हुन त यतिबेला खेतिपातीकाे माैसम हाे । तर पनि असारकाे महिना विवाहका लागि पनि उपयुक्त मानिन्छ । काेराेना संक्रमणकाे महामारी नभएकाे भए असार महिना हाम्राे घरआँगनमा विवाहकाे रत्याैली र झ्याइँझ्याइँ बाजा बजिरहेकाे हुन्थ्याे ।
काेराेनाकै महामारीबीच पनि सुटुक्क विवाह गर्ने क्रम भने राेकिएकाे छैन । विवाह गर्न उमेरका युवायवतीले याेग्य वर/वधुका साथै व्यक्ति, पैसा र खानदानलाई हेर्ने गरेकाे पाइन्छ । कतिपय अवस्थामा प्रेमीहरु यतिधेरै प्रेममा लीन हुन्छन् की उनीहरुलाई अरु कुनै कुराको परवाह नै हुँदैन । विवाह गर्नुभन्दा पहिला निम्न ६ कुराहरु ध्यान दिने हाे भने वर र वधु दुबैका लागि फाईदाजनक नै हुनेछ।
१. तपाईको साथी मानसिक रुपबाट तयार हुनु जरुरी छ । आमाबुबा वा परिवारको दबाबमा विवाह गर्न लागेको हो की भनेर बुझ्नु अत्यन्त जरुरी हुन्छ ।
२. हुनेवाला पति/पत्नीको जागिर वा बिजनेसको बारेमा जानकारी राख्नु एकदमै महत्वपूर्ण हुन्छ । जागिर र बिजनेसको बारेमा मात्र नभएर कमाईको बारेमा पनि जानकारी राख्नु राम्रो मानिन्छ ।
३. बिवाहपछि तपाईको पार्टनर परिवारसँग बस्न चाहन्छ की छुट्टै बस्न चाहन्छ त्यसबारेमा पनि बुझ्नुपर्छ । यो कुराको बारेमा विवाहपछि विवाद गर्नुभन्दा विवाह अघि नै स्पस्ट भएको राम्रो ।
४. यदि हुनेवाला पति कुनैपनि जागिर गर्दैन भने उसको आर्थिक अवस्थाका बारेमा बुझ्नु जरुरी हुन्छ ।
५. साथीको मनपर्ने र मननपर्ने कुराहरुको बारेमा पनि पहिले नै थाहा पाइराख्दा राम्रो हुन्छ । पछि कुनै पनि कुरामा विवाद नहोस् ।
६. विवाहभन्दा पहिले नै साथीसँग परिवारको योजना गर्नुहोस् । बच्चा कतिओटा र कहिले जन्माउने भन्नेबारेमा पहिले नै कुरा गर्दा उत्तम हुन्छ।
यी ६ कुराको बारेमा तपाईले राम्रोसँग जानकारी लिनुभयो र यसैलाई अनुशरण गर्दै अघि बढ्नुभयो भने जीवनमा आउने ५० प्रतिशतभन्दा धेरै समस्या आफै समाधान हुनेछन् ।