ओखलढुंगा । यहाँका २२ भन्दा बढी वस्तिमा वर्षामा पानी पर्न सुरु भए संगै रात कसरी काट्ने चिन्ता हुने गरेको छ । घर सम्म आएका पहिरोका कारण दर्जनौ स्थानमा स्थानीयको घरवास समेत उठिबास भएको छ ।जिल्लाका विभिन्न स्थानका २२ वस्ति पहिरोको उच्च जोखिममा तथा १४६ पहिरो मानव नियन्त्रण बाहिर रहेको छन् । सिद्धिचरण नगरपालिका ८ सल्लेरीमा १० वर्षपहिले सुरु भएको पहिरोले स्थानीय गोविन्दप्रसाद पौडेललाई विस्तापित गराई रकेको छ भने एउटा गाउँको वस्ति नै स्थानान्तरण गर्नु पर्ने अवस्था आएको छ ।उहाँको घरैसम्म डरलाग्दो पहिरो आइसकेको छ घरै सम्म पहिरो आए पछि दुई वर्ष अगाडी केही माथि घर बनाएर वसेको भए पनि यहाँपनि पहिरो आउँछ की भन्ने डरले रातभरि निन्द्रा नआउने कतिबेला बगाउने हो भन्ने चिन्ताले सताउने गरेको पौडेलले बताउनु भयो । सल्लेरीमा उहाँको मात्रै होइन भिमबहादुर गुरुङ, रामबहादुर गुरुङलगायत ४० परिवार र एक विद्यालय समेत तिलखोरिया पहिरोको जोखिममा छन् ।
यो पहिरोले स्थानीयको १ सय रोपनीभन्दा बढी खेतबारी पहिरोले बगाइसकेको छ । नियन्त्रणका लागि प्रयास भएपनि पहिरो डरलाग्दो भएकाले स्थानीयस्तरमा संभव नभएको वडा अध्यक्ष हेम तामाङले बताउनु भयो । पहिरोले ४० परिवार विस्थापित हुने अवस्थामा रहेको र पहिरोले विद्यालयको खेलमैदान समेत बगाएको उहाँको भनाइ छ । यो पहिरो नियन्त्रणका लागि जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयबाट वार्षेनी योजना परे पनि काम नभइ दुरुपयोग हुने गरेको स्थानीयको गुनासो छ । यस पहिरोका लागि हरेक वर्ष जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालयबाट तार जाली लगाउने काम भएको भए पनि टाठाबाठाहरुलाई कमाईखाने भाडोका रुपमा पहिरो रहेको स्थानीयको आरोप छ । यता पहिरो नियन्त्रणका लागि जलस्रोत तथा सिंचाइ डिभिजन कार्यालय ओखलढुंगाबाट आफुहरुको प्रयास जारी रहेको भए पनि यो पहिरो नियन्त्रणमा आउन नसकेको वर्षेनी काम गर्दै आउनेहरु बताउँछन् ।
त्यस्तै गरि मोलुङ गाउँपालिका २ वरुणेश्वरस्थित डाँडागाउँमा पहिरोको चपेटामा स्थानीयको निद्र नपर्ने गरेको बताउँछन् । डाडाँ गाउँकी ६८ वर्षीय पुटी शेर्पा पनि वर्षामा रातभरि निद्र नआउँने बताउनुहुन्छ । गाउँमै बाँस र खरको सानो झुप्रो बनाएर बसिरहनु भएकी उहाँ ८ वर्षअघि नै पहिरोले गर्दा घर जोखिममा परेपछि विस्थापित हुनु भएको थियो । जाऊँ भने कता जाऊँ, जाने ठाउँ छैन,’ बसौं भने पहिरोले बसीखान दिएन कसरी बाँच्नु उहाँले प्रश्न गर्नु भयो ।निर्वाहमुखी खाद्यवाली र तरकारी लगाएर जीविका धान्ने जग्गा समेत पहिरोले बगाइदिएपछि शेर्पा लगाएत डाँडा गाउँको शेर्पा वस्ति अहिले चिन्तित रहेका छ । ०५० सालभन्दा अघि लिपेखोलाको कटानका कारण चलेको डाँडागाउँको पहिरोले करिब ३ सय रोपनी जमिन बगाइसकेको छ । आधा दर्जनभन्दा बढी घर विस्थापित गराएको पहिरोका कारण सिंगो गाउँ नै धाँजा फाँटेको छ ।
हिउँदमा विर्सने वर्षामा राहतहरेक वर्ष पानी पर्न सुरु भए पछि जिल्लाका गैरसरकारी तथा सरकारी निकाय वितरणका लागि तँछाड म छाड गर्ने गरिएको भए पनि हिउँदमा कसैले चासो नदिँदा सर्वसाधरणलाई आहात पुुग्ने गरेको छ । हरेक वर्ष पहिरो नजिक घर भएका हरुलाई सामान्य पानी पर्दा समेत निद्रा नलाग्ने गरेको सिद्धिचरण नगरपालिका– १० का सन्तोष घलेमगरको भनाई छ ।सरकारी तथा गैरसरकाी निकायले वर्षाको समयमा जनतालाई राहात भन्दा पनि हिउँदको बेला वस्ती स्थानान्तरण तथा पहिरो रोकथाममा लाग्नु पर्ने उहाँको भनाई छ । पहिरो जान थाल्दा जनता संझने तर अरु समय वास्ता नगर्दा सर्व साधरणको दैनिकी कष्टकर बन्ने गरेको् घलेमगरले बताउनु भयो ।
प्रदेश १ कै संवेदनशीलओखलढुंगा जिल्लालाई भूक्षयका दृष्टिकोणले प्रदेश १ कै सबैभन्दा संवेदनशील जिल्ला मानिएपनि ठूला पहिरो नियन्त्रणका लागि हालसम्म कतैबाट पहल हुन सकेको छैन । जिल्ला विपद् व्यवस्थापन समितिको तथ्यांकअनुसार ओखलढुंगाका २२ वटा वस्ती पहिरोको उच्च जोखिममा छन् । मध्यम जोखिममा १४ वटा र जोखिममा ३ वटा छन् ।जिल्लाभित्र असंख्य मात्रामा रहेका साना पहिरो नियन्त्रणको प्रयास भइरहेपनि मानव नियन्त्रण बाहिर रहेका ठूला पहिरोले दर्जनौँ वस्ती जोखिममा पारेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट विपद्को अवस्थाको आंकलन गरेर उद्धार तथा राहतका लागि तयारी गरिएको भए पनि यस्ता पहिरो नियन्त्रण तथा बस्ति स्थानानान्तरणमा कसैको ध्यान पुगेको देखिदैन । जिल्ला तथा स्थानीय तहबाट यस्ता पहिरो नियन्त्रणका लागि दिर्घकालीन योजना बनाउनु पर्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
भुकम्प पछि जोखिम बढ्योपहिरोले गर्दा डाँडागाउँ र धनेपुका ५६ घर परिवार जोखिममा छन् । तत्कालीन जिल्ला भू संरक्षण कार्यालय ओखलढुंगाले तयार गरेको अभिलेख अनुसार जिल्लाभित्र रहेका १ सय ४६ वटा ठूला पहिरो मानव नियन्त्रण बाहिर छन् । ०७२ सालको भूकम्पपछि पहिरोको संख्या थपिएको छ । भूकम्पले मोलुङ गाउँपालिकाको हर्कपुर र प्राप्चा, लिखुको टारकेराबारी, गाम्नाङटार, खिजीदेम्वाको रगनी लगायतका गाउँ पहिरोको चपेटामा परेका छन् । वस्तीभन्दा तल र माथिको भूभागमा पहिरो गएपछि ती स्थानका वस्ती स्थानान्तरणको काम सुरु गरिएको पुनः निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यन्वयन इकाइ ओखलढुंगाले जनाएको छ । हाल सम्म पहिरोले विस्थापित भएका ८४ परिवारको स्थानान्तरण प्रक्रिया सकिएको छ ।
सडकका कारण जोखिमप्छिल्लो समय जिल्लामा विकासका नाममा डोजर प्रयोग गर्नाले विनासस भई रहेको छ । हरेक वस्तीमा सडक पुर्याउनका लागि सडकको ट्याक खोल्दा जिल्लामा पहिरोको जोखिम बढ्दै गएको छ । केहीदिन अघि मात्र चम्पादेवी गाउँपालिकामा सडकका कारण पहिरो जाँदा एक दर्जन बढी घरहरुमा क्षति पुगेको थियो ।सडक कै कारण जिल्लामा हरेक वर्ष लाखौंको धन सम्पती क्षति भएको छ भने दर्जनौ घरहरु पहिरोमा परेका छन् । तीन वर्षको विचमा पहिरोका कारण आधादर्जन बढीको ज्या र्न गयृ सकेको छ ।भूकम्पपछिको पहिरोले विस्थापित भएका वस्ती स्थानान्तरणको काम थालिए पनि अन्य क्षेत्रमा पहिरो रोकथाम र नियन्त्रणका काम हुन सकेका छैनन् । पहिरोबाट सिद्धिचरण नगरपालिका, वरुणेश्वर, माम्खा, मोली, बेतिनी, वाक्सा, च्यानाम, बलखु, हर्कपुरलगायतका स्थानमा रहेका ठूला पहिरोले ५ सय भन्दा बढी हेक्टर जमिन बगाइसकेको छ ।