काठमाडौं । आइतबार जनतासमाचार डट्कम मा ४१ वर्षपछि जेलमुक्त भए दीपक, घर पुगेपछि आमासँग बोल्नै सकेनन्, श्रीमती, छोरी र छिमेकी किशोरमाथि खुकुरी प्रहार, पुरूषको शव फेला, ग्राहकलाई मास्क लगाउन आग्रह गर्दा छुरा प्रहार र गृहमन्त्री बादलसहित एमालेलाई साथ दिने नेताहरुको सांसद पद खारेजीको तयारी लगायत शीर्षकका समाचार तथा विचार प्रकाशित गरिए।सोमबार राजधानीबाट प्रकाशित पत्रपत्रिकाले पनि फरक–फरक विषयका समाचारलाई महत्वका साथ छापेका छन्। पत्रिकाहरूमा ४१ वर्ष पछि घर आएका दिपक आमासंग बोल्न सकेनन्, सावधान १ दोस्रो लहरको जोखिम बढ्यो, सर्तक रहनुहोस् र होटल तथा रेस्टुरेन्टलाई कोरोना अवधिको विद्युत् छुट लगायत शीर्षकमा प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका छन्।आजको नयाँ पत्रिका दैनिकले 'सहकारीले ठग्यो पूर्वउपराष्ट्रपतिसहित एक हजार निक्षेपकर्ताको ३४ करोड' शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा धुम्बाराहीस्थित आनन्दनगर बचत तथा ऋण सहकारीले सेयर सदस्य तथा निक्षेपकर्ताको ३३ करोड ७५ लाख ठगी गरेको छ । ठगिनेमा पूर्वउपराष्ट्रपति परमानन्द झा, पूर्वसचिव श्याम मैनाली, उद्योग विभागका पूर्वमहानिर्देशक ध्रुव राजवंशी, त्रिविका प्रोफेसर दीपक अर्यालसहित करिब हजारजना रहेका समाचारमा उल्लेख छ ।समाचारअनुसार ०६५ बाट सञ्चालनमा आएको यो सहकारीमा सेयरधनी प्रमाणपत्र पाएका ६ सय ७९ र प्रमाणपत्र नपाएका तीन सय २० जना सेयर सदस्य तथा निक्षेपकर्ता छन् । सञ्चालक, व्यवस्थापक र कर्मचारीले संस्थाको रकम दुरुपयोग गर्ने, धितोले थाम्नेभन्दा बढी कर्जा लगानी गर्ने तथा प्रमाणपत्र नै जारी नगरी सेयर सदस्य बनाउने गरेपछि सहकारी डुबेको समाचारमा छापिएको छ।त्यसैगरी पत्रिकाले 'खुला आकाशमा ठूला चुनौती' शीर्षकको अर्को समाचार पनि महत्वका साथ छापेको छ । समाचारमा २० वर्षमा जेल परेका दुर्गाप्रसाद ६१ वर्षको उमेरमा घर फर्किएका छन् । छोरा आइतबार घर फर्कँदै छ भन्ने खबर पाएकी आमा बाटो हेरेर बसिरहेकी थिइन् । अपराह्न साढे ३ बजे घरमास्तिर गाडी रोकियो । गाडीबाट झरेर छोरा घरतिर ओरालो झरे । पिँढीमा बसिरहेकी आमाको मुहारमा झन्झन् उज्यालो थपिएको समाचारमा उल्लेख छ ।पत्रिकाले देउवाले बोलाए पदाधिकारी बैठक, बिदा थपियो: घटनास्थापना, जनैपूर्णिमा, माघे संक्रान्ति र भाइटीकाको भोलिपल्ट पनि बिदा दिने सरकारको निर्णय र भारतबाट फर्कने नेपालीमा देखिन थाल्यो कोरोना लगायत शीर्षकका समाचार तथा विचार प्रकाशित गरेको छ ।कान्तिपुर दैनिकले भने '६ वर्षमा मरे १ सय ६१ गैंडा' शीर्षकको समाचार मुख्य पृष्ठमा छापेको छ । समाचारमा दुर्लभ वन्यजन्तु एकसिंगे शुरु हुँदै छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि गणना हुन लागेको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले 'चार क्षेत्रमा सहकार्य गर्न सम्झौता हुँदै' शीर्षकको अर्को समाचारमा पनि महत्वका साथ छापिएको छ । समाचारअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको बंगलादेश भ्रमणका क्रममा पर्यटन, संस्कृति आदानप्रदान, स्यानेटरी र फाइटो स्यानेटरी तथा रोहनपुरदेखि, सिंहदरबारसम्म 'ट्रान्जिट रुट' का रुपमा प्रयोगमा सहकार्य गर्न दुई मुलुकबीच सम्झौता हुने भएको समाचारमा छापिएको छ ।त्यसैगरी पत्रिकाले निकास खोज्न देउवालाई दबाब, सक्रियता नभए संसदीय समिति निष्प्रभावी, दम्पती बेपत्ता आरोपमा चार पक्राउ र 'संक्रमण रोक्न जनस्वास्थ्य मापदण्ड अनिवार्य' लगायत शीर्षकका समाचार छापिएको छ ।आजको नागरिक दैनिकमा '१६ महिनादेखि शिक्षक रिक्त' शीर्षकको समाचार छापिएको छ । समाचारमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-८ बुवालुङस्थित अन्नपूर्ण माविको रिक्त राहत दरबन्दीमा १६ महिनापछि शिक्षक नियुक्तीको प्रक्रिया शुरु भएको छ । लामो समयदेखि रिक्त रहेको प्रावि तहका दुईवटा र निमावि तहको एकवटा राहत दरबन्दीमा शिक्षक नियुक्तिका लागि शनिबार परीक्षा सञ्चालन गरिएको समाचारमा उल्लेख छ ।त्यसैगरी पत्रिकाले मोरङका तीन ठाउँमा बिओपी स्थापना, आदामारामा खानेपानी पुग्यो, एक सामुदायिक वन एक उद्योग र भारतमा संक्रमण तीव्र जोखिममा नेपाल लगायत शीर्षकका समाचार तथा विचार महत्वका साथ छापेको छ।गोरखापत्र दैनिकले भने 'क्षति न्यून हुनेगरी शैक्षिक सत्र मिलान' शीर्षकको समाचार छापेको छ । समाचारमा त्रिभुवन विश्वविद्यालय ( त्रिवि) ले विद्यार्थीको समयमा क्षति न्यून हुने गरी शैक्षिक सत्र मिलाउने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले केही क्षति बेहोर्नुपरे पनि सेमेस्टर प्रणालीमा अध्ययन गर्ने विद्यार्थीले कुनै क्षति नहुने गरी शैक्षिक सत्रको व्यवस्थापन गरिने समाचारमा छापिएको छ ।पत्रिकाले कर्णाली करिडोरको खुल्यो ट्रयाक, शुरु भयो सांस्कृतिक पर्व फागु, सरकारसँग स्पष्ट बहुमत छ: गुरुङ र स्वास्थ मापदपण्ड पालना गर्न आग्रह लगायन शीर्षकका समाचार महत्वका साथ छापेको छ ।
प्रकाशित मिति: सोमबार, चैत ९, २०७७ १२:५७