काठमाडौं । आज महाशिवरात्रि पर्वको दिन भगवान शिवको दर्शन तथा पूजा आरधनाका लागि देशभरका शिवालयहरुमा भक्तजनको भीड लागेको छ । फागुन कृष्ण चतुर्दशीकाे तिथिमा मनाइने महाशिवरात्रिकै दिन भगवान शिव र देवी पार्वतीबीच विवाह भएको मानिन्छ ।[caption id="attachment_246258" align="alignnone" width="818"]
महाशिवरात्रिका अवसरमा बिहीबार रुपन्देहीको बसडिलवास्थित शिवालयमा शिवको पूजा आराधानाका लागि लामबद्ध भएर बसेका भक्तजन ।[/caption][caption id="attachment_246272" align="alignnone" width="827"]
पशुपतिस्थित वनकाली क्षेत्रमा एक किशोरीलाई आर्शीवाद दिँदै खरानीसहितका गेरु बस्त्रले सिङगारिएका झिल्के साधु ।[/caption][caption id="attachment_246273" align="alignnone" width="835"]
महाशिवरात्रि पर्वका अवसरमा लमजुङको बेँसीशहर नगरपालिका वडा नं. ७ त्रिवेणीधामस्थित महादेव मन्दिर परिसरमा साधुको हातबाट टीका लगाएर आर्शिवाद लिँदै महिला ।[/caption][caption id="attachment_246274" align="alignnone" width="828"]
महाशिवरात्रि पर्वका अवसरमा बिहीबार लमजुङको बेँसीशहर नगरपालिका–७, त्रिवेणीधामस्थित महादेव मन्दिरमा पूजा गर्न लामबद्ध भएर बसेका भक्तजन ।[/caption]
[caption id="attachment_246277" align="alignnone" width="821"]
पोखरा महानगरपालिका–६ कुमागाने पार्कमा शिवरात्रीको अवसर पारेर साँझ बाल्नका लागि तयार पारिएको शिव धुनी ।[/caption][caption id="attachment_246278" align="alignnone" width="833"]
पोखरा महानगरपालिका–६स्थित केदारेश्वर मन्दिर परिसरमा शिवरात्रीको अवसरमा दर्शन गर्न भक्तालुको भीड ।[/caption]
[caption id="attachment_246282" align="alignnone" width="827"]
महाशिवरात्रीको अवसरमा बिहीबार धनगढी–४ उत्तरबेहडी स्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाम परिसरमा रहेको १०८ फिट अग्लो शिव लिङ्गको प्रवेशद्वारमा पूजाका लागि पालोको पर्खाइमा बसेका भक्तजन ।[/caption][caption id="attachment_246283" align="alignnone" width="832"]
महाशिवरात्रीको अवसरमा धनगढी–४ उत्तरबेहडीस्थित शिवपुरी उत्तररामेश्वरम ज्योतिर्लिङ्ग धाममा बिहीबार पूजा गर्नका लागि आएका भक्तजनको घुँइचो ।[/caption]