हिमलाल पराजुलीस्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जिल्लाको तीन ओटा स्थानीय तहमा वैशाख मसान्तसम्मको लागि निषेधाज्ञा जारी गरेको छ।जिल्ला प्रशासन कार्यालय स्याङ्जाले एक आदेश जारी गर्दै जिल्लाको वालिङ, गल्याङ र चापाकोट नगरपालिकालाई वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको हो ।पछिल्लो समय कोरोनाको दोस्रो भेरियन्टको संक्रमण उच्च रुपमा फैलिएको भन्दै सोमबार बिहान ६ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा गरेको हो । कोरोना नियन्त्रणका लागि नेपाल सरकारको मन्त्रिपरिषदको निर्णय तथा जिल्लाको भिड संकट व्यवस्थापन केन्द्र तथा जिल्ला सुरक्षा समितिको आईतबारको निर्णय समेतको आधारमा संक्रमक ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) ले दिएको अधिकार प्रयोग गरी तीन पालिकामा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।आदेशको पालना गर्न गराउन सबै व्यक्ति संघसंस्था, पेशाकर्मी व्यवसायी तथा आमानागरिकको कर्तव्य भएको भन्दै आदेशको उल्लंघन गरेमा संक्रमक रोक ऐन अनुसार कारबाही हुने जनाएको छ ।प्रमुख जिल्लाअधिकारी दिपकराज नेपालद्वारा जारी आदेशमाऔषधि उपचार र अत्यवश्यक बाहेक घरबाहिर ननिस्कन, सबै प्रकारका तालिम, गोष्ठी, सभा समारोह नगर्न आग्रहगरिएको छ भने एम्बुलेन्स, शवबाहन, दमकल, अत्यवश्यक खाद्य सामाग्री, पशुपंक्षीका दाना, दुध, फलफुल, माछामासु पानी, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामाग्री, औषधीका सवारी साधन, अत्यवश्यक सरकारी कामकाजका लागि प्रेस तथा सञ्चारकर्मीले प्रयोग गरेका सवारी बाहेक अन्य सवारी चल्ने छैनन् भने सिद्धार्थ राजमार्ग हुँदै अन्यत्र जाने सावरी साधनको हकमा निषेधित क्षेत्रमा यात्रु चढाउन र ओराल्न पाईने छैन ।मठ मन्दिर विभिन्न धार्मिक स्थलहरुमा नित्य पूजाबाहेक अन्य सामाजिक तथा सांस्कृतिक धार्मिक गतिविधिहरु सञ्चालन नगर्ने, स्वास्थ्य, सुरक्षा, सञ्चार विद्युत, खानेपानी, दमकलबाहेक अन्य कार्यालयको सेवा बन्द विज्ञप्तिमा जनाइएकाे छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८ २३:५३