खेम बम काठमाडौं । सुदूरपश्चिम साहित्यिक समाजले संस्कृति बचाउ अभियान थालेको छ । लोप हुँदै गइरहेको संस्कृतिलाई बचाउन नेपालमा मात्र नभई भारतका विभिन्न शहरमा प्रचारप्रसार गर्ने सुदूरपश्चिम साहित्यिक समाजले जनाएको छ ।
विभिन्न क्षेत्र, समाज र जातजातिका अआफ्नै संस्कृति हुन्छन् । नेपाल विविधताले भरिएको मुलूक भएकाले संस्कृतिमा पनि विविधता छ । सुदूरपश्चिम साहित्यिक समाजले विविधतायुक्त संस्कृति जर्गेनाको अभियान थालेको छ ।
लोप हुँदै गएका सुदूरपश्चिमेलीका पहिचान झल्काउने संस्कृति गौरा, रनपुतला, भुवाँ नाच, पर्छौं, हुड्केउली, छलिया, मारुल्या, न्याउला, चौलो, देउडाको जर्गेना गर्न सुप साहित्यिक समाज मात्रै होईन्, त्यहाँबाट निर्वाच्ति जनप्रतिनिधिले समेत एकेबद्धता जनाएका छन् ।
पर्यटनको धरोहरका रुपमा रहेका खप्तड, शैलेश्वरी, बडिमालिका,बैद्यनाथ,घोडाघोडी ताल, शुक्लाफँटा, उग्रतारा मन्दिर, ठूला केदार, निङ्लासैनीलगायतको अस्तित्व धरापमा जान नदिन त्यहाँको संस्कृतिको मुख्य जगेर्ना गर्नुपर्ने अहिलेको चुनौती छ । यो संस्कृति बचाउ अभियान नेपालमा मात्रै नभएर भारतको सिक्किम दार्जिलिङ् लगायतका शहरहरुसम्म पुग्ने र बैशाख १ गते समापन हुनेछ ।
[caption id="attachment_26481" align="alignnone" width="711"]
सुदूरपश्चिमको संस्कृतिको बारेमा जनता टेलिभिजनसँग कुरा गर्नु हुँदै कैलालीबाट निवार्चित प्रतिनिधिसभा सांसद लेखराज भट्ट[/caption]
भिडियोhttps://www.youtube.com/watch?v=aVjQM3Nj1Ws
तस्बिरः गणेश अधिकारी