हजारौं नेता कार्यकर्ताको बलिदान र योगदानले निर्माण भएको पार्टीलाई अध्यक्ष ओलीले आफ्नो मात्र पेवा सम्झेकोले आज पार्टी कमजोर अवस्थामा आईपुग्यो । पार्टीमा योग्य, इमान्दार,क्षमतावान र लामो समयदेखि योगदान गरिरहेका हजारौं कार्यकर्तालाई निषेध गरेर अराजक,अशिष्ट, अनुशासनहीन अनि विचारशून्य झुण्डलाई कथित साइबर सेनाको नाम दिएर नेता र आफ्नै सहयोगीहरुको मान मर्दन गर्न परिचालन गर्नुभयो । अध्यक्ष ओली त्यतिमा मात्र रोकिनु भएन । डन र दलाल पुँजीपतीहरुको ठूलो पंक्ति पार्टीभित्र हुल्नुभयो । जसले गर्दा इमान्दार नेता कार्यकर्ता क्रमशः पलायन हुन थाले । –विष्णु लम्सालसबैलाई थाहै भएकै कुरा हो, पहिले देखिनै कमरेड केपी शर्मा ओली पार्टीमा सधै फरक मत राख्ने गर्नुहुन्थ्यो । संघीयता तर गणतन्त्रको नारा घन्काउदै २०६२÷२०६३ सालमा जनता सडकमा उत्रिरहेको बेला जनताको बोलीमा सबै दलका नेताले सहमति जनाउदै आन्दोलनको नेतृत्व गरेका थिए ,तर त्यसबेला पनि कमरेड आलीले गणतन्त्र र संघीयताको बारेमा फरक धारणा राख्नुभएको थियो । तर पनि जनचाहना अनुरुप गणतन्त्र स्थापना भएरै छँड्यो । पार्टीमा फरक धारणा राख्ने कुरालाई अन्यथा लिनु पनि हुदैन । उहाँले पार्टीमा फरक धारणा राखे पनि, नेतृत्वसँग चरम अन्तरविरोध बढे पनि तत्कालीन नेतृत्वले उहाँलाई पार्टी तथा सरकारमा उचित स्थान दिएकै थियो । पटक पटक सरकारमा अवसर दिएकै कारण गृहमन्त्री, परराष्ट्रमन्त्री, उपप्रधानमन्त्री लगायतका थुप्रै जिम्मेवारी सम्हाल्ने मौका पाउनुभएको थियो । अवसर दिनु पनि पर्दथ्यो, किनकी पार्टी निर्माणमा उहाँको पनि महत्वपूर्ण योगदान थियो ।जब उहाँ स्वयम् पार्टीको ड्राइभिङ सिटमा आसिन हुनुभयो, हामी सबै प्रत्यक्षदर्शी छांै कि उहाँ बिस्तारै एक पक्षीय बन्दै जानुभयो । पहिलो पटक प्रधानमन्त्री बन्दा उहाँको मन्त्रीमण्डल एकपक्षीय जस्तै नै थियो । एकाध मान्छेलाई उहाँले स्थान दिनुभएको थियो । तर पनि अन्य सहकर्मी नेताहरुले त्यसलाई सहज रुपमा नै लिनुभएको थियो । किनकी प्रधानमन्त्रीलाई जो मानिस लिदा सहज हुन्छ उहि लिनुभयो , ठिकै छ भन्ने भयो । यद्यपी त्यसभन्दा पहिले मन्त्रीमण्डलमा पठाउने मान्छेको तय पार्टीले गरेर प्रधानमन्त्री कहाँ सिफारिस गर्दथ्यो । पार्टी पद्यती पनि त्यहि नै हो । पहिलोपटक प्रधानमन्त्री बन्दा भारतसंग लिएको अडानले उहाँ र पार्टी दुवैको छवि उच्च भएको थियो । तर अहिले त्यो छवि उस्तै छ कि धमिलो भयो ? विश्लेषणको जिम्मा यहाँहरुलाई नै छोडिदिएको छु ।जब उहाँ दोश्रो पटक दुई तिहाईको समर्थन प्राप्त प्रधानमन्त्री बन्नुभयो, उहाँबाट धेरै आशा अपेक्षा गरिएको थियो । सकारात्मक व्यवहार समन्वय र सहकार्यका साथ अघि बढ्नु हुनेछ भन्ने विश्वास पनि लिइएको थियो । यो उहाँ अनि पार्टी दुवैका लागि राम्रो गरेर देखाउने ऐतिहासिक अवसर थियो ।तर सोचेजस्तो हुन सकेन । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीको दम्भ, असहिष्णुता र एक्लै हिड्ने प्रवृति व्यापक रुपमा बढेर गयो ।कसरी बढ्न थाल्यो ओलीको निषेधको राजनीति र असहिष्णुता ?पार्टी नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड समेतको समर्थनमा विद्यादेवी भण्डारीलाई दोश्रो पटक राष्ट्रपति बनाईयो । तर ओलीले राष्ट्रपति भण्डारी भन्दा धेरै पुरानो र आफ्ना दुधे बालकहरु छोडेरै भूमिगत रुपले पार्टी निर्माणमा खटिने लामो इतिहास बोकेको निष्ठावान नेतृ अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बन्नबाट रोक्नुभयो । पार्टीका पुराना नेता भिम आचार्यमाथि पनि अन्यायपूर्ण व्यवहार गर्नुभयो । अहिले पार्टी भित्रको अन्तरविरोध चरम उत्कर्षमा पुगेको छ । तर त्यसबेला त्यस्तो केहि थिएन । केपी ओलीले ल्याएका हरेक प्रस्ताव सर्वसम्मतिले पास गरिएकै थियो । बिना होमवर्क माओवादीसँग पार्टी एकताको घोषणा गरियो । मनमा संशय भएपनि राम्रै काम हो, ठिकै छ भनेर सबैले सहयोग र स्वागत नै गर्नुभएको थियो । राम्रा काम सँगसँगै केहि गलत प्रवृत्तिहरुपनि झाँगिदै गएका थिए । पार्टी एकिकरण जस्तो महत्वपूर्ण कुरा दुईजना अध्यक्ष मात्र बसेर टुङग्याउने , दुईजनाबीच प्रधानमन्त्री आधा आधा कार्यकाल चलाउने लिखित सम्झौता गर्ने जस्ता गम्भीर निर्णयहरु लिइए । तर ती सम्झौता र निर्णयहरु कार्यन्वयनमा आउन सकेनन् र एकिकरण प्रक्रिया संकटमा पर्दै गयो । गरेका सम्झौता प्रति केपी ओली इमान्दार नहुँदा भंग हुदै गए र दुई अध्यक्षको बीचमा असमझदारी तीव्र रुपमा बढेर गयो । यो रमिता त अरु नेताहरुले गरेका थिएनन् । सम्झौता गर्ने पनि र सम्झौता तोड्ने पनि उहाँहरु नै हुनुहुन्थ्यो । दुईजना अध्यक्ष मिल्दासम्म पार्टी कमिटीहरुका बैठक, छलफल, विधि पद्धति बिधान सबै कुरालाई बन्धक बनाईयो । अर्को शब्दमा भन्नुपर्दा कम्युनिष्ट पार्टी चलाउने भद्रगोल तरिकाको विकास गरियो ।त्यसैगरी दोश्रो पटक प्रधानमन्त्री बनेपछि पनि एकाध बाहेक सबै मन्त्रीहरु आफ्नै अनुकुलका नेताहरुलाई बनाउनुभयो । त्यसमा पनि कुनै टिप्पणी गरिएन । प्रधानमन्त्रीलाई जो चलाउन सजिलो लाग्यो उहाँलाई नै नियुक्ति गर्नुभयो । तर एउटा प्रश्न उठछ, ती मन्त्रीहरु जनताको काममा कति खरो उत्रन सके ? कति पारदर्शि बन्न सके ? यो घाम जतिकै छर्लङ्गै छैन र ? हजारौं नेता कार्यकर्ताको बलिदान र योगदानले निर्माण भएको पार्टीलाई अध्यक्ष ओलीले आफ्नो मात्र पेवा सम्झेकोले आज पार्टी कमजोर अवस्थामा आईपुग्यो । पार्टीमा योग्य, इमान्दार,क्षमतावान र लामो समयदेखि योगदान गरिरहेका हजारौं कार्यकर्तालाई निषेध गरेर अराजक,अशिष्ट, अनुशासनहीन अनि विचारशून्य झुण्डलाई कथित साइबर सेनाको नाम दिएर नेता र आफ्नै सहयोगीहरुको मान मर्दन गर्न परिचालन गर्नुभयो । अध्यक्ष ओली त्यतिमा मात्र रोकिनु भएन । डन र दलाल पुँजीपतीहरुको ठूलो पंक्ति पार्टीभित्र हुल्नुभयो । जसले गर्दा इमान्दार नेता कार्यकर्ता क्रमशः पलायन हुन थाले । गरिव मजदुर किसान तथा श्रमजीवि जनताको उत्थान गर्ने भन्ने घोषणापत्र मार्फत व्यक्त प्रतिबद्धताबाट पछि हट्दै दलाल पुंजीपति र बिचौलियाहरुको स्वार्थ रक्षामा तल्लीन हुनुभयो । तर आफ्नो कुकर्मलाई ढाकछोप गर्न घेराबन्दी भयो, काम गर्न दिइएन भन्ने राग अलाप्न चाहिं छोड्नु भएन । उहाँको बुझ्न नसकेको कुरा के छ भने प्रायः मन्त्री आफैले मन पराएका र आफू अनुकूलको मान्छे छन् । कर्मचारी आफैले सेटिङ मिलाएर आफूले चाहेको ठाउँमा खटाइएका मान्छे छन् । संवैधानिक निकायमा सबै आफैले भर्ति गरेका मान्छे छन् । योजना आयोगमा सबै आफ्नै मान्छे छन् । सल्लाहकारहरु सबै अहिले मन पराएर अनि दोहो¥याएर राखेका मान्छे छन् । राजदूत सबै एकलौटी ढंगले आफैले नियुक्ति गरेका मान्छे छन् । राष्ट्रपति सधै दाहिना छन् । संसदमा अवरोध होला भनेर भट्टाभट आफू अनुकुलका अध्यादेश ल्याउने काम भएकै छन् । त्यति गर्दा पनि काम गर्न दिइएन भन्न छोड्नु हुन्न । नेपाली समाजमा एउटा उखान प्रचलित छ, आफ्नो छोरी कुन्नी के .... माउली तन्नेरीलाई दोष भनेको जस्तो भएन र ? अझ स्पष्ट शब्दमा बुझ्ने गरी भन्दा नाच्न नजान्ने आँगन टेढो भने जस्तो भएन र ?अर्को कुरा काम गर्न दिइएन भन्न पनि नछोड्ने अनि मैले अतुलनीय काम गरेको छु भन्न पनि पछि नपर्ने । यो कस्तो बिरोधाभाष कुरा हो ? हरेक कुराको जस्टीफाई गर्न सक्ने तर्क, तथ्य र आधार हुनै पर्दछ । एकातिर प्रधानमन्त्री भन्नुहुन्छ, अतुलनीय विकास भएको छ , अर्को तर्फ उहाँकै मातहत रहेको अर्थमन्त्रालय भन्छ, तीन वर्षदेखि विकास खर्च तीस प्रतिशत भन्दा माथि जान सकेको छैन । यो भन्दा परस्पर विरोधी कुरा के हुनसक्छ ? त्यस्तै विकास भन्ने कुरा जनताले परिवर्तनको अनुभूति गर्ने अवस्थाको निर्माण गर्नु हो । रोजगारीको अवसर बृद्धि भएर जाने कुरा हो । दुखबाट सुःख तर्फको यात्रामा लम्कने कुरा हो । तर प्रधानमन्त्रीले भने जस्तो विकासको कुरा यहाँ हुन सकेको छैन । यो मेरो आरोप होइन, तथ्यले देखाएको कुरा हो । तथ्यहरुले भन्छ हाम्रो देशको प्रतिव्यक्ति आय क्रमशः घटिरहेको छ । रोजगारी सृजनाको कुनै आधार खडा गर्न सकेको छैन । मानिसले भएकै रोजगारीबाट हात धोइरहेका छन् । विकासको बाधक भ्रष्टाचार पनि हो । तर तथ्यहरुले भ्रष्टाचार र कमिशनतन्त्र मौलाउदै गएको देखाउछ । अब प्रधानमन्त्रीले भनेको जस्तै व्यापक विकास भएको छ भनेर पत्याउने आधार के रह्यो र ? कि हाम्रा प्रधानमन्त्री आफ्नै मान्छे हुन् उनले भनेपछि पत्याइदिउँ न त भन्ने हो भने बैग्लै कुरा भयो । मान नमान तु मेरा मेहमान भने जस्तो, अब दुई चारवटा भौतिक संरचनाको निर्माणलाई व्यापक विकास भनेर सन्तुष्ट हुने हो भने त हाम्रो भन्नु केहि छैन । तसर्थ निर्वाचनको बेला आफैले जारी गरेको घोषणा पत्र पल्टाएर हेरे थाहा भैहाल्छ प्रधानमन्त्री ओलीले कति विकास गर्नुभयो भन्ने कुरा ।फेरि पुरानै प्रसँगमा फर्कौ । जब हठात ढंगले नेकपाको निर्माण भयो यसले कार्यकर्तामा नयाँ उत्साह थपेको थियो र जनतामा पनि विकासको सपना पूरा हुने आशा पलाएको थियो । जनताको सपना पूरा गर्ने उदेश्यले निर्मित कम्युनिष्ट पार्टी स्वयम पनि व्यवस्थित र विधि पद्धती,छलफलका माध्यमबाट योजना निर्माण गर्दै अघि बढ्नु अनिवार्य थियो । तर पार्टी सो अनुरुप अघि बढेन । छलफललाई सानो संख्याको सचिवालय अनि दुईजना नेताको कमिटीमा सीमित गरियो । सचिवालयको सन्तुलनमा पनि छिटो छिटो परिवर्तन भैरहयो । आफू अनुकुल हुँदा सचिवालयमा छलफल गर्ने र प्रतिकूल हुँदा कमिटीलाई बाईपास गर्ने काम निरन्तर रुपमा अध्यक्ष ओलीबाट भैरहे । त्यति मात्र नभई पार्टीको स्थायी कमिटी र केन्द्रीय कमिटीलाई पनि पूर्ण रुपमा उपेक्षा गरियो । पार्टी कमिटीबाट भागेर सानो कोटरीमा बसेर निर्णय गर्ने गलत परम्पराको थालनीले पार्टी क्रमश कमजोर बन्दै गयो । यसले कमरेड केपीमा निरंकुश प्रवृत्ति जन्मायो जसका कारण पार्टीभित्र अन्तरविरोध झाङ्गिदै गयो । यसलाई करेक्सन गर्ने काममा शुरुमा अन्य नेताहरुले पनि उचित ध्यान पु¥याउनु भएन र केपी ओली त करेक्सन भन्दा पनि विधि पद्धति मार्नमै तल्लिन रहनुभयो । त्यसको परिणाममा पार्टीमा ठूला ठूला समस्या आउन थाले, द्वन्द बढेर गयो । सरकार पनि बेलगामको घोडा बन्दै गयो । २०७७ साल भाद्र २६ गते आएर द्वन्द समाधानका लागि क. प्रचण्ड र क. माधवकुमार नेपालले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदमा रहनुस तर पार्टी मिलाएर लैजानुस भन्ने प्रस्ताव राखेपछि क. केपी ओलीले त्यसमा सहमती जनाउनु भयो । र, सोही बमोजिमको निर्णय भयो । त्यसले सबैलाई उत्साही बनायो । तर त्यसको कार्यान्वयनमा केपी ओलीले इमान्दारिता देखाउनुपर्ने ठाउँमा पुनः एकलौटी ढंगले निर्णय गर्दै अघि बढ्नुभयो । सरकार पनि बेलगामको घोडा बन्दै गयो । चारैतिरबाट पार्टी र सरकारको आलोचना हुन थाल्यो । आलोचना स्वभाविक थियो । किनकी आलोचनाले करेक्शन गर्न मद्धत पुग्छ तर आलोचनाको कुनै पर्वाह नै गरिएन र उल्टै ओठे जवाफ फर्काउने काम मात्र हुन थाल्यो ।मूख्य चालक बनाएर ड्राइभिङमा सिटमा पु¥याएको मान्छेले सवारी ठिक ढंगले नचलाउदा दुर्घटना हुन सक्छ । सवारी ठिक ढंगले चलाउनुस भन्दा त्यसलाई सकारात्मक ढंगले ग्रहण गर्नुको सट्टा आफ्नै सहकर्मी यात्रुमाथि असहिष्णु ढंगले खनिने काम भैरहयो । सवारी साधनले लिक छोड्न लाग्यो लिकमा ल्याउनुस भन्दा सहयोग भयो कि असहयोग ? तर उहाँले असहयोग भयो भनेर लाञ्छाना लगाउने काम गरिरहनुभयो । क्रमशः प्राप्त उपलब्धी गुम्दै गए । एकपटक तुलना गरेर हेरौं त हिजो र आजको पार्टीको अवस्था । यहाँ मैले केहि उदाहरण मात्र उल्लेख गरेको छु । किनकी सबै फेहरिस्त यो एउटा लेखमा समेट्न असम्भव छ ।२०७४ सालमा भएको निर्वाचनबाट झण्डै २ तिहाईको सरकारका कसैले हल्लाउन नसक्ने प्रधानमन्त्री बन्न सफल केपी ओली आज घोर अल्पमतमा परि कसरी कुर्सी जोगाउने भन्ने परिस्थितिमा पुगेका छन् । कुर्सी जोगाउन संविधान, कानून, नैतिक मूल्य मान्यता सबै कुल्चन तयार भएर अघि बढ्दा पनि हम्मे हम्मे परिरहेको अवस्था छ । त्यस्तै आफैले थालेको माओवादीसँगको एकीकरण प्रकृया आफ्नै दम्भ, दाउपेच र असहिष्णुताका कारण आज भंग हुन पुगेको छ । ठूला दुई कम्युनिष्ट पार्टीको एकीकरण गर्ने ऐतिहासिक श्रेय पाएका केपी ओलीले त्यो श्रेयलाई धेरै दिन टिकाउन सकेनन् । माओवादीसँगको एकता त भंग गरे गरे, आफ्नै एमाले पार्टीमा झण्डै ५ दशक सँगसँगै काम गरेका आफ्नै सहकर्मी वरिष्ठ नेताहरु क.माधवकुमार नेपाल, क. झलनाथ खनाल लगायतका दर्जनौं नेताहरुलाई गरेको प्रतिशोधपूर्ण निश्कासनले पार्टीलाई विभाजनको मुखमा धकेल्ने काम भयो । त्यस्तै उहाँले २ तिहाईको कम्युनिष्ट पार्टीको सरकारबाट जनताले देखेको आमूल परिवर्तनको सपनामाथि समेत तुषारापात गरिदिनुभयो । सुखी नेपाली समृद्ध नेपाल भन्ने पार्टीको नारा केवल नारामै मात्र सीमित हुन पुग्यो । उहाँले यस काममा सिन्को पनि भाँच्नु सक्नु भएन । त्यस्तै उहाँले गरेको अर्को ठूलो भूल भनेको आफ्नो स्वार्थ अनुकूल मात्र चलाउन खोज्दा राष्ट्रपतिको गरिमामाथि पनि आँच पु¥याउनु भयो । त्यसमा स्वयं राष्ट्रपतिले पनि आफ्नो र राष्ट्रपति संस्थाको गरिमाको ख्याल नगरी प्रधानमन्त्रीको इशारामा चल्दा संस्थाप्रतिको जनविश्वास गुम्दै गैरहेको छ । राष्ट्रपति कार्यालयलाई प्रधानमन्त्रीको साखा कार्यालयको रुपमा प्रयोग गर्न खोजियो यो अत्यन्त खेदजन्य बिषय बन्न पुग्यो । त्यस्तै हिजो राष्ट्रियताको सवालमा दृढ अडान लिने केपी ओली आज कुटनैतिक मर्यादालाई कुल्चिएर भारतीय एजेन्टसंग निर्वाध रुपमा घाँटी जोड्ने र उनीहरुकै इशारा मुताविक राष्ट्रहीत विपरित सहमति गर्दै निर्णय लिने काम गरिरहेका छन् । नागरिकता जस्तो संवेदनशील बिषयमा हठात अध्यादेश ल्याउनु, पुस्तकमा चुच्चे नक्शा प्रकाशन गर्ने निर्णयबाट पछि हट्नु, दीर्घकालीन रुपले नेपाली राष्ट्रियता माथि आँच आउने एमसीसी जवर्जस्ती पारित गर्न खोज्नुले उनीमाथि थुप्रै आशंका र प्रश्नहरु जन्मिएका छन् । समयले यसको छिनोफानो पनि गर्नेनै छ ।अहिले पार्टी भित्र रहेका केहि अवसरवादी झुण्डहरुको उक्साहटमा लामो त्याग र योगदान गरेका आफ्ना सहकर्मी नेताहरुलाई पार्टीबाट निस्काशन गरिएको छ । अन्य नेताहरुलाई पनि क्रमशः निस्काशन गर्ने दिशातर्फ अघि बढिरहेको देखिन्छ । योभन्दा ठूलो दम्भ र असहिष्णुता के नै हुन्छ र ? ठिकै छ निकाल्नुस तपाईको यो तथाकथित कार्वाहीले जनताको जीवन रुपान्तरणका लागि दशकौं देखि प्रारम्भ भएको यात्रा रोकिने छैन । केपी ओलीले पार्टीभित्र भित्र्याएका विकृति, विसंगति, बेथिति विरुद्धको लडाई निरन्तर जारी रहन्छ र तानशाह बनेर पार्टी र जनतालाई धोका दिने अभिष्ट पुरा हुन किमार्थ दिइनेछैन । किनकी यो पार्टी निर्माणमा हाम्रो पनि धेरै रगत पसिना लगानी भएको छ । र, यो तिम्रो मात्र विर्ता होइन भन्ने बुझ कमरेड केपी ओली । तिमीहरुले ठानिरहेका होलाउ आफ्ना सहयोद्धाहरु निकालेपछि ठूलो भाग खाउला भनेर । ठूलो भाग त त्यस्तै हो नराम्रोसँग धुलो चाटेपछि थाहा पाउनेछौ कुकर्मको फल कस्तो हुन्छ भनेर । एउटा कुरा याद गर कुनै पनि कुराले सीमा नाघेपछि त्यहाँ विद्रोह पनि हुन्छ, अवज्ञा पनि हुन्छ, संघर्ष पनि हुन्छ र पराजय भने पद र पावरको दुरुपयोग गर्नेकै हुन्छ । रोमानियाका तानाशाह निकोलाई चाउभरेष्कोले मेरो शासनको अन्त्य हुनु र पश्चिमबाट घाम उदाउनु एउटै कुरा हो भन्थे । उनले त्यसो भनेको २४ घण्टा नबित्दै जनताले उनलाई घरबाट थुतेर सडकमा ल्याएर मृत्यूदण्ड दिए । त्यसकारण दम्भ होइन सहिष्णु बन । एउटा कुरा तिमीलाई थाहै छ बिरालोलाई ढोका थुनेर कुट्न थाल्यौं भने त्यसले तिम्रो घाँटी समात्छ भनेर । अहिले त मिठा राष्ट्रजालमा पारेर केहि वरिपरि घुम्ने कार्यकर्ता तयार गरेका छौं । एकदिन तिम्रो जाली कुरा थाहा पाएपछि उनिहरुले पनि साथ छाड्नेछन् अनी तिम्रो हविगत कस्तो होला र एक्लै हिडेर कहि पनि पुगिदैन भन्ने कुरा नविर्सदा राम्रो होला । अन्त्यमा एउटा प्रसंग राखेर यस लेखलाई विट मार्न चाहन्छु ।पार्टीकै एकजना नेताले मलाई केहि बर्ष अघि सुनाउनु भएको कुरा यहाँ राखेको छु ।२०४६ साल पूर्व भूमिगत कालमा मन मिल्ने पार्टी नेताहरु बीच एउटा चर्चा हुन्थ्योरे । वामदेव गौतमलाई पार्टीको मूल जिम्मेवार सुम्पियो भने पार्टी लुलो हुन्छ । केपी ओलीलाई सुम्पियो भने पार्टी धुलो हुन्छ । अहिलेको चर्तिकला हेर्दा होइन भन्न सक्ने अवस्था छैन । त्यसैले असहिष्णुता र दम्भ त्यागेर तिमि प्रति लागेको पार्टी धुलो हुन्छ भन्ने आरोपलाई मिथ्या सावित गरिदेऊ ।लेखक लम्साल नेपाल टे«ड यूनियन महासंघ (जिफन्ट) केन्द्रीय अनुशासन निरीक्षण आयोगका प्रमुख हुनुहुन्छ ।
प्रकाशित मिति: आइतबार, जेठ २३, २०७८ ०१:४७