काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्नुभएको छ ।राष्ट्रपति भण्डारीले विहीवार ११ संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त गर्नुभएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले विज्ञप्ति जारी गरी २० पदाधिकारी नियुक्त गरिएको जानकारी गराउनुभएको हो । केपी शर्मा ओली नेतृत्वको संवैधानिक परिषद्को सिफारिशमा राष्ट्रपतिले पदाधिकारी नियुक्त गर्नुभएको हो ।सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेपछि परिषद् सदस्य एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाले बैठक बहिष्कार गर्नुभएको थियो ।गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा २० पदाधिकारी सिफारिस गरेको थियो ।संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो ।को को भए नियुक्त ?अख्तियार दुरुपयोग अनुसन्धान आयोगहरि पौडेल, सदस्यसुमित्रा श्रेष्ठ, सदस्यलोकसेवा आयोगमाधवप्रसाद रेग्मी, अध्यक्षमाधव बेल्बासे, सदस्यवीरबहादुर राई, सदस्यदिनेश सिलवाल, सदस्यमञ्जुकुमारी, सदस्यनिर्वाचन आयोगसगुनशम्शेर जबरा, सदस्यराष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगविपिनराज निरौला, सदस्यराष्ट्रिय महिला आयोगजया घिमिरे, सदस्यसावित्राकुमारी शर्मा, सदस्यसुन्दर पुर्कोटी, सदस्यराष्ट्रिय समावेशी आयोगरामकृष्ण तिमल्सेना, अध्यक्षपुष्पराज तिमिल्सिना, सदस्यमानप्रसाद खत्री, सदस्यआदिवासी जनजाति आयोगसुर्यबहादुर गुरुङ, सदस्यमधेसी आयोगआभाकुमारी, सदस्यथारु आयोगउमाशंकर प्रसाद चौधरी, सदस्यशान्ति मोदी, सदस्यमुस्लिम आयोगमोहम्मद समशुल हक, सदस्य
प्रकाशित मिति: बिहीबार, असार १०, २०७८ २१:४१