काठमाडौं । नेकपा एमालेका खनाल–नेपाल पक्षका सांसदहरुको बैठक अहिले बसिरहेको छ ।पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले २७ सांसदलाई स्पष्टीकरण सोधेपछि खनाल–नेपाल पक्षका सांसदहरु आन्तरिक छलफलमा जुटेका हुन् ।बैठक बानेश्वरको एक होटलमा अहिले जारी छ ।अध्यक्ष ओलीले पार्टी र सरकारविरूद्ध गतिविधि गरेको भन्दै तीन दिनभित्र स्पष्टीकरण दिन मंगलवार २७ सांसदलाई पत्र पठाउनुभएको छ ।अध्यक्ष ओलीले स्पष्टीकरण सोधिएका सांसदमा माधव नेपाल, झलनाथ खनाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, पवित्रा निरौला, झपट रावल, यज्ञराज सुनुवार, जीवनराम श्रेष्ठ, भवानी खापुङ, विरोध खतिवडा, सोमप्रसाद पाण्डे, नारायण खतिवडा, गणेश पहाडी, जयकुमार राई, दिपकप्रकाश भट्ट, योगेशकुमार भट्टराई, हिराचन्द्र केस, पुष्पाकुमारी कर्ण कायस्थ, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, कृष्णलाल महर्जन, सरलाकुमारी यादव, नीरादेवी जैरु, रामकुमारी झाँक्री र मुकुन्द न्यौपाने रहनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८ २१:३३