-रीता खत्री
आमा हुनुहुन्थ्यो, बाबा हुनुहुन्थ्यो र पो छोरी थिएँदिदीहरु हुनुहुन्थ्यो, दादा हुनुहुन्थ्यो र पो बहिनी थिएँभाइहरु थिए, बहिनीहरु थिए र पो दिदी थिएँसासू ,ससुरा,जेठाजु र आमाजूहरु हुनुहुन्छबुहारी भएकी छुदेवर र नन्दहरु हुनुहुन्छ, भाउजू भएको छुश्रीमान हनुहुन्छ, श्रीमती भएको छुरुपान्तरित यो साईनोजिन्दगीका मोडहरुमाजे जस्तो र जसरीपनि झेल्दै उभिएको छुबुहारी भन्दा रहेछन्म हारीउभिएको छु ।
यो नौलो आँगन सुनौलो भएन कहिल्यैआमा ! बिरानो भएछ म खेल्ने आँगनवर्तमान आँगनमाखेल्न मनाइ छहाँस्न मनाइ छ
रुन ! रुन जति पनि पाइन्छ !कुरा काट्नेचुक्ली हाल्नेआरिस गर्नेझगडा गर्नेयो प्रतिस्पर्धाहारेँ ! आमा ! हारेँआफ्नै जातिहरुसँग हारेँपराया जातिहरुसँग हारेँजिद्दी छेस् जित्छेस् भन्नुहुन्थ्योकहाँ जिते र आमा ?
चुक्ली युद्ध, आरिस युद्ध, चिप्ले युद्ध,कुरौटे युद्ध र दुई जिब्रे युद्धसत्य यो समयमबुहारी होईनम हारी उभिएको छु ।
देउराली–७, भोजपुरहाल : लाजिम्पाट, काठमाडाैं