-प्रा. सोमप्रसाद खतिवडाबिस्केटजात्रा काठमाडौं उपत्यकामा मनाइने एउटा स्थानीय उत्सव हो । उक्त जात्रा उपत्यकाको भक्तपुरमा ज्यादै धुमधामका साथ मनाइन्छ । नववर्ष (वैशाख एक गते) का दिन मनाइने उक्त पर्वमा भैरव र भद्रकालीका रथजात्राहरू निकाल्ने चलन छ । विस्केटजात्रा भक्तपुरको योसिंगाल टोलमा धुमधामका साथ निकालिन्छ । त्यहाँ जात्राको अघिल्लो दिन गाडिएको लिंगो ढालेर यो पर्व मनाइन्छ ।भक्तपुरतिर विस्केट जात्राको शुरूवात सम्बन्धी एउटा किम्वदन्ती पाइन्छ । पहिलो किम्वदन्ती अनुसार पहिले एकपटक पूर्वतिरका किराँतहरूले उपत्यकामा आक्रमण गर्दैछन् भन्ने सुनेर राजा शिवदेव ज्यादै चिन्तित भएछन् । तिनी बज्रयोगिनीदेवीका परमभक्त रहेछन् । उसले एक दिन सपनामा बज्रयोगिनीबाट यस संकटबाट छुट्कारा पाउन शेखर आचार्यसँग सहयोग माग्नु भन्ने आदेश पाएछन् ।देवीको आदेशअनुरूप शेखर आचार्यका घरमा पुगेका शिवदेव राजाले उनीबाट सहयोग पाउने आश्वासन पाएछन् । शेखर आचार्य भने एक सिद्ध तान्त्रिक रहेछन् । एक दिन नभन्दै पूर्वतिरबाट हजारौं हजारको संख्यामा किराँतीहरू भक्तपुरतिर आक्रमण गर्न पसेछन् । त्यसपछि तान्त्रिक शेखर आचार्यले एउटा ठूलो बाघको स्वरूपमा परिणत भएर तन्त्र बलले ठूलो संख्यामा बाघहरू निर्माण गरेछन् । त्यसपछि रातको समयमा बाघरूपी शेखर आचार्य गर्जदै शत्रु भएतिर गएछन् । यसबाट शत्रुहरू डराएर भागेछन् । त्यसपछि शेखर आचार्यदेखि राजामात्र नभएर उपत्यकाका जनतासमेत खुशी भएछन् भन्ने किम्वदन्ती पाइन्छ ।माथि वर्णित किम्वदन्तीकै अर्को अंशमा के भनिएको छ भने एकपटक शेखर आचार्यकी श्रीमती नररूपालाई अजिंगर हेर्ने इच्छा भएछ । त्यसपछि शेखर आचार्यले केही चामल तन्त्रेर श्रीमतीलाई दिंदै उनी अजिंगर भएपछि त्यसलाई उनको शरीरमा छर्किदिएपछि मात्र उनी पुनः आफ्नो स्वरूपमा फर्कन सक्ने बताएर अजिंगर बनेछन् । तर नररूपा ठूलो अजिंगरका रूपमा आफ्ना पति परिणत भएको देख्नासाथ ज्यादै डराइछन् र भाग्न लागिछन् । अजिंगररूपी शेखर पनि तन्त्रेको अक्षता श्रीमतीले आफ्नो शरीरमा छर्किन र आफू पनि पहिलेकै स्वरूपमा फर्कन सकियोस् भन्ने मनसायले नररूपाको पछिपछि कुदेछन् । यसबाट नररूपाले झन् डराएर भाग्दै मन्त्रेको अक्षता स्वयं खाईदिएपछि उनी पनि अजिंगर नै बनिछन् ।
नररूपा ठूलो अजिंगरका रूपमा आफ्ना पति परिणत भएको देख्नासाथ ज्यादै डराइछन् र भाग्न लागिछन् । अजिंगररूपी शेखर पनि तन्त्रेको अक्षता श्रीमतीले आफ्नो शरीरमा छर्किन र आफू पनि पहिलेकै स्वरूपमा फर्कन सकियोस् भन्ने मनसायले नररूपाको पछिपछि कुदेछन् ।
यस किम्वदन्ती अनुसार श्रीमान् श्रीमती दुवैजना अजिंगर बनेका उनीहरू पहिलेको मानव स्वरूपमा परिवर्तित हुने कुनै उपाय रहेनछन् । तसर्थ दुवैजनाले सँगै आत्महत्या गरेछन् । राजा शिवदेवले उक्त कुरा थाहा पाएर यी दुवै जनाले आत्महत्या गरेको स्थानमा एउटा ठूलो लिंगो गाड्ने तथा त्यसको माथिल्लो भागमा दुईवटा लामो पतका सर्पका प्रतीकका रूपमा फहराउने चलन चलाएछन् । उनीहरूको स्मरणमा गरिने यस्तो कार्यलाई विसिका जात्रा या विस्केटजात्रा भन्न लागिएछ । यसरी नै विस्केटजात्राको शुरूवात भएको बताइन्छ ।शुरूशुरूमा विस्केटजात्रा दुई दिनसम्म मनाउने चलन थियो । पछि गएर त्यस अवसरमा भैरव र भद्रकालीका रथहरूको जात्रा पनि गर्न लागिएकाले यसलाई जम्मा आठ दिनसम्म मनाउन लागियो । विस्केटजात्राको लिंगो ढालेपछि भैरव र भद्रकालीका रथ जुधाउने जात्रा हालसम्म पनि सञ्चालनमा छ । भक्तपुर क्षेत्रमा नववर्षकै दिन दुमाजुदेवी (महालक्ष्मी) को रथजात्रा गर्ने परम्परा पनि छ ।
अर्को किम्वदन्तीभक्तपुरको विस्केट जात्राको शुरूवातका बारेमा जनमानसमा अर्को पनि एउटा किम्वदन्ती पाइन्छ । धेरै पहिले कुनै बेला भक्तपुरमा प्रत्येक रात राजा मर्ने तथा अर्को दिन पुनः नयाँ राजा थाप्नुपर्ने परिस्थिति बनेको रहेछ ।कारण खोज्दै जाँदा मध्यरातमा रानीको नाकबाट एउटा सर्प निस्किएर राजालाई डस्दो रहेछ र प्रत्येक रात राजा मर्दा रहेछन् । पुनः विहानपख जनता खट लिएर दरबारमा पुग्दा रहेछन् र मरेका राजालाई खटमा राखेर तिनको दाह संस्कार गर्ने तथा पुनः नयाँ राजा खोजेर राख्दा रहेछन् । यस्तै क्रम चलिरहँदा एकपटक राजा भएका एकजना साह्रै आँटी परेछन् । उनी रातको समयमा नसुति हातमा तरबार लिएर जागै बसेछन् ।
मध्यरातमा रानीको नाकबाट एउटा सर्प निस्किएर राजालाई डस्दो रहेछ र प्रत्येक रात राजा मर्दा रहेछन् । पुनः विहानपख जनता खट लिएर दरबारमा पुग्दा रहेछन् र मरेका राजालाई खटमा राखेर तिनको दाह संस्कार गर्ने तथा पुनः नयाँ राजा खोजेर राख्दा रहेछन् ।
नभन्दै मध्यरातमा निदाइरहेकी रानीको नाकबाट एउटा सर्प निस्केछ । त्यो देखेर उनले त्यस सर्पलाई तरबारले काटेर मारेछन् । भोलिपल्ट विहान सदाझैं जनताहरू मूर्दा बोक्ने खट लिएर दरबारमा जाँदा राजा जिउँदै रहेको देखेर खट लुकाएछन् र राजालाई सलाम गरेछन् ।यसैको सम्झनामा थिमी भेगमा लिंगो ठड्याउने चलन चल्यो र खट देखाउने चलन आजसम्म प्रचलित छ ।
’जात्राभित्रको जात्रा’ भैरवनाथको रथ तानेर शुरू हुने बिस्केट जात्रा अवधिभर अनेक देवदेवीका जात्राहरू पनि हुने भएकाले त्यसलाई ’जात्राभित्रको जात्रा’ भन्ने गरेको संस्कृतिविद्हरू बताउँछन् । अर्थात नववर्षकै दिन भक्तपुरको थिमी क्षेत्रमा त्यस वरिपरिका अन्य कैयन् देवीहरूका पनि जात्रा मनाइन्छन् । उक्त अवसरमा थिमी क्षेत्रका विभिन्न देवीदेवताका मूर्तिहरूलाई ३२ वटा खटमा राखेर सिन्दुरजात्रा गर्ने चलन छ । थिमीको यो जात्रा सकिएपछि त्यस नजिकैको बोडे गाउँमा जिब्रो छेड्ने उत्सव मनाइन्छ ।
बाग्द्वार र टोखा पनि मेलानववर्षका अवसरमा वाग्मती नदीको उद्गमस्थल बाग्द्वार र टोखा नजिकै स्वप्न तीर्थमा पनि मेला लाग्ने गर्दछ । बालकुमारी देवीको जात्रा पनि त्यसै अवसरमा गरिन्छ । यसरी काठमाडौं उपत्यकाको थिमी भेगमा नववर्षको अवसरमा जात्रा र पर्वले गर्दा निकै रमाइलो वातावरण हुने गरेको छ ।