काठमाडौं । कर्णाली प्रदेशमा नेकपा (एमाले) का वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालको समूहका केही सांसदको निर्णयले माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ । यो सँगै निकै लामो समयदेखि मुख्यमन्त्री बन्ने तयारी गरिरहेका एमाले नेता यामलाल कँडेलको सपना तुहिएको छ ।खनाल-नेपाल समूहका नेता प्रकाश ज्वालाले प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको गलत चिन्तन र प्रवृत्तिका विरुद्ध कर्णालीमा स्वभाविक विद्रोह गरिएको बताउनुभएको छ । कर्णालीमा चालेको यो समूहको कदमले राष्ट्रिय राजनीति नै तरंगित बनेको छ । त्यस्तै एमालेको ओली समूहका नेताहरुले नेतृत्व गरेका अन्य ४ प्रदेश सरकारहरुको भविष्य पनि खनाल - नेपाल समूहको निर्णयमा निर्भर हुने देखिएको छ ।कर्णालीको जस्तै घटनाक्रम अघि बढ्ने हो भने संघीय सरकारसहित प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा खनाल-नेपाल समूहको निर्णयले विद्यमान सरकारहरु जोगिने वा फेरिने अवस्था देखिन्छ । उसो त प्रदेशमा मात्रै होइन, एमालेभित्र ४० सांसद रहेको यो समूहले कर्णालीमा जस्तै 'फ्लोर क्रस' गरेको अवस्थामा संघीय संसदमै हाल चर्चामा रहेको जसपा नयाँ सरकार निर्माणमा भूमिकाविहीन बन्ने र ओली सरकार कुनै पनि बेला ढल्नेछ ।
यस्तो छ, सातै प्रदेशमा खनाल नेपालको ‘पोजिशन’प्रदेश नम्बर १९३ सदस्यीय प्रदेश नम्बर १ मा माओवादी केन्द्रका सांसद टंक आङबुहाङ कारबाहीमा परेपछि अहिले ९२ सदस्य बाँकी छन् । जसमा एमालेको ५१ सिट छ । त्यसमध्ये खनाल-नेपाल समूहका २२ सांसद छन् ।एमाले एक्लैको बहुमत रहेको यो प्रदेशमा खनाल-नेपाल समूहले कर्णालीमा जस्तै भूमिका खेल्दा कुनै पनि बेला मुख्यमन्त्री शेरधन राईको सरकार ढल्ने पक्काजस्तै छ ।
प्रदेश २प्रदेश २ को सभा १ सय ७ सदस्यीय छ । जसमा एमालेका २१ सांसद मात्रै छन् । जसपाको नेतृत्वमा सरकार छ । यहाँ एमालेको संसदीय दलमा खनाल-नेपाल समूह बहुमतमा छ ।यो समूहका १३ सांसदले सत्यनारायण मण्डललाई संसदीय दलको नेताबाट हटाएर केही दिनअघि नै शत्रुधन महतोलाई नेता चनिसकेका छन् । ओली समूहमा ८ सांसद मात्रै छन् ।जसपाभित्रको राजनीति थप पेचिलो बन्द विभाजनउन्मुख बन्ने अवस्थामा यहाँकाे सरकार पनि परिवर्तनको सम्भावना बढ्छ । जसपाको केन्द्रीय विवादले यसको संकेत पनि गरिसकेको छ । यस्तो अवस्थामा यो प्रदेशमा खनाल-नेपाल समूह निर्णायक शक्तिको रुपमा उभिने देखिन्छ ।
बागमती प्रदेश१ सय १० सदस्यीय बागमती प्रदेश सभामा एमालेका ५७ सांसद छन् । जहाँ खनाल-नेपाल समूहका मात्रै २३ सांसद छन् ।मुख्यमन्त्री डोरमणी पौडेल नेतृत्वको सरकार ढालेर विकल्पमा अर्को गठबन्धन सरकार बनाउन कुनै पनि बेला यो समूहले निर्णायक भूमिका खेल्न सक्छ ।
गण्डकी प्रदेशयहाँको प्रदेशसभामा ६० सांसद छन्। जसमा एमालेका मात्रै २७ छन् । स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका दीपक मनाङे पनि एमालेमै छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीसँगै ३ सांसद रहेको राष्ट्रिय जनमोर्चा सरकार विस्थापनको पक्षमा उभिएका छन् ।कथम कदाचित जनमोर्चाले गुरुङको निरन्तरता चाहे पनि खनाल-नेपाल समूहमा रहेका एक मात्र सांसद इन्द्रलाल सापकोटा अनुपस्थित भएमा पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढल्छ । सापकोटा मात्रैले पनि ‘फ्लोर क्रस’ गरे भने सरकारले बहुमत गुमाउँछ ।
लुम्बिनी प्रदेश८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका २ सांसद कारबाहीमा परेपछि हाल ८५ सांसद बाँकी छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै सरकार अल्पमतमा पर्छ या अविश्वास दर्ता भए बहुमत जुटाउनुपर्ने हुन्छ । तर हालसम्म माओवादीको समर्थन जारी छ ।एमालेका ४१ सांसदमध्ये दुईजना नेपाल समूहका छन् । उनीहरूले विपक्षी गठबन्धनलाई साथ नदिए पनि सरकार ढल्न त सक्छ तर, जनता समाजवादी पार्टीको भूमिका स्पष्ट नभएको अवस्थामा खनाल-नेपाल समूह सरकारविरुद्ध खडा हुँदा विपक्षी गठबन्धनलाई सहज हुन्छ । यो प्रदेशमा कांग्रेसका १९, माओवादी केन्द्रका १८ र जसपाका ६ जना सांसद छन् ।
सुदूरपश्चिम प्रदेश५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमालेसँग सभामुखसहित २५ सांसद छन् । जसमध्ये नेपाल समूहका मात्रै १८ जना छन् । ६ सांसद ओली समूहमा छन् ।माओवादी नेतृत्वको अहिलेकै सरकार टिकाउन खनाल-नेपाल समूहले भूमिका खेल्न सक्छ । तर देशैभरि माओवादी या कांग्रेसको नेतृत्वमा प्रदेश सरकारहरु बनाउन सहयोग गर्नुपर्दा यो समूहले यहाँ भने आफ्नै नेतृत्वमा सरकार बनाउने तयारी गर्न सक्छ ।