काठमाडौं । विपक्षी गठबन्धनका तर्फबाट सर्वोच्च अदालतमा दायरा गर्न लागेको रिटमा नेकपा एमाले खनाल–नेपाल समूहका २३ जना सांसदले हस्ताक्षर गरेका छन् ।वपक्षी गठबन्धनका दलहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न सांसदहरुको हस्ताक्षर संकलन गरेका हुन् । हो ।रिटमा एमालेको खनाल–नेपाल समूहबाट झलनाथ खनाल, माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन र झपट रावलले हस्ताक्षर गर्नुभएको छ ।त्यस्तै निरादेवी जैरू, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, पुष्पाकुमारी कर्ण कायस्थ, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, दीपकप्रकाश भट्ट, नारायण खतिवडा र मेटमणि चौधरीले पनि हस्ताक्षर गर्नुभएको बताइएको छ ।तर खनाल–नेपाल समूहमै रहनुभएका गोकर्ण विष्ट, पवित्रा निरौला खरेल र गणेश पहाडीले भने हस्ताक्षर नगर्नुभएको स्रोतको भनाइ छ ।विपक्षी गठबन्धनका १४६ सांसदहरुको हस्ताक्षर सहित आजै सर्वोच्च अदालतमा रिट दायर गर्ने बताइएको छ । रिट निवेदनमा नेपाली कांग्रेसका ६१, माओवादी केन्द्रका ४९,जनता समाजवादी पार्टीका १२ र राष्ट्रिय जनमोर्चाका एकजना सांसदको हस्ताक्षर रहेको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८ १९:४७