-खेम बम । ‘झुट बोल्न नि आउँदैन् र ?’ यो शब्द मेरो मानस्पटलमा गुञ्जिरहेको हुन्छ । जब म आजको दिनमा आइपुग्छु अनि मेरा स्नायुले स्मरण गर्न थाल्छन् ती दिनहरुको ।
त्यतिबेलाको ‘म’ र अहिलेको ‘म’ मा धेरै भिन्नता भइसकेको होईन् । उमेरले पाको भए हुँला, ईच्छा आकांक्षा परिवर्तन भए होलान्, सोच्ने शक्तिमा केही गिरावट आयो होला तर म उस्तै छु । र उस्तै रहन्छु ।
त्यतिबेलाको ‘अप्रिल फूल’ र अहिलेको ‘अप्रिल फूल’ पनि एउटै उद्देश्यका साथ आउँछ होला । साथीभाईहरुलाई ठग्ने एकछिनलाई आनन्द लिने । कसैलाई मूर्ख बनाउने वहानामा यो दिन धेरै ठूला गल्ति समेत हुने गर्दछन् ।
जीवनका उतारचढावलाई पार गर्दै जाने क्रममा एक व्यक्तिले हरेक कुराको सामना गर्नुपर्छ यो तथ्यपरक छ । तर जीवनमा यतिसम्मका निराशा र खुसी आउँछन् त्यो क्षणको हामी अनुभव गर्न सक्छौ होला, समय किटान गर्न अवश्य सक्दैनौ ।
त्यतिबेलाको ‘म’राजा यता आइस्योस् न ?किन डार्लिङ ?कुरा छ क्या ?भन न डार्लिङ के कुरा ?यता त आईस्यो ?हुन्छ आए डार्लिङ् ।हजुर मलाई कति माया गर्नुहुन्छ है ?हो नी । अनि तिमि गर्दिनौ ?गर्छु नी ।
यस्तै कुराहरुबाट हामी कति खुसी हुन्छौ ती दिनहरुमा । सबैभन्दा विश्वास पात्र म मात्रै थिए होला मेरो जिवनको । अनि यात्रा सदावहार यस्तै चलिरहन्छ भन्ने सोच्ने हाम्रो दिमागले त्यतिबेला राम्रो काम नै गर्न सक्दैन की लाग्छ । एकै पलटमा जीवनले नयाँ घुम्ति मोड्न खोज्छ । अनि विगत सम्झिदैं पछुताउनुको विकल्प केही हुन्न ।
अहिलेको ‘म’भरे चाँडै आउनु है ?हुन्छ ।यताउता जाने होइन नी ?कता जाउला र यार पैसा सबै तिमि सँगै त छ नी , म सँग खाली आउन जान र गाडी भाडा मात्रै त हो ।हजुरको के विश्वास त ? बैङ्कमा होला जम्मा कतै ?छैन् के– काको बैङ्कमा हुनु । चेक हुन्थ्यो होला नी घरमा । के कुरा गर्छौ के ?हजुरको के भरोसा त ?मैले के गरे भन त ?के गरिन भन्स्यो न ? आजकाल त मेरो वास्तै छैन् । हजुरको त हजारसँग साथ छ । मलाई के मतलब गर्सिन्छ त ।त्यस्तो होईन के म बिजि हुन्छु अफिसमा, काम हुन्छ , समय भएको बेला फोन गरेकै हुन्छु ।पर्दैन मलाई फोन गर्न आफ्नीलाई गर्नु ?
जीवनमा आफ्नी भन्ने उनैलाई ठान्थे तर उनले त मलाई बारम्बार आफ्नीलाई फोन गर्नु भनिरहन्छिन् । ती आफ्नी को हुन् कहाँ खोज्ने ।आजकाल मेरा हरेक कुरा झुटा लाग्छन् उनलाई । मैले झुटा बोल्न अप्रिल फूल कुर्नु पर्दैन् । एका बिहानै अप्रिल फूल मानेर फोन गर्न खोज्दैथें तर हिम्मत आएन् ।
अहिले म मात्रै होईन ‘म’ जस्ता धेरै पीडित छन् होला । हरेक बिषयमा अन्तरवार्ता दिँदा हैरान भएका होलान् । भन्न मन लाग्छः– ए अप्रिल फूल आजबाट मलाई सधैंका लागि झुट बोल्न बन्द गराइ देऊ । म सधैं–सधैं सही बोल्न सकुँ ।