काठमाडौं । देशभर कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेपछि स्थानीय प्रशासनहरूले ‘चेन ब्रेक’ गर्न भन्दै काठमाडौंसहित ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीइ प्रशासनले बुधबार आज (बुधवार) बिहानसम्म ५२ जिल्लामा निषेधाज्ञा जारी गरिएको हाे ।थोरै मात्र जिल्लामा निषेधाज्ञाका क्रममा सवारीमा जोर–बिजोर प्रणाली कायम गरिएको सीसीएमसीले जानकारी दिएकाे छ ।निषेधाज्ञा हुनेमा सबैभन्दा सुदूरपश्चिमका जिल्ला रहेका छन् ।बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा तथा चितवनमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ ।त्यस्तै, रुपन्देही, बागलुङ, बर्दिया, सल्यान, सुनसरी, दार्चुला, जाजरकोट, रुकुम पश्चिम, डडेल्धुरा, झापा, मोरङ, गुल्मी, प्युठान, काभ्रेपलाञ्चोक र गोरखामा पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ ।काेराेना संक्रमण तीव्र गतिमा बढ्न थालेपछि बाजुरा, उदयपुर, मकवानपुर, बझाङ, कालिकोट, स्याङ्जा, कपिलवस्तु, रामेछाप, नुवाकोट, ताप्लेजुङ, धनुषा, अर्घाखाँची, बैतडी, दैलेख, महोत्तरी, डोटी, डोप्ला, नवलपरासी पूर्व, रोल्पा, म्याग्दी, मुगु र तनहुँमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेकाे छ ।त्यस्तै, संक्रमण र मृत्युकाे दर पनि बढ्न थालेपछि बारा, सिरहा र नवलपुरमा पनि निषेधाज्ञा जारी गरिएकाे छ ।
प्रकाशित मिति: बुधबार, वैशाख २२, २०७८ १९:०६