काठमाडौं । मंगलबारबाट देशभर ६० देखि ६४ वर्षसम्मका नागरिकलाई भेरोसेलको पहिलो डोज लगाइँदै छ।त्यसक्रममा काठमाडौं महानगरपालिकाले कोभिड–१९ विरुद्धको भेरोसेल खोप लगाउन ३२ वटा केन्द्र तोकेको छ।काठमाडौं महानगरले प्रत्यके वडामा खोप केन्द्र तोकेको हो।पाँच दिनसम्म चल्ने यो अभियानको पहिलो दिन २५ जेठमा ६४ वर्षका नागरिकलाई खोप लगाइने महानगरपालिकाले जनाएको छ । त्यस्तै, २६ जेठमा ६३ वर्षका, २७ जेठमा ६२ वर्षका, २८ जेठमा ६१ वर्षका र २९ जेठमा ६० वर्षका नागरिकलाई खोप लगाउने महानगरले जनाएको छ।
काठमाडौं महानगरमा तोकिएका खोप केन्द्र :१) नन्दी रात्री स्कुल, नक्साल२) वडा कार्यालय, लाजिम्पाट३) वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र४) वडा कार्यालय, वालुवाटार५) वडा कार्यालय, हाँडीगाउँ६) महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध७) वडा कार्यालय, मित्रपार्क, चावहिल८) गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी९) अनुपम फुडल्याण्ड, बत्तीस पुतली१०) म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वर११) विश्व निकेटन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर१२) बुद्ध माई अस्पताल, टेकु१३) जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी१४) वडा कार्यालय, भुवनेश्वरी कलंकी१५) भुइँखेल चौर, स्वयम्भू१६) बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र, जुडो हल, नयाँ बजार१७) पब्लिक युथ क्याम्पस, धोवी चौर१८) पुष्पलाल पार्क, विष्णुमती किनार१९) वडा १९ कार्यालय परिसर,२०) शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारी२१) सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल२२) वडा कार्यालय, टेवहाल२३) नव आदर्श विद्यालय, बसन्तपुर२४) इतुमबहाल, तारणीबहाल२५) कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी२६) वडा कार्यालय परिसर, लैनचौर२७) महावौद्ध चोक२८) कार्यालय परिसर, सिटी मार्केट२९) विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार३०) सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक३१) ई.पी.एस. स्कूल, मीनभवन३२) वडा कार्यालय परिसर, पाल्पाकोट
केन्द्रका सम्पर्क नम्बरहरूः