काठमाडाैं । नेपाल खेलकुद महासंघको 'आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन' अभियान शुरु भएको छ। तारकेश्वर नगरपालिका जितपुरफेदीमा रोपाई कार्यक्रमको आयोजना गर्दै महासंघले 'आत्मनिर्भरताका लागि खेलाडी खेतमा दुई दिन' अभियान अभियानको शुरुवात गरेको हो।अबका दिनमा खेलकुदसँगै उत्पादनमा पनि खेलाडीहरुको सहभागिता र योगदानका लागि शुरु गरिएको अभियानको शुभारम्भ कार्यक्रममा नेकपा एमालेका पोलिट ब्युरो सदस्य तथा पूर्व गृहमन्त्री खगराज अधिकारी प्रमुख अतिथि रहनुभएकाे थियाे ।
सहभागीहरुलाई अबिर र टीका लगाउदै शुरु गरिएको रोपाइँ कार्यक्रममा कलाकारहरु पुजा शर्मा, वर्षा सिवाकोटी र राज कट्टेलले सक्रिय सहभागीता जनाएका थिए भने स्थानीय धर्मस्थली ब्याण्डले बाजा प्रस्तुत गर्दै कार्यक्रमको रौनक बढाएको थियो।
उपत्यका खेलकुद माहासंघ सहसंयोजक केसब ब्यान्जन्कारको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका अध्यक्ष रमेस पौडेल, वरिष्ट उपाध्यक्ष परशुराम बस्नेत, उपाध्यक्ष सुवाष श्रेष्ठ, उप महासचिव रामकृष्ण खडका, शान्तमाया परियार, सचिव रेनुका श्रेष्ठ, उमेस केसी, चर्चित फुटवल खेलाडी तथा राखेप सदस्य हरि खड्का, खेलकुद परिषद सदस्य सम्पन्न श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
खेलका दौराणमा घाइते खेलाडीहरुको नि:शुल्क उपचारका लागि पहल गर्दै आएको महासंघले यस अभियान अन्तर्गत दुई दिन कृषि र उत्पादन मुलक कार्यमा खर्चिने गरी यो अभियान शुरु गरेको बताउँदै महासंघका अध्यक्ष रमेश पौडेलले खेल, खेलाडी र खेलप्रेमीहरुको साझा र नेतृत्वदायी मञ्चका रुपमा महासंघलाई अगाडि बढाउने धारण राख्नुभएकाे थियाे ।