यवृद्धि र प्रदेश १ मा हर्न निषेध लगायत शीर्षकका समाचार तथा विचारहरु महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन ११, २०७७ १२:२९