-रम्भा पौडेलविश्वमा देखिएका तमाम समस्याहरुमध्ये बिग्रदो प्राकृतिक वातावरण अहिलेको जल्दोबल्दो समस्या हो । मानिसका गलत कृयाकलाप, प्रकृतिको अतिदोहन, विनायोजना स्थापना गरिएका उद्योग–धन्दा, बढ्दै गएको कार्बन मोनोअक्साइड, जनसंख्याको अत्यधिक बृद्धि आदिका कारण अहिले विश्वको प्राकृतिक वातावरण दिनानुदिन बिग्रँदो अवस्थामा छ ।मुलतः विकसित मुुलुकहरुले विकासका नाममा गरेको प्रकृति दोहन यसका कारण हुन् । पृथ्वीको बाहिरी आवरण रहेको वायुमण्डल जुनसुकै क्षेत्रको बिग्रे पनि त्यसको प्रभाव सबै देशमा पुग्दछ र सबैले त्यसको हानी– नोक्सानी बेहोर्नु पर्दछ । यसै कुरालाई मध्यनजर गरी संयुक्त राष्ट्र संघले ब्राजिलमा रहेको ब्रुटलेन्ड भन्ने ठाउँमा सन् १९८३ मा वातावरणीय सम्मेलन ग¥यो । यही सम्मेलनले विश्व हाम्रो साझा घर भन्ने नारा अगाडि ल्यायो । पृथ्वीलाई संरक्षण गर्नुु सबैको दायित्व हो भन्ने मान्यता अहिले स्थापित हुँदैछ ।यसपछि नै विकासका कामहरु बजेट पचाउनका निम्ति मात्र नभई त्यो वर्तमान र भविष्यको मानव समुदायका हितका निम्ति हुनुपर्दछ भनेर दिगो विकासको अवधारण अगाडि आयो । अहिले विश्वभरि आफ्नो देशको वातावरण जोगाउन साझा अभियानका रुपमा कार्यक्रम अगाडि बढेका छन् । हरेक जुन ५ अर्थात् नेपाली पात्रो अनुसार जेठ २२ गतेका दिन विश्वभरि नै वातावरण दिवस मनाइन्छ ।सिकाइको केन्द्रको रुपमा रहेको विद्यालय बालबालिकाको भविष्य निर्माणको थलो हो । विद्यालय मात्र किताबी ज्ञानको केन्द्र हो भनेर बुझियो भने त्यो छोटो बुझाई हुनेछ । विद्यालयले बालबालिकाको सम्पूर्ण जीवनोपयोगी ज्ञान–सिपको आधार तयार गर्न सक्नुपर्दछ । अबको विश्व र समाजलाई नेतृत्व गर्नका लागि बालबालिका सक्षम हुनुपर्दछ । आर्थिक, सामाजिक, राजनीतिक र भौगोलिक, वातावरणले मानव जीवनमा महत्वपूर्ण प्रभाव पार्दछ । बालबालिकामा विद्यालयको शैक्षिक मात्र नभएर भौतिक वातावरणले पनि उनीहरुको पठनपाठनमा उत्तिकै प्रभाव पार्दछ ।विद्यालयकेन्द्रित वातावरण भन्नेबित्तिकै विद्यालय वरिपरिको वातावरण भन्ने बुझिन्छ । विद्यालय वरिपरिको हावापानी, माटो र रुख–बिरुवा आदि सबै वातावरणभित्र पर्ने कुराहरु हुन् । तिनको अवस्था र व्यवस्थापन पक्षले बालबालिकाको स्वास्थ्य र शैक्षिक उन्नतिमा प्रत्यक्ष प्रभाव पार्दछ । विद्यालयले गर्ने दैनिक सरसफाइका कार्यक्रममा सहभागी भई, विद्यालय वरिपरि फलफुूल तथा अन्य बोटबिरुवा लगाउने बानीले उनीहरुमा आफ्नै घरलाई पनि सजाउने बानीको विकास हुन थाल्दछ ।विद्यालय एउटा सिङ्गो संसार पनि हो जहाँ एउटा भिन्न–भिन्न स्थान, परिवेश, संस्कार–संस्कृतिका विद्यार्थी पढ्न आउँछन् । एक दिनमा एउटा सानो कुरा मात्र विद्यार्थीलाई सिकाउन सकियो भने उनीहरुले एकै दिन धेरै ठाउँमा त्यो कुरा पु¥याउँछन् । अझ शहरमा त देशैभरिका बालबालिकाको प्रतिनिधित्व हुने गर्छ । त्यसैले उनीहरुलाई वातावरण जोगाउने तरिका, नराम्रो वातावरणले स्वास्थ्यमा पार्ने नोक्सानी, आफ्नो घर र विद्यालयको वातावरण राम्रो बनाउन गर्नुपर्ने कृयाकलाप व्यावहारिक रुपमै गराउन सकियो भने त्यसबाट एकैपटक एउटा विद्यालयले धेरै ठाउँका मानिसलाई चेतना जगाउन सक्छ । यस्तै काम सबैले गरे भने देशैभरि जागरण फैलिन्छ । त्यस अर्थमा पनि विद्यालय केन्द्रित वातवरणीय कार्यक्रम उपयोगी छ ।हावा, पानी र माटो हरेक प्राणीका नभइनहुने तत्व हुन् । यी नभइ हरेक जीव र वनस्पतिको अस्तित्वको सम्भावना नै रहन्न । यिनको महत्वलाई बुुझाउँन नसक्दा नै अहिलेको विश्वमा वातावरण बिग्रदो अवस्थामा छ । अतिबृष्टि र अनाबृष्टिले विश्व मानव जगतलाई नै हावाकावा बनाइरहेको छ । पानी, हावा र माटोको प्रयोगबाट नै आजका विश्वका राष्ट्रहरु विकसित अवस्थामा रहेका छन् । आज विश्वमा ठुला–ठुला गहुँ, मकै र धान खेतीका फाँटहरु फैलिएका छन् । कतै चिया, कफी र नगदे बालीहरु फैलिएका छन् । कतै माछापालन त कतै फलफूल खेती मौलाएको छ । यिनैका भरमा उद्योगहरु संचालित छन् । यी सबैको संभावना वातावरणले नै भएको हो । वातावरण बिग्रँदै गए यी सबै कुरा नष्ट हुनेछन् र अन्त्यमा मानव जीवन नै अप्ठ्यारोमा पर्ने छ ।आज विश्वका धेरै भागहरु मरुभूमि भएका छन् । सबैभन्दा ठुलो सहारा मरुभूमि अफ्रिकामा रहेको छ । यसले ठूलो क्षेत्रफल ओगटेको छ । यो अहिले बालुवाको थुप्रोमा परिणत भएको छ । मानव जीवन जीउन त्यहाँ कठिन छ । यो मरुभूमिमा पहिला ठुला नदी बग्थे र सबै जमिन हराभरा थियो भन्दा हामीलाई आश्चर्य लाग्छ । पछि बिस्तारै गाईवस्तुको धेरै चरन हुँदै जादा तिनले खाएर रुखबिरुवाहरु मासिदै गए । वन–जंगल नहुँदा पानीका स्रोत सुके । बगेका नदी–नाला बाफिलो वायुका कारण सुुक्न थाले र बिस्तारै मरुभूमिकरणको प्रक्रिया बढ्दैै गयो । त्यो क्षेत्र भूमध्यरेखादेखि नजिक पर्ने भएकोले सूर्यको किरण सीधा पर्न गइ सतहमा तापमान बढ्दै गयो । बोट–बिरुवा नहँुदा छिटो मरुभूमिमा परिणत भयो । यसबाट मानिसले ठुलो शिक्षा लिन जरुरी छ । वातावरणलाई जोगाउन नजान्दा मानिसले यस्तो अवस्था अन्य क्षेत्रमा पनि भोग्नुपर्ने हुनसक्छ । मानव जीवनको प्राण नै अक्सिजन हो । त्यो बोटबिरुवा र पानीबिना सम्भव छैन । यही कुुरालाई मनन गरी वातावरणलाई सबै तह र क्षेत्रबाट जोगाउनका लागि जनचेतना जगाउन जरुरी छ । यस्तो अवस्थामा विद्यालयमा यो कार्यक्रम आउनु आफैमा महत्वपूर्ण छ ।विद्यालयले गर्न सक्ने कार्यहरु :विद्यार्थी र अभिभावकमा चेतना जगाउनका लागि विद्यालय उपयुक्त स्थान हो । विद्यालय परिषर, कक्षाकोठा, शौचालय, बगँैचा आदिको सरसफाइमा नियमित रुपमा विद्यार्थी, शिक्षक र कर्मचारी सबैलाई परिचालन गरी वरिपरिको वातावरण सफा राख्नुुपर्छ भन्ने सन्देश दिनुु पहिलो कार्य हो । सबैजसो विद्यालयले यो कार्य गरिरहेका पनि छन् । यस बाहेक विद्यालयले गर्नसक्ने कार्यहरु निम्न छन्–१. नियमित रुपमा विद्यालय वरिपरिको वातावरणलाई हरियो बनाउने र सफासुुग्घर बनाउन विद्यार्थीहरुलाई सचेत बनाउने ।२.घर होस् वा विद्यालय, दैनिक रुपमा निस्कने फोहरलाई व्यवस्थापन गर्न र कुहिने वस्तुुबाट मल बनाउन सकिने कुरा सिकाउने ।३.विद्यालय वरिपरिको जमिनमा तरकारी तथा फलफूल लगाई विषादीमुुक्त तरकारी सेवन र त्यसको महत्वको बारेमा बुुझाउने ।४.वातावरण दिवसको दिन वृक्षारोपण गरी आफुले रोपेको बिरुवालाई आफैले घामपानीबाट जोगाई छेकाबार गर्ने ,नियमित पानी हाल्ने र हुर्काउने जिम्मेवारी दिन र त्यस दिनलाई उत्सवको रुपमा मनाउन विभिन्न कार्यक्रम गरी वातावरण राम्रो हुदाँ यसले दिने फाइदा र बिग्रदा हुने हानी–नोक्सानीका बारेमा वक्तृत्वकला , नाटक ,कविता वाचन जस्ता कार्यक्रमबाट प्रभावकारी जनचेतना जगाउने ।५.विद्यार्थीलाई प्रयोगात्मक नम्बर दिदा आफ्नो घरको वातावरण सफा गर्नुपर्ने वरिपरि हरियाली बनाउनुपर्ने, घर वरिपरि बगैँचा बनाउनु पर्ने, जमिन नहुनेले गमलामा भएपनि फूल रोप्नुु पर्ने जस्ता प्रावधान राख्ने र त्यसको अनुुगमन गरी नम्बर दिने प्रचलनको थालनी गर्न र राम्रो गर्नेलाई पुरस्कृत गरी हौसला दिने ।६.वर्षको दुुईपटक अभिभावक भेला गरी वातावरण विनास र त्यसका असर, रुख–बिरुवा, तिनले दिने प्राणबायुको महत्वको बारेका बहस–छलफल गरी आफ्नो ठाउँलाई कसरी हराभरा बनाउने र वन फडानीबाट जोगाउने उपायहरु बताउने ।निष्कर्षराम्रो वातावरणले सबैको मनमा उर्जा भरिदिन्छ । हरिया वन–पाखा र पहाड, कलकल बग्ने स्वच्छ र सफा नदी, चाँदीझैँ टल्कने हिमाल, ढकमक्क फुलेको बगैँचा र लटरम्म फलेका फलफूल र झुलेको धानको बालाले पर्यटकको मात्र हैन सबैको मन जितेको हुन्छ । विद्यालयमा पनि सफा चौर, सफा पिउने पानी, सुन्दर फूलहरु फुलेको बगैँचा, फोहरको व्यवस्थापन र वरिपरि हरियाली भएको वातावरण भयो भने विद्यार्थीहरुमा सकारात्मक उर्जा भर्दछ । सकारात्मक उर्जाले नै विद्यार्थीहरुको सिकाइ उपलब्धिमा प्रभाव पार्ने कुरामा दुुईमत छैन । यस्तै वातावरणबाट सिकेर बालबालिकाले आफ्नो गाउँ–घर तथा सहर–टोल सफा र सुन्दर बनाउन आफ्ना अभिभावकलाई बुझाउन सके भने अवश्य पनि विद्यालय वातावरणीय शिक्षाको उद्वेश्य पूरा हुनेछ ।( लेखिका चन्द्रागिरि–१३ मा अवस्थित श्री कंकलि माविका शिक्षिका हुनुहुन्छ )
प्रकाशित मिति: सोमबार, असार २१, २०७८ १७:०५