काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उपत्यकाका विभिन्न स्थानमा ६ घण्टा विद्युत कटौति गर्ने भएको छ । मर्मत सम्भारका लागि भन्दै नियमित विद्युत कटौति गर्दै आएको प्राधिरणले आज पनि कटौति हुने जनाएको छ ।कीर्तिपुर फिडरअन्तर्गत त्रिभुवन विश्वविद्यालय परिसरमा ११ केभी क्षमताको लाइनको काम हुने भएकाले कीर्तिपुर फिडरअन्तर्गतका क्षेत्रमा बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएकाे छ ।यस्तै, बल्खु, खसीबजार, सीता पेट्रोल पम्प, परीक्षा नियन्त्रण कार्यालय, कुमारी क्लब, भगवती मन्दिर र त्रिभुवन विश्वविद्यालय क्षेत्रमा विद्युत आपुर्ति बन्द हुनेछ । त्यसैगरी महाराजगञ्ज वितरण केन्द्र अन्तर्गतका शिवपुरी फिडर, बासबारी फिडर र सामाखुशी फिडर अन्तर्गतका क्षेत्रमा पनि आज दिउँसो विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार शिवपुरी फिडर अन्तर्गतका डाँडागाउँ, पासिकोट, भष्मस्थली, टोखा, पँचेटार, मेगासिटी, ढलमलटार लगायतका स्थानमा दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म बत्ती कटाैति हुनेछ।बासबारी फिडर अन्तर्गतका महाराजगञ्ज, कपनमार्ग, पिपलवोट, गंगालाल अस्पताल लगायतका क्षेत्रमा पनि दिउँसो ३ बजेदेखि साढे ५ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ । सामाखुशी फिडर अन्तर्गतका बानियाँटार, इन्द्रेणी पुल, गोँगबु, सामाखुशी, भण्डारीटोललगायतका क्षेत्रमा बिहान साढे ११ बजेदेखि दिउँसो साढे ३ बजेसम्म विद्युत कटौती हुने प्राधिकरणले जनाएको छ ।यस्तै, पुल्चोक वितरण केन्द्र अन्तर्गत झम्सिखेल एरियामा पनि ११ केभी विद्युत लाइनको फ्यूज परिवर्तन गर्नु पर्ने भएकाले ९ बजेदेखि विद्युत कटौती भएको छ । फ्यूज परिवर्तनको काम सकिनेवित्तिकै पुल्चोक, कुवाटार, ठाडोढुंगा, हरिहर भवन लगायतका क्षेत्रमा साढे १० बजेसम्म विद्युत आउने प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार उपत्यकाका केही स्थानमा नांगो तार हटाएर कभर कन्डक्टर राख्नेलगायतका काम हुने भएकाले विद्युत् आपूर्ति बन्द हुने भएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन १५, २०७७ १६:०५