–प्रेमलकुमार खनाल
मलाई तिमी कसरी बुझ्दैछौ ?म त पूर्व हिँडे जस्तो गरेर पश्चिमतिर जाँदै छु नीलाग्दो हो तिमीलाई म पूर्व तिरै हिँडिरहेको छुतर त्यो तिम्रो दृष्टिदोष मात्रै हो।किन कि मलाई त पूर्व होइनपश्चिम तिरकै यात्रा रमाइलो लाग्दछ।
म जे भन्दैछु उनीहरुलाईतिमीलाई लाग्दो होउनीहरूले साँच्चै गल्ती गरे होला भनेरतर त्यो पनि तिम्रो दृष्टिदोष होगल्ती त म बाटै भएको हो,
तिमी खुल्ला उन्मुक्त ढंगले आफ्नो विचार प्रकट गर्दैछौँलोकतन्त्र आयो भनेरतर तिम्रो त्यो दृष्टिदोष मात्रै होयहाँ त निर्देशीत लोकतन्त्र मात्रै छ।
तिमी ठान्दैछौ अब दूधको दूध पानीको पानी झैँ निसाफ हुनेछ भनेरतर त्यो पनि तिम्रो दृष्टिदोष मात्रै होतिमीलाई के थाहा ?यहाँ त सर्वत्र सेटिङ्गले काम गरिरहेको छ भनेर,
तिमीलाई लाग्दो होसँगसँगै छलफल गर्ने, सँगसँगै काम गर्ने, सँगसँगै वस्ने ,सँगसँगै हाँस्ने भनेरतर तिम्रो त्यो पनि दृष्टिदोष मात्रै होजमाना कहाँ पुगी सक्यो ?अब पनि सामुहिकताको कुरा गरेर हुन्छ र ?अब जे हुन्छ माथिको आदेश पालना गरेर हुन्छत्यसैले जमाना अनुसार जिउन सिक्नु पर्दछ,
समय धेरै परिवर्तन भइसक्योजे बुझ्दै छौँ, त्यो तिम्रो दृष्टिदोष मात्रै होत्यसैले समय अनुसार हिड्न र चल्न जान्नु पर्दछ ।